Sunday, September 26, 2010

Wednesday, May 5, 2010

संसदै किन चाहियो?

जनताको कसम खाई सेवा गर्न जुटे पनि
बाँदर झैं काँधमा बस्तै स्वतन्त्र संझिए पनि
नबिर्स जनता शक्ति, गन्तव्य नै भुले पनि
सबका मनमा क्रान्ति, शान्ति र्‍याली घुमे पनि
त्यसैले जनता भन्छन् शान्ति संविधान चाहियो
उल्टै यो जनता मार्ने संसदनै किन चाहियो ?
२०६७।१।२३ (मे ६, २०१०)

Saturday, April 3, 2010

प्ा्रसंग Prasanga विश्व रक्तदाता दिवसको ः सवाल जिन्दगीकेा

डा. प्रेमप्रसाद शर्मा
रगतको प्रसंग
देश, काल, परिस्थिति अनुसार विभिन्न किसिमका दर्ुघटना घट्दछन् । दर्ुघटनामा परेर मान्छेलाई चोटपटक, घाउ लाग्न सक्छ, शरीरबाट रगत बग्न सक्छ, शरीरमा रगतको कमी हुन जान्छ । पुरुषमा कुनै खास किसिमका रोगहरुबाट रगतको कमी हुन सक्छ । यसै गरी महिलामा रोगको साथै बच्चा जन्माउँदा रक्तश्राव हुन सक्छ । कुनैबेला चिरफार वा शल्यक्रिया गर्दा रगत बगी रगतको कमी हुन सक्छ । जुनसुकै कारणले होस् शरीरमा रगतको कमी भयो भने मनिस बाँच्न सक्दैन । विज्ञान र प्रविधिको आज अभूतपर्ूव विकास भएको छ । एक मानिसको शरीरमा रगतको कमी भयो भने अर्को मानिसको रगत दिएर बचाउन सकिन्छ । रगत विभिन्न प्रकारका हुन्छन् भन्ने कुरा पत्ता लागेको छ र मिल्दो किसिमको रगत दएर व्यक्तिले अर्काको ज्यान बचाउन सक्छ । रगत बन्ने र नाश हुने प्रकृयाको अध्ययन र खोजले स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रगत दिन सक्ने कुरा सिद्ध भएको छ ।
रक्तसमूहका आविष्कारक र विश्व रक्तदाता दिवस
रगतका प्रकार र रक्तदानबारे प्रसंग चल्दा एउटा व्यक्ति र दिनको महत्वको स्मरण गराउँछ । त्यो दिन हो सन् १८६८ जुन १४ तारीख र ती व्यक्ति हुन् अष्ट्रियाका कार्ल ल्याण्डस्टेनर (Karl Landsteiner), एक नोबेल पुरस्कार विजेता वैज्ञानिक । उनलेे स्वास्थ्य विज्ञान क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याएका छन् । उनले सन् १९०० मा ABO रक्त समूह पत्ता लगाए भने १९०८ मा पोलियो भाइरस र १९४० मा RH Blood Factor च्ज् द्ययियम ँबअतयच पत्ता लगाएका थिए । उनको जन्म दिनलाई मनाउन केही देशहरुमा रक्तदाताहरुको दिनको रुपमा मनाई रक्तदाताहरुलाई सम्मान गरिदैं आएको थियो । सन् १९९५ देखिनै रक्तदाताका संगठनहरुको अन्तरराष्ट्रिय फेडेरेशनले वर्षोनि आयोजना गदर्ेर्ैैाएको थियो र स्वयंसेवी संस्थाको रुपमा लागेका चारवटा प्रमुख संस्थाहरुB International Federation of Redcross and Redcross and Redcresent Societies, The International Federation of Blood Donor Organization, The International Society of Blood Transfusion and World Health Organization क्ष्लतभचलबतष्यलब ँिभमभचबतष्यल या च्भमअचयकक बलम च्भमअचभकभलत क्यअष्भतष्भक, त्जभ क्ष्लतभचलबतष्यलब ँिभमभचबतष्यल या द्ययियम म्यलयच इचनबलष्शबतष्यल, त्जभ क्ष्लतभचलबतष्यलब क्ियअष्भतथ या द्ययियम त्चबलकागकष्यल र ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल ले यो दिवस मनाउन सहयोग पुर्‍याएका छन् । सन् २००४ बाट जून १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाइदै आएको छ ।
रक्तदाता संघ नेपाल
नेपालमा सन् १९९०मा Blood Donor Association Nepal द्ययियम म्यलयच ब्ककयअष्बतष्यल ल्भउब स्िथापना भएको हो । यसमा २७६ वटा सदस्य संस्थाहरु आबद्ध छन् । यसको आठ जिल्लामा शाखाहरु स्थापना भएका छन् । यसले रक्त दाताहरुलाई नियमित रक्तदान गर्ने व्ाातावरण सिर्जना गर्दछ । नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्रसंग रक्तदाता र यी संगठनहरुको सम्बन्ध स्थापनामा नयाँ रक्तदाता भर्ना गर्न, सुरक्षित र स्वेच्छिक रक्तदान गर्न सचेतना जगाउने काम गर्छ । यसले Motivatorsःयतष्खबतयचक हरुको लागि तालिमको आयोजना गर्नुका साथै विभिन्न समयमा विशेष तथा आकस्मिक क्याम्प संचालन तथा सेमिनारहरुको आयोजना गर्दछ । यस वर्ष२०६३मा सप्ताहव्यापि कार्यक्रम राखेको थियो ।
तेश्रो विश्व रक्त दाताहरुको दिवस नेपालमा
तेश्रो विश्व रक्त दाताहरुको दिवस जून १४ २००६ Celebrating the Gift of Life ऋभभिदचबतष्लन तजभ न्षत या ीषभ नाराका साथ नेाबेल पुरस्कार विजेता महान वैज्ञानिक प्बच ीिबलमकतभष्लभच को संझना गर्दै रक्तदाताहरुको मानवताको सिद्धान्तमा आधारित उच्चतम योगदान र भावनाको कदर गर्दै विश्वव्यापि मनाउने क्रममा नेपालमा पनि नेपाल रेडक्रस सोर्साईटी जिल्ला शाखाहरुको आयोजनामा जिल्लाहरुमा पनि मनाइयो । बाग्लुङ जिल्ल्ाामा पनि विशेष कार्यक्रमका साथ यस दिवसलाइ मनाइयो ।
रगत के हो र यसको बनोट कस्तो छ -
रगत बाँच्नको लागि नभइ नहुने, मुटु र रक्तनलीहरुमा बग्ने रातो तरल पदार्थ हो । रगत हाम्रो शरीरको Bone Marrow द्ययलभ ःबचचयध मा बन्दछ । भ्रूणावस्था वा नवजात शिशुहरुमा रगत कलेजो र फियोले बनाउँछ । अरु वस्तुको प्रतिस्थापन्न वस्तु भए जस्तै रगतको प्रतिस्थापन्न वस्तु छैन । रगत बनाउने कुनै प्रयोगशाला वा कारखाना छैन, यसको विकल्प अरु छैन । रगतबाट हाम्रो शरीरको विभिन्न भागमा आवश्यक तत्वहरु पुर्‍याउने काम हुन्छ । रगतमा हुने हेमोग्लेबिनमा फोक्सोमा पुगी अक्सिजन मिली अक्सिहेमोग्लेविन बनी शरीरमा अक्सिजन पुर्‍याउन र कार्बन्डाइअक्साइड फोक्सोबाट बाहिर फर्काउने काम हुन्छ । शरीरका सबै अंगलाई रगतको आवश्यकता पर्छ । यो नभएमा मस्तिष्क ४ मिनेट र मुटु ६ घण्टामा निष्कृय हुन्छ ।
रगत मुख्य रक्तकोषहरु -४५ प्रतिशत) र प्लाज्मा -५५ प्रतिशत)ले बनेको हुन्छ । रक्तकोषहरुमा रातो रक्तकोषहरु, सेतो रक्तकोषहरु र प्लाटेलेट्स हुन्छन् । सेता रक्तकोषहरु -५ प्रकारका हुन्छन् । न्यूट्रोफिल -सेतो रक्तकोषको ५५ देखि ७० प्रतिशत), इओसिनोफिल -सेतो रक्तकोषको २ देखि ५ प्रतिशत हुने, परजीवीलाई आक्रमण गर्ने), बेसोफिल, मोनेासाइट -सेतो रक्तकोषको ५ देखि ८ प्रतिशत, ५ प्रकारका सेताकोषहरुमा सबैभन्दा ठूलो हुने) र लिम्फोसाइट -एण्टीबडी बनाउने, कीटाणुमार्न एन्टीटक्सिन बनाउने)। प्लाज्मामा ९० प्रतिशत पानी, ८ प्रतिशत प्रोटिन, ०.९ प्रतिशत इनअर्गानिक आयनहरु र १.१ प्रतिशत अर्गानिक पदार्थहरु हुन्छ । इनअर्गानिक आयनहरुमा सोडियम, पोटासियम, क्याल्सियम, क्लोरिन, हाइड्रोजन, कार्बोनेट र फोस्फेट हुन्छ भने प्लाज्मा प्रोटिनमा अल्बुमिन -प्लाज्माको ६० प्रतिशत), ग्लोबुलिन -प्लाज्माको ३६ प्रतिशत), फाईब्रिनोजन र प्रोथोम्बिन प्लाज्माको ६० प्रतिशत हुन्छ । प्लेटेलेट्सले रगत बग्दा रगत जमाउन मद्दत गर्छ । सेता रक्तकोषहरु रंगहीन हुन्छन् । यिनमा हेमोग्लोबिन हुँदैन । यसमा न्यूक्लियस हुन्छ र यसको आकार अनियमित हुन्छ ।
रगतको समूहहरु
व्ौज्ञानिकहरुले ५०० प्रकारका रगतका समूहहरु पत्ता लगाएका छन् । रक्तसंचारको लागि २ वटा समूहलाई महत्वपर्ूण्ा मानिएको छ - क) एबीओ समूह - A, B, AB and O ब्, द्य, ब्द्य र इ ख) RHच्ज समूह - नेगेटिभ र पोजिटिभ समूह । एबी समूह भएकालाई युनिभर्सल रिसिपेण्ट र ओ नेगेटिभ समूह भएका लाई युनिभर्सल डोनर भनिन्छ । RH Factorच्ज् ँबअतयच भएको व्यक्तिलाई RH Positive च्ज् एयकष्तष्खभ भनिन्छ । RH Factor च्ज् ँबअतयच हर्ेर्ने भनेको राता रक्तकोषको सतहमा प्रोटिनको उपस्थिति छ वा छैन हर्ेर्ने भनेको हो ।
रक्तदान गर्न सकिने र नसकिने अवस्थाहरु
रक्तदान गर्दाको दिन आफूलाइृ स्वास्थ्य ठीक छ भन्ने अनुभव वा महसूस गरिनु पर्छ, तौल कममा पनि ४५ केजी -१०० पाउण्ड) भएको, हेमोग्लोबिनको तह १२.५ ग्राम प्रतिशत, ब्लड प्रेशर र अन्य अवस्थाको परीक्षणमा ठीक पाईएको र पहिले रक्तदान गरेको १२ हप्ता पुगेको हुनु पर्छ । महिलाहरुले भने परीक्षण गराइ वर्षो २ चोटि दिन सक्छन् ।
मुटु तथा फोक्सोको रोगी, क्यान्सर भएको, उच्च रक्तचाप भएको, मधुमेहको रोगी, रक्तश्राव भएको, ठूलो चिरफारको उपचार गराएको व्यक्ति, एड्सको लक्षण देखापरेको, हेपाटाइटिस बी र सी भएको र सिफलिस भएको व्यक्तिले रक्तदान गर्न हुँदैन ।
रक्तदान गर्न नहुने अन्य अस्थायी अवस्थाहरु
रुघा लागेको, बढी ज्वरो भएको, दाँत उखेलेको ३ दिनसम्म, छालाको घाउ भए ३ दिनसम्म, गर्भवती, सुत्केरी भएको ६ हप्ता नपुगेको, बच्चालाई दूध चुसाउने आमा, हेपाटाइटिस बी को खोप दिएको, ठेउला, दादुरा संक्रमित रोग भएको, कान छेडेको, छालामा खोपेर लेखेको -त्बततयय), अक्यूपञ्चर गरेको, विगत ६ हप्तामा मलेरिया हुने ठाउँमा गएको छ भने १ वर्षसम्म दिनु हुँदैन । टाइफाइड, हैजा, डिप्थेरिया, इन्फ्लुएन्जा, लहरेखोकी, प्लेग, पोलियो, टाइफस आदिको भ्याक्सिन लगाएको २ हप्तासम्म दिन हुँदैन । हेपाटाइटिस बी र रेबिजको भ्याक्सिन र टिटानसको सूइ लगाएको २ दिनसम्म र दादुरा, हाँडे, पहेंलो ज्वर, रुबेल्ला, पोलियो, हेपाटाइटिस ए को खोप लगाएको ४ हप्तासम्म रगत दिनु हुँदैन ।
रक्तदान सम्बन्धी भय र गलत धारणाहरु
लिन नहुनेबाट लिन र दिन नहुनेलाई कुनै चीज पनि दिनु हुदैन नत्र स्थिति ब्रि्रन जान्छ । यो कुरा रगतका सम्बन्धमा भनिएको हो । कसबाट लिन मिल्छ र कसलाई कुन रगत दिन मिल्छ यो परीक्षण गरेर थाहा लाग्छ । यस्तै कतै परेका सन्जोगवशका घटनालाई आधार बनाएर रक्तदान सम्बन्धमा नकारात्मक धारणा राख्नु राम्रो होइन । फलानो रक्तदान गरेर कमजोर भयो, उसको पहिले त्यस्तो लाठे शरीर थियो रक्त दान गरे पछि शरीर खस्कियो, आफ्नो शरीरमा भएको दिनु आफ्नो शरीरमा खती गराउनु हो । अर्काको रगत लिएर पनि कति चल्छ र भन्ने जस्ता भनाइहरु ब्ेाला बेलामा सुन्न पाइन्छ । मानिसबाट रगत निकाल्ने कुरामा यस्ता भय र त्रासका कुराहरु आउनु र गलत विचारको छाप रहनु यस सम्बन्धी ज्ञान र अनुभवको अभाव नै हो । त्यसैले यस विषयमा व्यापक जनसमुदायमा शिक्षा दिन जनचेतना अभिबृद्धि गर्नु आवश्यकता छ ।

रक्तदान सम्बन्धी केही जानकारीहरु
य रगतको मात्रा पुरुषमा प्रति केजी शरीरमा ७६ मिली र महिलामा ६६ मिली हुन्छ । दैनिक कार्य संचालन गर्न शरीरमा ५० मिली प्रति केजी आवश्यक हुन्छ । त्यसैले पुरुषमा २६ र महिलामा १६ मिली रगत प्रति केजी शरीरमा जगेडाको रुपमा रहेको हुन्छ । ४५ केजी भएको स्वस्थ व्यक्तिले प्रति केजी ८ मिली रगत सजिलैसंग दिन सक्छ । एक पटकमा एक व्यक्तिबाट सामान्यत ३५० मिली रगत मात्र झिकिन्छ । रक्तदान गर्दा ५देखि १० मिनटसम्म लाग्छ । रगत दिए पछि ३ घण्टासम्म लागु पदार्थको सेवन नगर्नु राम्रो हुन्छ । शरीरबाट कम भएको तरल पदार्थ केही घण्टामा आपर्ूर्ति हुन्छ ।
य रक्तदान गर्नु ठूलो धर्म हो । शारीरिक परीक्षण गरी नियमित रुपमा दिने गरेमा विश्वका कुनै पनि ठाउँका मानिसको जीवन जोगाउनुका साथै रक्तदाताको रुपमा सम्मान पाउन सकिन्छ ।
य व्यक्तिगत रुपमा र संस्थाले आयोजना गरी संस्थागत रुपमा रक्तदान गर्न सकिन्छ।
य न्ेापालमा वि.सं. २०२३ साल श्रावण १२ गतेबाट लक्ष्मी ब्लडबैंकको नाममा वीर अस्पताल नजीकैको घरमा रक्त संचार सेवा नेपाल रेडक्रस सोसाइटीले स्थापना गरी सेवा शुरु गरेको थियो ।
य विश्वमा प्रत्येक ३ सेकेण्डमा कुनै न कुनैलाई रगतको आवश्यकता परिरहन्छ । त्यसै गरी अस्पताल गएका १० जना मध्ये १ लाई रगतको आवश्यकता पर्छ ।
य स्वस्थ व्ायस्कको शरीरमा १० पिन्ट -१ पिन्ट बराबर यूएसएमा करीव ०.४७३ लिटर) रगत हुन्छ ।
य दिएको रगतको राता रक्त कोषहरु ४२ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लेटेलेट्स संकलन गरेको ५ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लाज्मालाई जमाउन सकिन्छ र वर्षदन सम्म प्रयोग गर्न सकिन्छ ।
य १७ वर्षपुगेकेा ११० पौण्ड -१ प्ाौण्ड बराबर ०.४५४ किलो) तौल भएको एक स्वस्थ व्यक्तिले प्रत्येक ५६ दिनमा रगत दिन सक्छ ।
य रक्तदान गरेर हामीलाई एड्स वा अन्य कुनै संक्रमित रोग लाग्दैन ।

रक्तदानको महत्व र रक्तदानका लागि जनचेतना जगाउने कार्यक्रमहरु
ज्ुनियर र युवा रेडक्रस र्सकलका साथै यस विषयमा चासो राख्ने सामाजिक, ध्ाार्मिक, राजनैतिक आदि विभिन्न संस्थाहरुले रगतको महत्वलाइ प्रचार प्रसार गर्न सक्दछन् । यस विषयमा सूचना प्रवाह गर्ने, विभिन्न कार्यक्रमहरु म्ाार्फ एड्स र अन्य रोगबाट सुरक्षित राख्न शिक्षा दिने, विभिन्न प्रतियोगिताहरुको आयोजना गर्ने, टि.भी., रेडियोबाट कार्यक्रमहरु प्रसारण गर्ने, अभिनय, सडकनाटकको आयोजना गर्ने, ज्ानचेतना र्‍याली, कला प्रतियोगिता, वक्तृत्व कला, प्रवचन, अन्तरक्रिया आदिका साथै विद्यालयमा विविध कार्यक्रमहरुको तय गर्ने, च्ेातना जागरण अभियान, शेक्षिक कार्यक्रम, रक्तदाताहरुलाइ धन्यवाद दिने, विश्वविद्यालयका कार्यक्रमहरुको तर्जुमा गर्ने आदि काममा सरकारी तथा गैरसरकारी संस्थाहरु ल्ााग्न सक्छन् । विद्यालय तथा क्याम्पसहरुमा १८ वर्षपुगेकाहरुलाई शिक्षा प्रदान गरी रक्तदान गर्नमा उत्प्रेरित गर्न सकिन्छ र्। । सवै संस्थाहरुले दिवसहरु मनाउनुका साथै विभिन्न कृयाकलापहरु संचालन गर्न वाषिर्करुपमा कार्यक्रम गराएमा बढी प्रभावकारी हुन सक्छ ।
विश्व एक घर र मानव परिवार
मानवतामा धर्म, जाति, वर्ण्र्ाालिंग, आदि कुनैको सीमा हँदैन । संसारका सबै मानिस एकै हुन् । विश्वको एक कुनाबाट रक्तदान गरेर विश्वको अर्को हुनामा व्यक्तिको जीवन बचाउन सकिन्छ । विश्व एउटा घर हो, मनुष्य सबै दाजुभाइ दिदी बहिनीहरु हृौं अथवा सम्पर्ूण्ा मानव विश्वघरका जहान हौं । सहयोग र सद्भावलेनै हाम्रो उन्नति सम्भव छ ।
उपसंहार
विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याउने व्यक्तिहरुबाट हामीले प्रेरण लिनु पर्दछ । रगत दिनु मात्र ठरुलो कुरा होइन रगत स्वस्थ्य राख्नु महत्वपर्ूण्ा कुरा हो । त्यसैले रगत दूषित हुने माध्यमहरुको बारेमा थाहा पाई समयमै रोकथामका उपायहरु अप्नाउनु जरुरी छ ।

Friday, April 2, 2010

'कुहिरोभित्र श्वेतवान्कीमा सन्तु श्रेष्ठ'

डा.प्रेमशर्मा
कुहिरोभित्र श्वेतबान्की कविता संग्रह करीव १ वर्षअगाडि र्ससती पढेको थिए" । सन्तु दिदीलाई सामान्य रुपमा चिनेको थिए", तर मन भित्र पसेको थिइन । कविता संग्रहका अनुभुतिहरु नै सन्तु दिदीको मनभित्र पस्ने माघ्यमहरु बने । कति नदेखेका अपरिचत व्यक्तिहरुलाई पनि लेखेको वा बोलेकोे कुराहरुवाट व्यक्तिको मनोभावलाई चिन्न वा बुझन सकिन्छ । परिचितस"ग दोहोरो संचार पनि हुन्छ र व्यक्तिभित्र पस्न अझ सजिलो हुन्छ भने अपरिचितहरुका पनि बोली बचन र सिर्जित रचनाहरुबाट चिन्न सकिन्छ । मैले सन्तुु दिदीलाई माथिका सबै माघ्यमबाट चिनेको छु ।
प्रसङ्गवश उहा"को "कुहिरोभित्र श्वेतबान्की" बारे केही टिप्पणी लेख्ने वाचा गरेपछि फेरि दोहोर्‍याएर पढे" । कुनैपनि वस्तुमाथिको विहंङ्गम दृष्टिबाट उत्पन्न अनुभूति र अवलोकन वा विश्लेषणबाट बस्ने अवधारणा फरक हुन्छ । शब्द र भावको गाम्भर्ीय हर्ेनलाई दोस्रो पक्ष अनिवार्य छ । नेपाली भाषा र साहित्यको विषेश अघ्ययन नभए पनि यसप्रति आफ्नो अभिरुचि रहेकोले समय र कृतिको प्राप्यताको आधारमा मैले पढने गरेको छु । आफूलाई तरकारीमा नून अडकल्ने खूबी नभए पनि चर्को वा बिल्नो के भयो थाहा पाउन सकिन्छ । त्यस्तै दिदीको कृतिको विशेष विश्लेषण भन्दा पनि कविता भित्रकी कवयित्री सन्तु दिदी र सन्तु दिदीभित्रको कवित्वमाथि मैले देखेका कुराहरुलाई संक्षेपमा प्रस्तुत गर्दैछु ।
सिर्जनशील सन्तु दिदी आजको मितिमा करिब ५८ वर्ष११ महिना पुग्नु भएको छ । उहा"का कविताहरुमा रचनाकाल पनि उल्लेख गरिएकोले कविताको आयुु पत्ता लगाउन सजिलो भयो । प्रकृतिले हाम्रो भौतिक शरीरलाई नाश गरेपनि यी विचार र भावनाहरु युगौंयुग रहनेछन् । अवश्यपनि यी अनुभवहरु कालजयी छन् । जीवहरु वातावरण अनुकूलित हुन्छन् र वातावरण अनुसारका भावना उब्जाउछन् वा यस्तै कल्पना वा सपनाहरु हुन्छन्, जुनकुनै पनि दिन साकार रुप लिन सक्छन् वा साकार चित्रण कुनै दिन कल्पनातीत अभिव्यञ्जना पनि बन्न सक्छन् । यस संग्रहमा परेको जेठो कविता २०२४ साल भाद्र १२ गतेको भएकोले आजको मितिमा ४० वर्ष४ महिना २० दिन पुगेको छ भने कान्छो कविता ११ वर्ष१० महिना ८ दिन पुगेको छ । कविता संग्रहभित्र करिव १८ वर्ष६ महिना अवधिभित्रका कविताहरु छन् भने सन्तु दिदीपनि पहिलो कविता अजमाउ"दा करीब १८ वर्ष६ महिनाको हुनुहुन्थ्यो । हुनत समयक्रमको उमेर र मानसिक उमेर वा आयु फरक हुन्छ । कम उमेरका व्यक्तिको मानसिक उमेर बढी हुन सक्छ र बढी उमेरका व्यक्तिहरुको मानसिक आयु कम पनि हुन सक्छ । यी सबै कुरा हाम्रो संगत, अध्ययन, विचारधारा, बाह्य परिवेश वा वातावरण, भौतिक साधनको उपलब्धता र प्रयोग र शारीरिक विकास आदिले पनि प्रभाव पार्दछ । जेहोस्, कुरकुरे बैसले छोएको बेला सन्तु दिदीले "उपासनामा दैनिक कार्यबाट मुक्त भई उही मनोभावना र कामना दूर गरी, न्रि्रा देवीको मृदुल काखमा" आल्हादित भएर र्स्वर्ग चिहाउनुहुन्छ, स्वणिर्म भविष्यको कल्पना गर्नु हुन्छ र प्रकृतिको चुम्बनमा मोहित भई प्रकृतिको मिलनलाई स्वीकारेर सांसारिक जञ्जालबाट मुक्तभई साहित्य सिर्जनाबाट सुखी बन्न चाहनुहुन्छ ।
कालक्रमस"गैका उहा"का यस संग्रहमा ५६ वटा थु"गाको एक गुच्छाभित्र सो अवधिभित्रका सामाजिक, सा"स्कृतिक,आर्थिक, राजनैतिक विभिन्न परिवर्तनसंगै फरक फरक विचार र भावहरुको समिश्रण भएको पाइन्छ । सामाजिक मूल्य, मान्यता र परिवेशभित्र वाञ्छित प्रभाव पार्ने अनुभूतिहरुको प्रवहनभइ परिवर्तन ल्याउन समय लाग्छ नै ।
समयको क्रमसंगै उहा" ४७ वर्षो हु"दा उहा"बाट 'युद्ध' कविताको आविर्भाव भएको छ । उहा"को प्रौढतास"गै उहा" भन्नुहुन्छ, "युृद्ध मनभित्र, भित्रभित्रै मच्चिरहन्छ, आक्रमण र प्रत्याक्रमण भैरहन्छ, अप्रत्यासित ढंगले, हल्लै-हल्लामा... मान्छे मान्छेको बीचमा, तनाव जन्माईदिन्छ, युद्ध मान्छेको मन हो"। उहा" मानसिक युद्धमा जुटनु भएको मात्र होइन, त्यो बेला विश्वमा मनोवैज्ञानिक युद्धको शुरुवातको साथै सशस्त्र युद्धहरु चलिरहेको थियो र नेपालमा पनि २०५२ फागुन १ गतेबाट जनयुद्धको शुरुवात भएको थियो, दिदीको मनमा जनयुद्धको शुरुवातको १० दिन पछि यो युद्ध मच्चिएको थियो । कोही हतियार समाउ"दै थिए भने तपाई कलमलाई हतियार बनाउ"दै हुनुहुन्थ्यो । तपाईको मानसिक उमेर ४७ वर्षभन्दा अझ पुरानो र अनुभवी बनिसकेको थियो । तपाईको प्रतीकात्मक मनको द्वन्द्धले वास्तविकताको धरातलमा पाइला टेकिसकेकेा थियो । अब उपासनामा झंै न्रि्रा देवीको मृदुल काखमा मोहित हुनु भएन, मनमा एउटा युद्ध जन्माउनुभयो । यो युद्ध किन जन्मियो दिदीका कवितालाई विषयसूचीका क्रममा नहेरी आयुक्रममा हर्ेर्दै गए" ।
दिदीले उपासनापछि आत्म गुञ्जनमा हा"स्दै अगाडि बढने प्रयास गर्नु भयो तर समाजमा व्याप्त भोक, शोक र प्यासमा आणविक परीक्षणका घटनाले सन्त्रस्त बनायो । तर पनि तपाईंले भन्नु भयो-म खायस मान्दिन, पीडा म मा विलीन छ, सधै म हा"स्छु, भन्दै सुन्दर भविष्यलाई पर्खिराख्न,नौलो आ"ट र जा"गरमा 'प्रसन्नता'देखाउने प्रयत्न गर्नुभयो । अनि मातृभूमिकै निम्ति सुकार्य गर्ने आन्तरिक अभिलाषा व्यक्त गर्नु भयो किनकि राष्ट्रियताको भावना तपाईमा थियो र छ त्यसैले मेरो जन्मभूमिमा यो ह"सिलो मेरो जन्मभूमि प्राणभन्दा प्यारो छ भनी व्यक्त गर्दै सीता र भृकुटी जस्ता नारीमाथि गर्व गर्नु भयो । यसरी वितेको दिनलाई बिर्सन हुन्छ र - भनी प्रश्न गदै 'फर्केर हेर त -' भन्ने कवितामा सचेतना भर्नु भयो । सचेतना भर्ने कुरो कहा" सजिलो छ र त्यसैले आफ्नो प्रतिबिम्बलाई हर्ेर्दै विचरीमा भन्नु भयो -ती विचरी, आज निन्याउरोमुखमा, टोलाईरहेकी छिन्...। सा"च्चै दिदी टोलाए पनि कसैको नजरको आस नगरेर नियालेर हर्ेर्नुभयो, कसैले सुनेर जिस्काउला नभनी निसंकोच हा"स्नुभयो । महिलाहरुलाई अगाडि बढाउने कुरा आका"क्षामा व्यक्त गर्नुभयो । अनि दर्ुइ किनारामा नतर्सर्ेेनि भाग्न खोजी खोजी अरुको अनुकरण नगरी सिर्जनात्मकतालाई अ"गाली अभिनयको रिहर्सल गर्न थाल्नुभयो ।
तर, समाजमा व्याप्त "नातावाद, कृपावाद, साम्प्रदायिक, संकर्ीण्ाताको बोटमा, सम्पर्ूण्ा मानिसहरुले, आफूले आफैलाई ......... भुल्न थालेको देखेर गरीव र शोषित अनि धनी र अन्यायीलाई पहिचान गर्न र बुझन नसकेको देखी सामाजिक विकृति प्रति प्रहार गर्दै आन्तरिक वेदना पोख्नुभयो । वेदनाले अतालिएर मात्रै कहा" हुन्थ्यो र "अडिग होऔं, सक्षम् होऔं, विपदको घडीमा, कार्यरत होऔं", पाखुरा खियाऔं, घाम र पानीमा, हुरी र बताससित, विचलित नहोऔं", भन्दै "स्थिर" रहने सन्देश दिनुभयो । वास्तवमा दिदीको यो स्वच्छ भावना थियो र भावनामा भन्नुभयो - स्वच्छ भावनालाई, स्वच्छ रुपमा व्यक्त गर्न चाहन्छु, यताउता छरिएका वस्तुस्थितिलाई, समाजको सामु व्यक्त गर्न चाहन्छु । परिश्रमको फल मीठो हुन्छ भन्ने तपाइ"लाई थाहा भएकाले विचलित भएमा यस रणभूमिमा ........ भोलि शान्त र उर्वरक्षेत्र कसरी पार्न सकिन्छ भनी उर्वराभूमिमा "सर्घष्ामय जीवनपथमा, फूल झैं फुल्न देउ" भन्दै कर्ुलनुभयो । कर्ुलदा कर्ुलदै दिदीले फेरि अन्तरात्माका भावनाहरु गुमाउन थाल्नुभयो र आफूलाई नीचतामा निहुराएर, आफ्नो व्यक्तित्वलाई, उठाउन खोज्नेहरु देखि दिन र रातको दोसा"धमा पर्नुभयो । अनि "००७६ को कोठे ट्यूसन"मा भन्नुयो । "आउ मेरा प्यासहरु, मलाई स"गाल, आऊ मेरा गुमेका भावनाहरु मलाई सम्हाल, मैले कुल्चिदिन्छुु र फुटालिदिन्छु ।"
दिदीमा जन्मको व्रि्रोह स"गै "एउटा रजनीको गर्भबाट, सुनौलो प्रभातको जन्म हुन्छ" भन्ने आशालाई बोक्नुभयो । त्यतिमात्र कहा" हो र "शहीदको सपना" समेत बोकेर "हत्केलाभित्र ज्यानको बाजी राखी ........ नेपाललाई चिनाउ"छौं, भन्दै आफ्ना इतिहासका पाना पल्टाउन थाल्नुभयो । अनि "उद्गार"मा हा"सोमा मात्रै रमाउन जान्ने म अब आ"शुमा पनि रमाउन जानेकी छु" भन्दै आफूलाई परिवर्तन गर्नुभयो । त्यसपछि आएर दिव्यतामा जीवन सूक्ष्म छ, वास्तविकतालाई अंगीकार गर्‍यौर्ं भने, सरलता र सौम्यताको दिव्यताले, दीप्त हुनेछ" भन्ने दिव्यवाणी ओकल्नुभयो । वास्तविकता यस्तै भएकोले बल्ल संगिनीलाई "तिमी र म" मा भन्नुभयो - हुरी र बतास, जीवनका क्रन्दन हुन् झरी र बादल, जीवनमा रोदनहरु हुन् । घाम, पानी, क्रन्दन, रोदन, नहुने हो भने, तिमी र म मर्ूर्तिवत् हुनेछौं ।" अनि यी फटाहा र जालीका पाइलाहरु, हेरु" कति सल्कि"दा रहेछन् - यी टुनाधारीका टुनाहरु ......., आउ, मेरा आस्था र मान्यताहरु, यिनको भर्त्सना गरौं भन्दै भर्त्सना गर्न "बा"चेका छन् म भित्रका विश्वासहरु" कवितामा शंखघोष गर्नुभयो ।
दिदी सत्य यही हो प्रकृृतिले सिकाएको जीवनपर्यन्त शिक्षा, यसैले हामीलाई हा"स्ने र रुने गराएको छ । विकृतिका विरुद्ध प्रतिकार गर्न सिकाएको छ । वास्तविक सत्य पहिल्याउन नसक्ने फोस्रा सिद्धान्त लिनेलाई तपाइ"जस्तै उपदेशक भएर कर्ुलन नै पर्छ -यदि व्यवहारिक र यथार्थिक हुन सक्दैना भने, मैले भन्नु केही छैन । यति मात्र होइन अव्यक्त व्यथामा सामाजिक विकृतिका विरुद्ध प्रतिकार गर्नुभयो । तर, सही सिद्धान्त लिए पनि "व्यवहारमा उतार्न उसलाई हम्मे पर्दछ, सिद्धान्त एउटा व्यवहार अर्के हुन गयो भने, समाज, राष्ट्र र अन्तर्रर्ाा्रको त, कुरै नगरौं, बिम्ब प्रतिबिम्ब, आफ्नै निम्ति पनि, सदैव अति, घातक बन्न पुग्छ ।" दिदीले घातक कवितामा यही भन्दै आशावादी भएर कुहिरोभित्र श्वेत बान्कीमा मलाई विश्वास छ कि, प्रत्येक अंगालोमा, नया" बिहानी चम्कन्छ, प्रत्येक अन्धकारमा एउटा नौलो र्सर्ूय उदाउ"छ" भनी विश्वस्त पार्न खोज्नुभयो र भाषामा आफ्नो जिम्मेवारी पनि हो भनी स्वीकार्नुभयो । तर गतिमा "एउटा अव्यक्त परिवेशभित्र, जिन्दगी भुलिरहेको हुन्छ" भन्ने कुरा पनि बिर्सनुभएन । हो, यही परिवेशभित्र पैसाका शब्दहरुमा विश्व घुमेका देखेकी तपाइ"ले यसकै प्यासमा थकाई मारेकाहरुलाई नववर्षो शुभकामना नदिइरहन सक्नुभएन । कवितामै रुमलिएकेा जिन्दगीमा "एउटा सिङ्गो जिन्दगी बनिदिने" उम्मेद पनि गर्नुभयो । तर "कसको लागि"- प्रश्नवाचक बन्यो कविता" र गुनगुनाउन थाल्नुभयो -"आशा र विश्वासका, अनुभूतिहरु ओइलिदिंदा, मायाको अवयवमा तुष पर्दा, दयाको भीख माग्नर्ुपर्छ ।" हुन पनि हो, आकृति सिङ्गो छ, तर रिक्तता," यसरी उम्मेद राखेपनि रिक्तताको महसुुस गर्नुभयो । संर्घष्ाशील जीवनको आरोह अवरोहस"गै अनुभूतिमा विपना सा"चेका, सकारात्मक आशा र अनुभूतिहरु सपना भइदिएका हुन्छन्" भनेर अनुभूत गर्नुभयो । तर यी निराशालाई मात्र बोक्नु हु"दैन भनी मेरो आ"गन मेरै परिवेश भित्र - मेरो सिङ्गो आ"गनको अस्तित्वको जगर्ेना गर्न, हुरी र बतासस"गको छर्ल्याङ पार गर्नु नै पर्छ" भनी राष्ट्रवादी भएर आफ्नो कर्तव्यवोध गर्नुभयो । यो राष्ट्रवादिता देखाउन "मन" कवितामा "एक्सरे गरेर हर्ेन सक्छौ, मुटु चिरेर, चिहाउन सक्छौ, म तयार छु, एक्सरे गर्न र गराउन, भनी एउटा दृढ वाचा गर्नुभयो । तर तपाइको मुटु एउटा सा"घुरो सुपो जसतै भए पनि "सुपो" कवितामा बोल्नुभयो - तर, यो बृत्ताकारको सुपोभित्र, मेरो ब्रहृमाण्ड अटेको छ । तपाइ"ले भनेका यी कुराहरुका अलावा दुइओटा मुक्तकमा "तिमीभित्र मीठो लाग्न पनि सक्छ, नमीठो पनि, म माटोको सुन्दर फूल हु", फूल सबैका लागि, फुलिदिनु पर्छ" भनेर लेख्नुभयो ।
तर पलप्रतिपलको विसंगतिमा बलिया आस्थाहरु रित्तो लाग्न थाले र आशातित आश्वासनहरु पनि तपाईलाई खल्लो लाग्न थाले । खल्लो लागे पनि 'आवेगमा छुटिए पनि संवेग निहुरिनर्ुपर्छ' भनी तरलीकृत यथार्थ्ामा आत्मानुभूति भयो । अनि जब जब दिदीले सामाजिक विकृतिहरुलाई नियालेर हर्ेर्नुभयो अनि सुतुमर्ुगमा भन्नुभयो -यी कलुषित पात पतिङ्गगरहरुलाई पनि मिल्काउनर्ुपर्छ । साथै फोटोमा इतिहासलाई जस्ताको तस्तै नफेरीकन राख्न चाहनु भयो र क्षणिक यात्रा विक्षिप्ताको कवितामा जिजीविषाको निम्त्ति जीवन ब्ान्न यत्न गरिरहेकी नै छु भन्नुभयो यसरी नै त्रि्रा गल्तीहरु दैलो वर अनि दैलो पर, सबै, सुरक्षित भएको कुरा अनुभूतिमा, अनुभूत गर्नुभयो । यिनै विकृतिसंगै मौनताले राष्ट्र बा"चेको हुन्छ कवितामा मुलुक बिषमता वस्तुस्थितिको अस्थिरतालाई, बुझेको हुन्छ, तरपनि मौनताले, राष्ट्र पराधिन, हर्ेन कसैले सक्दैन, भनी स्वाधीनता जोगाउने पाठ पढाउनुभयो । आक्रान्त क्षणमा भावनाहरु पोख्दै मौन भैदिएकी छु, भइदिनु, मेरो आफनै विवशता हो भनी बा"चिदिएकी छु भन्ने कवितामा नेपाल राष्ट्र भएर बोल्नुभयो । यस्तो आत्मबोध सबैमा भैरहोस् भन्दै उत्र्सर्गीत छु भन्ने कुरा कवितामा पोख्नुभयो ।
सा"च्चै सच्चा संगति नभए बेवारिसी हुन मन लाग्छ । त्यसैले बेवारिसीमा भन्नुभयो -त्रि्रो शब्दाडम्बर चाहिएन, मलाई त्यसै/बेवारिस बनाएर छाडिदेऊ । बेवारिसी भएर होला पर्ूण्ात्वमा भन्नुभयो -कहा"तक बिर्साई फेरु" म । यो थकावटलाई, पर्ूण्ात्वको प्यास पिएर । उहा"लाई यहा" अपर्ूण्ाताको आभाष भयो र विवश कवितामा विवशता देखाउनुभयो । यतिमात्र होइन आ"शु झार्न विवश भए पनि बाध्यतामा "आ"खामा विलाइदिन वाध्य हुन्छ भन्नुभयो । यही बाध्यताले झन् उहा"को व्यथामा व्यथा थपियो र "विगतका कथा, मीठो लाग्छ, सुनाउने धाको अझै बा"की छ" भनी धोको पोख्नुभयो ।
तर योे वाध्यता अ"ंध्यारोले ल्याएको हो । "अ"ध्यारोमा जे पनि हुन्छ, .... कतै ठोसिन सक्छ,त्यसैले अ"ध्यारोलाई भगाउने, उज्यालो भित्राउने, सुन्दर सोपान छ, भनी 'अंध्यारो' कवितामा वास्तवमा सुन्दर योजना बनाउनुभयो । योजना जस्तो भए पनि 'अलिकति प्रतिकुल भइदिंदा, मन घोचिरहन्छ, मुटु चस्किरहन्छ,' भनी देश दुखिरहन्छ कवितामा देशनिर्माणको योजनाबारे चिन्तित रहनुभयो । यो देशलाई यो आ"गन मेरो हो, ... म हर्ुर्केकी छु यसैको गोदमा भनी आफ्नै आ"गन प्यारो लाग्ने कुरा बताउनुभयो । देशको लागि सिंगो युग बित्दा पनि केही गर्न सकेको छैनन् भन्दै अभिव्यक्ति कवितामा 'त्यसैले ती बितेका युगले गिज्याए जस्तो लाग्छ, ती बितेका इतिहासले सरापे जस्तो लाग्छ' भनी विगतका पाठ सिकेर वर्तमानमा भविष्यका लागि केही गर्नु पर्ने कुराको संकेत गर्नु भयो । यही अभिव्यक्तिको साथ साथै उहा"को युद्ध कविता जन्मियो । युद्धले र्सवनाश गर्छ भन्नु भएकोले हेरौं यस पछिका उहा"का प्रकाशोन्मुख कृतिहरुमा कविताको घरको पर्ुनसंरचना हुन्छ कि -
कवयित्री सन्तु दिदीका कविताहरु आत्मपरक छन् ।आफू , आफ्नो र मबाट समाजलाई देखाउनु भएको छ । ५६ ओटामा फर्केर हेरत -, विचरी र भाषा कवितामा मात्रै अर्कोलाई इङ्गति गर्नुभएको छ । कविताकी सन्तु बहुसंख्यक नेपाली र विश्वका सन्तु हुन र सन्तु मात्र होइनन् सन्ते पlन हुन् । कवितामा सन्तु दिदी मुस्कुराउनु भन्दा पनि गाम्भर्ीयता बढी छ, सकारात्मक परिवर्तनका लाति रोष, व्रि्रोह र संर्घष्ा छ । कवितालाई केलाउने अन्य पक्ष त बा"की नै छन् । यस पटकलाई सन्तु दिदीको साहित्यिक यात्राको निरन्तरताको कामना गर्दै विदा हुन्छु ।

Saturday, February 13, 2010

मेरो मानसपटल भित्रका एक व्यक्तित्व ः पं. हेमराज शर्मा

डा. प्रेमप्रसाद शर्मा
प्रसंग
२०६३ साल असौज १३ गते १२ बजे तिर बलेवा पैयुँपाटाको सिम्लेमा ग्रामीण जागरण मञ्च बागलुङको तेह्रौं वाषिर्क साधारण सभामा भाग लिन पुगेको थिएँ । त्यस अवसरमा हेमराज शर्माले उपस्थित सबैलाई आफ्नो सम्बन्धमा धौलागिरी साहित्यिक प्रतिष्ठान बागलुङले हेमराज शर्माको व्यक्तित्व र सामाजिक सेवा कृति प्रकाशन गर्न लागेको कुरा जानकारी गराउनु भयो र त्यस विषयमा लेखिएका रचनाहरु साहित्यकार काजी रोशनलाई उपलब्ध गर्राई दिन पनि अनुरोध गर्नु भयो । ग्रामीण जागरण मञ्चको तेह्रौं साधारण सभामा मलाई केही कुरा बोल्ने मौका दिइएको थियो । सो अवसरमा हेमराज शमा विकास प्रेमी भएको र वहाँले गैरसरकारी संस्थाको स्थापना गर्नु एक दूरदर्शितापर्ूण्ा काम थियो भन्ने कुरा व्यक्त गरेको थिएँ । पछि लेखौंला भन्दा भन्दै समय बित्यो । एक दिन यसो घोरिएँ । सानो उमेर देखि वहाँलाई कहाँ कसरी चिन्दै आएँ ती विगतका संझनाहरुलाई छोटो रुपमा लिपिबद्ध गर्ने विचार गरें । त्यसै प्रसंगमा केही टिपेका कुराहरु यहाँ प्रस्तुत गर्न अनुमति चाहन्छु ।
हाम्रो घरमा चल्ने चर्चामा हेमराज शर्मा
हाम्रो घरमा हेमराज शर्माको चर्चा हुन्थ्यो । हाम्रो आमाले सातविसेका काईंला पण्डित भनेर भन्नु हुन्थ्यो । माइलाबाले स्कूलका गतिविधिहरुमा हेमराज शर्माको चर्चा गर्नु हुन्थ्यो । वहाँले गोरखा दक्षिण बाहु पाए पछिको कुरा हाम्रो घरमा माइलाबाले चर्चा गर्नु हुन्थ्यो । एक ताका विद्यालयमा भएको कार्यक्रममा बाहुनले पनि हलो जोत्न हुन्छ भनी विद्यालय तल खेतमा गोरु नारेर जोत्न लगाउनु भयो । हाम्रो बा भाग्नु भएछ । माइलाबाले जोत्नु भयो । पछि हाम्रो घरमा कुरा कानी भयो । त्यतिबेला गाउँमा यो कुरा पचेन । वहाँले ब्राहृमण बोलाएर पतिका गर्नु भयो । पछि यो वहाँको सही अभियान थियो भन्ँने सबैले महसूस गरे । अहिले भने बाहुनले जोत्न थालेका छन् । जात पात र छुवा छुत हटाउने काममा वहाँ त्यतिबेला देखिनै लाग्नु भएको थियो ।
मेरो विद्यालयकालमा हेमराज शर्मा
मेरो माइला बाबा पंं शशिधर उपाध्याय त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटामा शिक्षक हुनुहुन्थ्यो । वहाँसंग म विद्यालयमा गएको थिएँ । त्यस दिन अमलाचौर गीठेका फुपूका छोरा डिल्लीप्रसाद रेग्मी र म थियौं । अहिले हिसाब गर्दा म त्यतिबेला ७ वर्षो थिएँ । त्यतिबेला हाल विज्ञान प्रयोगशाला भएको घर अगाडिको ठाउँमा पहिले हंसवाहिनी पुस्तकालय रहेको पर्ूव पट्टकिो चौरमा खैरो रंगको कमीज सुरुवाल लगाएको अग्लो अग्लो गोरो व्यक्तिको शरीर अहिले पनि याद छ । वहाँले यिनीहरु को हुन् भनी सोद्धा मलाई देखाई उ दाईको छोरा र डिल्लीप्रसादलाई देखाएर उनी भान्जा भनेर चिनाउनु भएको थियो । डिल्लीप्रसादलाई रातो गोरो र खैरो कपाल देखेर अमेरिकनका बच्चा जस्ता छन् भनेको अहिले पनि संझन्छु ।
पछि म नारायणस्थान गाविसको ठाँटीमा डिष्ट्रिक्ट सोल्जरबोर्डसद्वारा संचालन भएको श्री गणेश प्राथमिक पाठशालामा भर्ना भएर कक्षा १ मा पढें । त्यहाँ कक्षा १ मा पहिला भएर कक्षा २ मा पढ्दै थिएँ । त्यतिबेला के कारणले हो त्यहाँ विद्यालय नचल्ने भयो त्यहाँको विद्यालय नारायणस्थान प्राविमा गाभियो । विद्यार्थीहरु सबै उतै जानु पर्ने भयो । अनि मलाई माइला बाबाले बाबासंग कुरा गरेर पैयुँपाटामा जाने सल्ल्ााह दिएकोले पैयुँपाटामा कक्षा २ मा भर्ना हुन गएँ । नारायणस्थान जानु भन्दा उकालो बाटो भए पनि पैयुँपाटा नजीक पर्दथ्यो । हेमराज शर्माले शिक्षक नभई कक्षा खाली भएको बेला कक्षा लिनु हुन्थ्यो । वहाँले सामान्य ज्ञानबारे लेखाउनु हुन्थ्यो । कहिले मेरो कापीमा लेखेर दिनु हुन्थ्यो र अरु विद्यार्थीले मेरो कापीबाट सार्ने गर्थे । वहाँले लेखाइदिएकोमा म अहिले पनि संझन्छु जस्तै नेपालको राजधानी कहाँ हो- नेपालको प्रधानमन्त्री केा हो- बलेवामा पर्ने गाउँपञ्चायत र तिनका सिमाना आदि । पाठय पुस्तकको पढाइको साथ साथै यस्ता सामान्य ज्ञानका कुराहरु जान्नु आवश्यक छ भन्ने कुरा आज पनि महसूस भएको छ ।
त्यतिबेला आयर्ुर्वेद औषधालयमा काम गर्ने कविराज श्री कृष्णप्रसाद पण्डितका दर्ुइ छोरी -विमला र निर्मला अनि छोरा हरिराज पण्डित र हाल सरकारी सेवामा वरिष्ठ इञ्जिनीयरको रुपमा काम गर्ने प्रकाश पौडेल अबोध मेरा सहपाठी थिए । प्रकाश पौडेलको नाम त्यतिबेला प्रेमराज शर्मा थियो । कक्षा २ मा नै पढ्दा त्यतिबेलाका प्र.अ. श्री डिल्लीप्रसाद शर्माले उनका दाजुको नाम आनन्द प्रकाश भएकोले उनको नाम पनि प्रेमप्रकाश लेख्ने भने पछि त्यही भयो । पछि उनले प्रकाश पौडेल अबोध लेख्न थाले । म कक्षा २ मा प्रथम भइ कक्षा ४ मा गएँ । अनि हामी १ वर्षअघि पछि भएर गयौं । म त्यतिबेला ४ कक्षामा पढ्दा एउटा घटनाको याद छ । त्यतिबेला भारतको आसामको डिगबोईमा बस्ने नेपालीहरुले चन्दा उर्ठाई विद्यालयलाई सहयोग गर्थे । विद्यालयलाई हामी माथिल्लो कक्षामा पढ्दा सम्म पनि सहयोग आईरहन्थ्यो । त्यतिबेला आसाम डिगबोईमा काम गर्ने नेपाली मध्येका विशेष मान्छे आउने कार्यक्रम रहेछ । त्यतिबेला वहाँको स्वागत सम्मानको लागि एउटा समारेह हुने भएकोले विद्यार्थीहरुको तर्फाट शायद २।३ जना राखिएको थियो । मलाई बोलाएर ३ दिन पछि हुने समारोहमा भाषण गर्नु पर्छ भन्नु भयो । वहाँ संगै मेरो मामा भवानीप्रसाद रेग्मी पनि हुनुहुन्थ्यो । मैले भाषण गर्ने भन्दा मैले के भन्ने हो जान्दिन भनी लोसे मुन्टो लगाए पछि वहाँले मेरो कापी माग्नु भयो र भाषण गर्दा संबोधन गर्ने र भन्नु पर्ने कुरा लेखी दिनु भयो । म त्यस पछि मामाको घर तिर गएँ । मैले भाषण घोकें र बोल्ने अभ्यास गरें । समारोहमा मलाई भाषण गर्न बोलाईयो । चार कक्षामा पढ्ने म फुच्चे विद्यार्थीले घोकेको भाषण घोकेजस्तो नगरी विस्तारै भाषण गरें । त्यत्रो ठूलो जमातमा यसरी पहिलो चोटि बोले पछि अरु कार्यक्रममा पनि बोल्ने हौसला बढयो । पछि पनि त्यस्तै डिगबोईमै काम गर्ने नेपाली आउँदा मैले अरुले नसिकाई भाषण गरेको थिएँ । त्यतिबेला मैले अन्तिममा सुकिलो आभार व्यक्त गर्दछु भन्ने शब्द प्रयोग गरेको थिएँ । मैलै आजसम्म पनि त्यो सुकिलो शब्द भनेको संझेको छु । विद्यालयमा प्रत्येक शुक्रबार साहित्य गोष्ठी हुने गर्दथ्यो । मैले पहिलो चोटि विद्या पढौं भन्ने कविता लेखेर सुनाएको थिएँ । तर आज त्यो कविता छैन कस्तो थियो संझन्न । प्रत्येक शुक्रबार हुने कार्यक्रममा लेख, कविता, निबन्ध, चित्र आदि केही न केही बुझाउनु पर्दथ्यो, नबुझाएमा २५ पैसा तिर्नु पथ्र्यो । कहिले हतार गरी किताबका कथा सारेर दिएर पनि उम्किन्थ्यो । कथा पाठ गर्दा त्यतिबेला काभ्राबोटका नारायण शर्मा शिक्षकले किताबको सारेर ल्याएछ भनी खास खुस गरेको मलाई झलझल याद आउँछ । एक चोटि लेखेर नल्याउँदा मामा टीकाराम रेग्मी -वहाँ अहिले जीवित हुनु हुन्न) वहाँ र म संगसंगै ४ कक्षा देखि ८ कक्षा सम्म पढयौं । कक्षामा वहाँ दोश्रा र म पहिला हुँदै गएका थियौं । वहाँले सतं सीरबारी पञ्चमूल पारी मानिस मरेको भनी पैरोकोबयान गरेको सवाई भन्दा सुनेको लेखेर बुझाई जरिवाना तिर्नबाट उम्केको थिएँ । अमलाचौरका खगेन्द्र के.सी.ले कक्षा शिक्षक हुँदा एक चोटि लेखेर नबुझाएकोले २५ पैसा जरिवाना तिरेको कुरा याद आउँछ । हेमराज शर्मा त्यतिबेला हुने साहित्य गोष्ठीमा पूरा समय बस्नु हुन्थ्यो । राती अबेर सम्म कहिले त मइन्टोल समेत बालेर साहित्य गोष्ठी हुने गरेको पनि याद छ । यसरी मलाई बोल्न लगाउने र चल्ता पर्ूजा बनाउन वहाँबाट भएका प्रयासहरु मेरो लागि प्रशंसनीय र प्रेरणादायी थिए ।
विद्यालयमा म पाँच कक्षामा पढ्दा बाटै संझन्छु त्यतिबेलाबाट केही वर्षसम्म शिक्षाको महत्व भन्ने नाटक पर््रदर्शन गरिन्थ्यो । म रेग्मीफाँट मामा कहाँ बस्दा कहिले काँही मामासंग आई रिहर्सल गर्ने कक्षमा खुस्स छिरेर बस्थें र रिहर्सल गरेको हर्ेर्थें । मइन्टोल बालेर राति अबेरसम्म रिहर्सल हुन्थ्यो । हेमराज शर्मा पुरै समय बसेर नाटकमा निर्देशन दिनु हुन्थ्यो । एक चोटि अँधेरीखोलाका आत्माराम शर्मा र टारीका गणेशबहादुर लगायतका कलाकारले अभिनय गर्दा आत्मारामले दाम्लोबाटेको अभिनय भएन भनेर दोहोर्राई तेहर्राई गर्न लगाएको मैले संझन्छु । यसरी विद्यालयको विकासको लागि आफ्नो समय र सोच लगाउनु हुन्थ्यो । वर्हाले बाहिरबाट आउने पाहुनाहरुको पनि उचित स्वागत सत्कारमा ध्यान पुर्‍याउनु हुन्थ्यो । विशेष कार्यक्रममा विद्यार्थीहरु अनिवार्य रुपमा उपस्थित हुनु पथ्र्यो । हामी फूलमाला लिएर लाइनमा बस्थ्यौं । वहाँले हामीलाई के केे गर्ने सबै कुरा सिकाउनु हुन्थ्यो ।
मैल्ो एल.एल.सी.दिई सकेपछिका हेमराज शर्मा
एस.एल.सी.दिएपछि मैले माइलाबाले बनारसमा संस्कृत पढ्न पठाउने, उतै अंग्रेजी पनि पढ्ने भनेर बालाई सल्लाह दिनु भयो । संस्कृत पढ्न जान केही पढेर जाने विचारले एस.एल.सी.को परीक्षा दिए पछि लघु कोमुदी पढ्न शुरु गरें । विद्यालयमा त्यतिबेला प्र.अं डिल्लाीप्रसाद शर्मा हुनुहुन्थ्यो । विद्यालयमा प्रसंग चल्दा मैले कौमुदी पढ्न लागेको कुरा माइलाबा बाट वहाँले थाहा पाउनु भएछ । वहाँले मलाई भेट्न आउन भनी खबर पठाउनु भयो र म त्रि.मा.वि. पैयुंपाटामा गएँ । वहाँले यो जमानामा संस्कृत पढेर हुँदैन । बरु यहाँ आएर हंसवाहिनी पुस्तकालयको काम स्वयंसेवकको रुपमा गर भन्नु भयो । मैले संस्कृत पढ्न छाडें । अहिले भने कौमुदी पनि पढेर सकेको भए केही घाटा हुने रहेनछ भन्ने लागेको छ । मैले दिनदिनै विद्यालय गई निमित्त पुस्तकाध्यक्ष भै काम गर्रर्ेे पुस्तकालयका किताब मिलाउने, सदस्यलाई किताब वितरण गर्ने र फिर्ता गर्ने आदि काम गरें । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन । बाले पैसा केही नहुने भए किन गएर दिन बिताउने भन्नु भयो । मैले यो कुरा प्र.अ. डिल्लीप्रसादलाई बताएँ । त्यतिबेला हेमराज शर्मा विद्यालय संचालक समितिको सभापति पदमा हुनुहुन्थ्यो । प्र.अ. ले कुरा राखेपछि मलाई मासिक रु १००। एक सय पाउने गरी विद्यालयमा पढाउन नियुक्ति दिनु भयो । त्यतिबेला त्रिभुवन मा.वि. संगै त्यही भवनमा नै बालप्रभा प्राथमिक पाठशालाका नाममा छुट्टै पाठशाला चलेको थियो । प्रअ्रले मलाई कक्षा ७ सम्म पिरियड दिनु भएको थियो । पाँच र सात कक्षामा मैले अंग्रेजी, दर्ुइमा हिसाब र चार र पाँचमा सामाजिक शिक्षा पढाउँथें । यसरी हेमराज शर्माले मलाई अध्यापनमा लाग्ने मौका र प्रेरणा पनि दिनु भएको थियो ।
म शिक्षक भएको बेला एक चोटि विद्यालय प्रांगण्णमा हेमराज शर्मा र प्र.अ. डिल्लीप्रसाद शर्माले मलाई बोेलाई "हामीलाई तल्लो कक्षामा पढाउन एक जना राम्रो शिक्षक चाहिन्छ । त्यसैले तिमीले स्थायी रुपमा काम गर्ने र केटाकेटीलाई राम्ररी पढाउने मनस्थिति बनाएर काम गर्नु पर्छ भन्नु भयो । पछि मेरो पढ्ने चाहना भएको कुरा बताएँ । त्यतिबेला कम्पाउण्डर तालिममा जाने सल्लाह दिनु भयो । तर श्रावणको महिनामा भर्ना हुनु पर्ने थियो जान सकिन । पछि वहाँले महेन्द कलेज बागलुङमा बैकुण्ठप्रसाद विजुक्षसंग कुरा गरी मलाई आई. एं पढ्न छात्रवृत्ति मिल्ने कुरा बताएकोले म बागलुङमा २०२९ भाद्रबाट बागलुङमा पढ्न शुरु गरें । मैले एस्.एल्.सी. दिए पछि स्वयंसेवक र परिश्रमिक पाउने गरी करीब १८ महिना सेवा गरे. । म शिक्षक हुँदा विद्यालयमा सांस्कृतिक कार्यक्रम र अन्य उत्सव र समारोहहरु हुन्थे । मैले नाटकहरुमा पात्रको रुपमा अभिनय पनि गर्थें । साँस्कृतिक कार्यक्रम तर्फत्यतिबेला शिक्षक लीलानाथ रेग्मीले काम हर्ेर्नु हुन्थ्यो । वहाँसंग सहयोगी भएर त्यस क्षेत्रमा पनि काम गरें । यसले पछि फेरि शिक्षक भएर काम गर्दा मलाई ठूलो सहयोग मिल्यो । आई.ए. पास गरेपछि धुल्लु लिउँवामा का.मु. प्र.अ. भै एक वर्षकाम गर्दा मैले आफै नाटक लेखेर पर््रदर्शन गर्ने काम पनि गरें ।
हेमराज शर्माले विद्यालयलाई चन्दा संकलन गर्न शिक्षक र विद्यार्थीका टोलीहरु ब्ानाउनु हुन्थ्यो । भाद्र महिनामा म पनि अर्को एक जना शिक्षक यमबहादुर केसीको टोलीमा विद्यार्थी सहित पाग्जा र गलुवामा गै मकैका झोता संकलन गर्ने काम पनि गर्‍यौं । विद्यायलयमा उठाएका मकैका झोताहरुबाट सील बनाईन्थ्यो । पछि वहाँले तलबको हिसाबमा मकै भाग लगाईदिनु हुन्थ्यो । मैले पनि पाउने मासिक रु १००। को धेरै महिना जम्मा भए पछि मकै लगेको घटना याद आउँछ । यसैगरी तिहारमा भैली खेल्न पनि हामी टोलीमा डुल्ने गथ्यौं । म कहिेले काँही अर्को टोलीमा पनि पठाएकोले मिसिन जान्थे । विद्यालयलाई अर्थ संकलनका लागि वहाँहरुले विभिन्न उपायहरु अप्नाउनु हुन्थ्यो ।
एक पटकको घटना मलाई याद छ ः विद्यालयलाई काठ काट्ने क्रममा म वहाँसंग रानीवनमा गएको थिएँ । हामी दिनभर कर्मीहरुले काटेका सालका थामहरु ठाउँ ठाउँमा थुपार्नै काम गर्‍यौं । वहाँले नम्बर लगाउनु भयो । फर्केर हाम्रो घरमा आयौं । मैले चिया पकाएर कटौरा भरि ल्याइदिएँ । त्यतिबेला हाम्रो घरमा गिलास थिएनन् । गिलासको चलन गाउँमा आइसकेको थिएन । वहाँले अर्को कटौरा मागी खन्याएर थोरै मात्र पिउनु भयो । पछि ती नम्बर लगाएका काठ हराएछन् । काठ पहिल्याउन चामल मन्तर्ने र खुवाउने तथा धनु लगाउने काम भयो तर पहिलाउन सकिएन । मैले यो घटना बिर्सर्ेेे छैन ।
२०३४ साल पछि हेमराज शर्मा
२०३४ सालमा म निमावि शिक्षकबाट सेवाकालीन तालिममा गएको थिएँ । २०३१ सालबाटै मेरो सम्बन्धमा विभिन्न आरोपहरु ल्गाउन थालिएको रहेछ । २०३४ साल पछि सबै भूमिगत पार्टर्ीीले पार्टर्ीी कुरा बनाई लगेको जस्तो मलाई अनुभव भयो । म कुनै समूह भित्र अटाउन सकिन । मनोवैज्ञानिक हिसाबले सबै समूहले जस्तै वहाँको समूहले मलाई वहाँहरुबाट टाढा बनाउँदै लगेको महसूस भयो । २०३६ सालमा पनि बहुदल र निर्दलको विषयमा पनि म कतै नलाग्ने जस्तै अलग्गिएँ ।
मैले एम.ए. गर्दा ताक हेमराज शर्मा
मैले २०४२ सालमा एम. ए. अर्थशास्त्र विषयमा पूरा गर्ने क्रममा पैयुँपाटा गाविस -तत्कालीन गाउँपंचायत) को भिलेज प्रोफायल तयार गर्नु पर्ने थियो । त्यस समयमा पनि पंचायतको सिमाना र अन्य जानकारी बताएर सहयोग गर्नु भएको थियो । मैले त्यतिबेला लेखेको भिलेज प्रोफायलमा गाउँमा शिक्षाको विकास र वर्तमान स्थिति सम्बन्धमा जे जस्तो लेखेको थिएँ ती अंश जस्ताको तस्तै तलको बाकस भित्र राखेको छु ।
गाउँंमा शिक्षाको विकास र वर्तमान स्थिति
२००७ सालको राजनैतिक परिपर्तन पछि विभिन्न ठाउँमा विद्यालयहरुको स्थापना भयो । सामाजिक कार्यकर्ताहरु जर्ुर्मुराएर विद्यालयको स्थापना गरे । यस पंचायतमा पनि पैयुँपाटामा हाल जहाँ मा.वि. छ त्यसै स्थानमा रुद्री, चण्डी, वेद, कौमुदी पढ्ने भाषा पाठशाला थियो । पछि २०१५ सालमा यहाँ पर््राईमरी स्कूल बन्यो र यहाँको भाषा पाठशाला म्याग्दीको ताकममा सारियो । हाल पनि त्यहाँ बलेवा पैयुँपाटा विद्यालयको नामले रहेको छ । शिक्षाको लागि यस पंचायतका मानिसहरु जर्ुर्मुराए । यहाँका मानिसलाई जागृतिको शंख फुकेर ब्यूँझाउने एक जना कर्मठ व्यक्ति पंं पर्ूण्ाप्रकाश बन्धु हुनुहुन्थ्यो । हाल वहाँ साहित्य र संस्कृतिको खोजीमा लाग्नु भएको छ । वहाँले स्थानीय युवकहरुलाई एउटा प्रेरणा दिएर जानु भयो । वहाँलाई यहाँका व्यक्तिहरुले आँखाको नानी मान्दछन् । यसपछि स्थानीय युवक पं. हेमराज शर्माले यस विद्यालयको व्यवस्थापकको रुपमा अनवरत सेवा गर्दै आउनु भएको छ । त्यस्तै लामो समयसम्म प्रधानाध्यापकको पदमा रहेर श्री डिल्लीप्रसाद शर्माले पनि विद्यालयको उन्नतिमा प्रशस्त योगदान दिनु भएको थियो । विद्यालयको लागि आवश्यक भौतिक सुविधा जुटाउन यस पंचायत र बाहिरका नारयणस्थान र अमलाचौर गाउँ पंचायतका मनिसहरुले पनि प्रशस्त सहयोग गरे । विद्यार्थीहरु पनि विकास र निर्माणका काममा सहभागी बने । रात दिन भैलो खेल्ने, चन्दा संकलन गर्ने, साँस्कृतिक कार्यक्रमहरु प््रादर्शन गर्ने कार्यहरु भए । भारतको डिगबोईमा बसेका नेपालीले पनि चन्दा संकलन गरी सहयोग गरे । विद्यालयको विकासमा गाउँलेलाई उठाएर नेतृत्व प्रदान गर्नेमा स्थानीय कार्यकर्ता पं. हेमराज शर्मालाई राजनैतिक दृष्टिकोणले जसले जे जस्तो दृष्टिकोणले हेरे पनि शैक्षिक जगतमा वहाँलाई श्रद्धेय व्यक्तिको रुपमा सबैले सहर्षस्वीकार गर्दछन् । वहाँले जुनियर हाई स्कूल बनाउने ताक र हाईस्कूल भए पछि पनि र्भौतिक सुविधा जुटाउन सबैको साथ माग्नु भयो । "पुकार" र "चन्दादिनोस्" जस्ता गीति कविताहरु ज्ानतामा छरिए । व्यक्तिले वहाँका गीतलाई यसरी गाउन थाले
स्कूलले लालुमै बलेवा हर्ेर्नुहोस्, बलेको छ लालुमै चन्दा दान गर्नु होस् ।
वहाँको अन्तरात्माबाट प्रस्फुटित शब्दहरु "पुकार" मा पाईन्छन् ।
अनपढ गरीबलाई अक्षर पढाउन, फटाहाको फटर्याईंबाट निर्धालाई बचाउन
धनी गरीब बराबर मिलाई हिडाउन, विकसित शहर जस्तो बलेवा बनाउन
यो स्कूल खोलेको किन, छोरा छोरी गरीब पढाउन
"चन्दादिनोस्" पर्चामा
"अन्धाको के गति छ र छोरा छोरी पढाउन जोड गर -नभूलेर)
त्यस्तै "पशुले झैं नजन्माउ खुरुरु, रुनु पर्ला पछाडि धुरुरु" -दुःख परेर)
कोषमा छैन एक पैसा चलाउनु छ हाई, एक वर्षो खर्च लाग्छ पन्ध्र हज्जार भाइ
सरकारले दिएको छ बाह्र सय मात्र, स्कूलमा पढेका छन् अर्ढाईसय छात्र
दान ठूलो विद्या छ लोकमा, चन्दा दिनोस् स्कूल चलाउन ।
यस्ता गीतहरु सबैले गाए । यहाँ मात्र होइन विदेशिएका नेपालीले पनि गन्गुनाए । आफ्नो पसिनाको कमाईको अंश छुटयाएर जम्मा गरे स्कूलको उत्तरोत्त।र प्रगतिको लागि । स्कूल सबैको श्रम र पसिनाको उपज हो तर यसको संयोजनमा नेतृत्वको आवश्यकतालाई आज सबैले महसूस गरेका छन् ।
यसरी यस पंचायतमा शिक्षाको प्रचार भयो । त्रि.मा.वि. ले कैयौं व्यक्तिहरु उत्पादन गर्‍यो । नयाँ शिक्षा योजना लागू भएपछि जनतामा आर्थिक भार परेन । यसले गर्दा केही वर्षविद्यालयको भौतिक अवस्थामा जुन रुपमा सुधार हुनु पर्ने हो सो भएन । देशव्यापी हडतालको कारणले यहाँ पनि शिक्षक विद्यार्थी हडताल गरे । राजनैतिक रीस इबी साध्न झै झगडा र षडयन्त्र चले पनि शैक्षिक चेतना र जागरण बढ्दै गएको तथ्यलाई बिर्सन हुँदैन ।

सर्म्पर्कमा रहँदा थाहा पाएका वहाँका आनी बानी
हेमराज शर्मा धार्मिक ग्रन्थहरुको अध्ययन गर्ने, एैतिहासिक खोजपर्ूण्ा लेखनकार्यमा लाग्ने, संघ संस्थाहरुमा नेतृत्व प्रदान गर्ने, जनचेतना अभियान तथा भौतिक संरचनाका कार्य आदिमा विशेष अभिरुचिका साथ आफूलाई व्यस्त राख्न रुचाउने एक उदाहरणीय व्यक्तिको नाम हो । वहासंग बेलाबेलामा सर्म्पर्कमा हुँदा वहाँका आनी बानी बारे पनि हामीलाई थाहा हुन्थ्यो । वहाँले धुम्रपान, मध्यपान गरेको र तास जूवा खेलेको हामीले कहिल्यै थाहा पाएनौं । शायद अरु कसैले पनि देखेको छैन होला । त्यस्तै वहाँले अचेल चिया पनि पिउनु हुन्न र शाकाहारी भोजन गर्नु हुन्छ । हामी २८।२९ सालबाटै बागलुङ आउँदा श्यामप्रसाद खजाञ्चीकहाँ बस्ने गथ्र्यौ । वहाँ पनि त्यहा बसेको बेला एक बिहान एक अंखोरा पानी पिउनु भयो । पछि वहाँले प्रत्येक बिहान २ माना जति पानी पिउनु हुन्छ भन्न्ो कुरा थाहा पायौं । शायद आजसम्म पनि वहाँको त्यो बानी हुनु पर्छ । अचेल सोधिएको छैन ।
अन्त्यमा
बलेवामा शिक्षा तथा विकासको दीयो बलाउन साँच्चिकै हेमराज शर्माको ठूलो योगदान छ । वहाँको व्यक्तित्व तथा सम्पादित क्रियाकलापहरुको अनुसन्धान तथा मूल्यांकन हुनु जरुरी छ । यस चोटि प्रकाशन हुने ग्रन्थले सबै कुरा बटुल्न संभव नहुन सक्छ । ग्रच्थका धेरै भागहरु बन्न सक्छन् । विविध पक्षमा खोजपर्ूण्ा आलेख तयार पार्ने व्यक्ति वा संस्था नखटिई, जिम्मेवारी नलिएसम्म तयो पूरा हुन सक्दैन । हेमराज शर्मालाई विभिन्नले विभिन्न रुपमा लिन सक्छन् । तर जो सुकैले पनि वहाँले शैक्षिक र सामाजिक विकासमा पुर्‍याएको योगदानलाई बिर्सन सक्दैनन् । त्यसैले वहाँका राम्रा विचारले अझै शेष जिन्दगीमा देश विकासमा टेवा पुग्नेछ भन्दै वहाँको दर्ीघायुको कामना गर्दछु ।

नेपाली बाङमयमा रत्न श्रेष्ठ पुरस्कार गुठी पुस्तकले उब्जाएका तर्क तथा जिज्ञासाहरु

डा. प्रेमप्रसाद शर्मा
१. पुस्तक परिचय
नेपाली बाङमयमा रत्न श्रेष्ठ पुरस्कार गुठी ढुण्डीराज पौडेलद्वारा लिखित, जगत-चन्द्र स्मृति विद्वत वृत्ति प्राप्त एक शोधमूलक कृतिको रुपमा हालैको लोकतन्त्र वर्ष२०६३मा इन्टरनेशनल बुक स्टार्ण्र्डड नं. -क्ष्क्द्यल्) ९९४-४७-८८५-०-२ को सहमत श्रेष्ठ तथा गणेशकुमार जी.सी. द्वारा निर्मित रत्नकुमारी श्रेष्ठको रंगीन तस्वीर अंकित आवरण पृष्ठमा प्रज्ञा आफसेट प्रिन्टिङ प्रेस प्रा.लि.को मुद्रणमा र्सवाधिकार लेखकमानै निहीत राखी संस्थागत मूल्य रु २०० र विद्यार्थी सहुलियत मूल्य रु १५० राखी रत्न-श्रेष्ठ पुरस्कार गुठी अर्न्तर्गतको दीप-अमृत -दीअ) प्रकाशन द्वारा प्रकाशित भै वितरण हुने गरी प्रकाशित भएको छ ।
पुस्तकका लेखक बागलुङ जिल्लाको छिस्ती गा.वि.स.मा जन्मेका ३० वषर्ीय युवक छन् र अध्यापन कार्यमा लगेका छन् । लेखकको यो नै पहिलो कृतिको रुपमा उभिएको छ । लेखकको अनुसार रत्न-श्रेष्ठ पुरस्कार गुठी सम्बन्ध्ामा लेखिएको अनुसन्धानात्मक कृतिमा यो अध्ययन पहिलो हो ।
पुस्तक पल्टाउँदा "संसारमा सबभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढे" भन्ने प्रेम छोटाको उद्गार र २०३४ अनि र अक्षर अंकित लोगो -विशेष प्रतीक चिन्ह, सहित नेपाली वाङममय सेवाका ३० वर्षभन्ने लेखिएको पेजबाट शुरुवात भएको छ । त्यसपछि शर्ीष्ाक पेज, पुस्तक परिचय पेज, संस्थापक प्रेम छोटाको तस्वीर, स्थापनाकालका प्रबन्ध समितिका ४ जना सदस्यहरुको तस्वीर भएको पेज, हाल प्रबन्ध समितिका सदस्यहस्को तस्वीर भएका पेजहरु प्ाछि प्रकाशीय प्रा. डा. दयाराम श्रेष्ठको मन्तव्य, लक्ष्मणप्रसाद गौतमको रत्न- श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृष्टिप्रक्षेप आलेख, लेखकीय र अनुक्रम पछि पृष्ठ संख्या शुरु गरिएको पाँच परिच्छेद, परिशिष्ट खण्ड र सर्न्दर्भ सूची सहित १७५ पेजको २१.२ से.मी. लम्बाई र १४ से.मी. चौडाइ साइजको आकर्षा रंगीन कलेवरको पुस्तक छ यो ।
२. पुस्तकका परिच्छेदहरुको संगठनात्मक ढांचा
पुस्तकको प्ारिच्छेद १ मा लेखकले ध्ाौलागिरी अञ्चललाई भौगोलिक, राजनैतिक विभाजन र धार्मिक, साँस्कृतिक विविधताबारे परिचय गराएका छन् । यसै सर्न्दर्भमा अञ्चलको लोक साहित्य र लोक संस्कृतिको बारेमा उल्लेख गर्दै बागलुङमा सहित्यिक संघ संस्थाको स्थापना र परम्परामा साहित्यिक विकासका लागि भएका प्रयासहरुबारे जानकारी गराएका छन् ।
प्रिच्छेद २ को नेपाली साहित्यिक संघ संस्थाका सापेक्षतामा रत्न-श्रेष्ठ पुरस्कार गुठी अर्न्तर्गत साहित्यिक संघ संस्थाको विकासक्रमसंग गुठीको स्थापनाको प्रसंग ल्याएर पुरस्कार गुठी स्थापनाको प्रेरणा श्रोत, संकल्प, उद्देश्य, अक्षयकोष, पुरस्कारको प्रावधान, बाङमयको दायरा, कार्यक्षेत्र विस्तार, पुरस्कृत व्यक्तित्व विवरण, रत्नकुमारी श्रेष्ठ र प्रेम छोटाको संक्षिप्त परिचय सहित गुठीका संरक्षक, विशिष्ठ र आजीवन सदस्यहरुको बारेमा प्रकाश परिएको छ ।
प्ारिच्छेद ३ मा गुठीद्वारा संचालित साहित्यिक गतिविधि र मूल्यांकनमा गुठीद्वारा संचालित जिल्लास्तरीय, पश्चिमाञ्चलस्तरीय र राष्ट्रियस्तरको बृहद् कवि गोष्ठीको बारेमा जानकारीका साथै साहित्यिक घेटघाट, जन्मजयन्ती, शोकसभा, पुस्तक विमोचन, प्रकाशन कार्यमा दीअ प्रकाशन-२०५५, रत्न-श्रेष्ठ पुरस्कार पुस्तकालय-२०३७ र पुस्तकालय सम्बन्धी गतिविधिहरु, रत्न-श्रेष्ठ राष्ट्रिय सम्मान -२०५३, जगत-चन्द्र स्मृति सम्मान कोष -२०५८, अभिनन्दन एवं सम्मान र प्रतिमा स्थापना गर्ने कार्यमा रत्नकुमारी श्रेष्ठको प्रतिमा स्थापना, आदिकवि भानुभक्त आचार्य र नाटयसम्राट बालकृष्ण समको प्रतिमा स्थापनामा भएका पहल कदमहरु र गुठीको रजत जयन्ती -२०५९ का बारेमा प्रकाश पार्नुका साथै गुठीको समग्र मूल्यांकन पनि गर्नु भएको छ ।
यसैगरी परिच्छेद ४ मा रत्न-श्रेष्ठ पुरस्कार गुठीद्वारा पुरस्कृत कृतिहरुको विवेचनात्मक अध्ययन गरिएकेा छ । विवेचना गरिएका कृतिहरुमा मोहनबहादुर मल्लको सिंजा इतिहासको गोरेटो - इतिहास, काजी रोशनको मानसरोवरमा डुबुल्की मार्दा - निवन्ध स्रग्रह, नवराज कार्कीको सिलसिला - कविता संग्रह, मुकुन्दप्रसाद शर्माको केही सन्तोष केही आक्रोस - कविता संग्रह, हिरामणि शर्माको समालोचनाको बाटोमा - समालोचना संग्रह, ठाकुर पराजुलीको नेपाली साहित्यको परिक्रमा - समालोचना संग्रह, हरि बन्दीको उल्टो पट्ट ि- हास्यव्यंग, डा. शास्त्रदत्त पन्तको व्यवस्थित वस्ती र गाउँ विकास - राजनैतिक गाउँ विकास योजना, डिल्लीराम मिश्रको नेपाली प्रतिभा र पुरस्कार - अनुसन्धानात्मक आलेखहरु, होमनाथ सुवेदीको अंकुर - उपन्यास, भवेश्वर पंगेनीको पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन-२००७ - इतिहास, डा. रविलाल अधिकारीको प्रगतिवादी नेपाली समालोचना - अनुसन्धानात्मक समालोचना, सन्तु श्रेष्ठको कुहिरोभित्र श्वेत बान्की - कविता संग्रह, सर्ुदर्शन सिलवालको नेपालको अर्थशास्त्र - अर्थशास्त्र, लक्ष्मणप्रसाद गौतमको समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण - समालोचना र शान्तिनारायण श्रेष्ठको स्मृतिका लहरहरु - शोककाव्य छन् ।
परिच्छेद ५ मा उपसंहार र परिशिष्ट खण्डमा रत्न-श्रेष्ठ पुरस्कार गुठीको जिल्ला प्रशासन कार्यालयको दर्ता प्रमाणपत्र, पुरस्कार गुठी नाम संशोधनको जिल्ला प्रशासन कार्यालयको बोधार्थपत्र, प्रारम्भिक पत्र र नियमावली -२०५९, पुरस्कृत कृतिलाई दिइने प्रमाणपत्रको नमूना, विभिन्न गतिविधिहरुको फोटोहरु र अन्त्यमा सर्न्दर्भग्रन्थ सूची दिइएको छ ।
३. पुस्तकको बारेमा पुस्तकभित्रै बोलेका कुराहरु
प्ाुस्तकको बारेमा पर्याप्त कुराहरु पुस्तकमा लेखिएको दीअ प्रकाशनको प्रकाशकीय, प्रा. डा. दयाराम श्रेष्ठको मन्तव्य, लक्ष्मणप्रसाद गौतमको रत्न-श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृट्रि्रक्षेप र लेखकीयमा आइसकेका छन् । लेखकीयमा प्रतिभाशाली साधकहरुलाई उपयुक्त किसिमले सम्मानित गर्नु पर्ने आवश्यकता हुन्छ, बहुपक्षीय प्रेरणदायी तत्वहरुमध्ये पुरस्कार तत्व पनि महत्वपर्ूण्ा भनिन्छ भन्ने लेखकले स्नाताकोत्तर परीक्षा उत्तर्ीण्ा गर्ने प्रयोजनमा तयार पारिएको शोधपत्रलाई औपचारिक ढाँचाबाट पर्ूण्ातया मुक्त गरी कृतिगत रुप प्रदान गरेको कुरा व्यक्त गरेका छन् । लेखकले नै शोधार्थीलाई उपयोगी हुने गरी अध्ययनमा गुठीका समग्र रुपलाई उल्लेख गरेको र संस्थाद्वारा पुरस्कृत कृतिहरुको विवेचना गरिएको कुराको उल्लेख गर्नुका साथै कृतिका सम्पर्ूण्ा सीमा र न्यूनताको पनि महसूस गरेको छन् ।
मैले भन्न खोजेका धेरै अंशहरु मिल्छन् लक्ष्मणप्रसाद गौतमको रत्न-श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृष्टिप्रक्षेपमा र सहमत पनि छु । उनको यस भूमिका आलेखमा यो अनुसन्धानले संस्थाको समग्र विश्लेषण र मूल्यांकन गर्न नसकेको र विशेष अनुसन्धानको तहमा मात्र संभव हुने कुरा बताएका छन् । संस्थाद्वारा पुरस्कृत कृतिहरुको परिच्छेद ४ मा विश्लेषण गरिएको कुरालाई उल्लेख गरी विवरणात्मक, सूचनात्मक र विवेचनात्मक भएको कुरा गौतमले एकातिर बताएका छन् भने अर्को तिर प्राविधिक र विश्लेषणात्मक पक्षमा कृतिले अपेक्षित वस्तुनिष्ठता प्राप्त गर्न बाँकी छ पनि भनेका छन् । फेरि आजसम्मको अर्थमा कृति पर्ूण्ा र अध्यावधिक छ पनि भनिएको छ ।
यसैगरी प्रा.डा. दयाराम श्रेष्ठले यस पुस्तकले संस्थाको बारेमा जानकारी दिनुका साथै यसमा संग्रहित सूचना सामग्रीहरुले नेपाली साहित्यको इतिहास लेखनका लागि अपरिहार्य सर्न्दर्भ कृति बनेको कुरा बताएका छन् ।
४. रत्न-श्रेष्ठ पुरस्कार गुठी र पुस्तकले उब्जाएका जिज्ञासाहरु
रत्न-श्रेष्ठ पुरस्कार गुठी २०३४ साल चैत्र ३ गते रत्न-श्रेष्ठ पुरस्कार संस्थानको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र संस्थाको २०५५ साल माघ २० को साधारण सभाले रत्न-श्रेष्ठ पुरस्कार गुठीको रुपमा परिवर्तन गर्ने निर्ण्र्ााअनुसार जिल्ला प्रशासन कार्यालयको २०५५ साल फागुन ३ गतेको निर्ण्र्ाााट गुठीको रुपमा स्वीकृत भएको छ । संस्थाले साहित्यकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०३४ सालसम्म धवलागिरी अंचललाई कार्यक्षेत्र बनाएकोमा २०४९ साल पश्चात् पश्चिमाञ्चल क्षेत्रलाई कार्यक्षेत्र विस्तार गर्नुका साथै स्वदेशी तथा विदेशी साधक वा संस्थालाई २ वर्षा एक पटक रत्न-श्रेष्ठ पुरस्कार सम्मान प्रदान गर्ने कार्य र प्रकाशन क्षेत्रमा दीप-अमृत -दीअ) प्रकाशनले आफ्नो कार्य थालनी गरेको छ । संस्थाको २०५९ मा बनेको ५ सदस्यीय प्रबन्ध समितिले नियमावलीको ६ वर्षकार्यकालको प्रावधान अनुसार हाल कार्य गरिरहेको छ । यस संस्थामा गुठीका प्रमुख संस्थापक प्रमुख संरक्षक र एकाघरका परिवारका सदस्यहरु यस संस्थामा संरक्षक सदस्य रहने र स्ांस्थापक संरक्षकले उत्तराधिकारवाला संरक्षक तोक्ने र १९ जनासम्म साधारण सभामा रहन सक्ने व्यवस्था नियमावलीले गरेको छ ।
व्यक्तिभित्र विचारहरु हुन्छन् सकारात्मक विचारहरुले योजना तर्जुमा गरी व्यवहारमा उतार्न सके मात्र आशातीत विकास हुन्छ । यिनै विचारले गर्दा संस्था जन्मन्छन्, संस्था भने पछि व्यक्ति हुन्छन् वा संस्था व्यक्तिसंग गाँसिएको हुन्छ । जाँ हेनरी डयुनाको विचारसंग रेडक्रस, अल्पmेड नोबेलको विचारसंग नोबेल पुरस्कार भए जस्तै प्रेम छोटाको विचारको मर्ूत रुप हो यो रत्न श्रेष्ठ पुरस्कार गुठी । यस पुस्तकले संस्थाको जन्मबारे प्रकाश पारेको छ । संस्थाको स्थापना साहित्यको विकासको अवधारणले भएको हो । आमाको संझनामा मन्दिर, बाटोघाटो, चौपारी आदि निर्माण गर्ने वा अन्य संस्थालाई रकम दिई सहयोग गर्ने वा खेलाडी वा पर्वतारोही आदिलाई पुरस्कृत गर्ने काम पनि त हुन सक्थे तर छोटा आफू साहित्य प्रति अभिरुचि राख्ने व्यक्ति भएको हुनाले यस पुरस्कार संस्थाको स्थापना गरे र उनका विचार अनुसार पुरस्कारमा मात्र सीमित नराखी अन्य क्रियाकलापहरु प्ानि संस्थाले संचालन गर्न थाल्यो र संस्थागत विकास हुँदै गयो । यसरी प्रेम छोटा साहित्य प्रति अभिरुचि राख्ने व्यक्ति भएकोलेनै आमाको संझनामा स्थापित संस्था मार्फ नेपाली वाङमयमा योगदान पुर्‍याउने अठोटका साथ लागेकोे पाइन्छ ।
साहित्यको सम्बन्ध जीवनसंग हुन्छ र कुनै पनि स्थानको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आदि वातावरणले जनजीवनमा प्रभावित पार्ने भएकोले साहित्यिक क्षेत्रबाट सम्बद्ध पक्षहरुमा साहित्यिक चेतना वा भावना भर्ने काम यस गुठीले गरेको छ र गर्नु पर्ने देखिन्छ ।
रत्न-श्रेष्ठ पुरस्कार गुठीको सम्बन्धमा लेखिएका लेख शोधपत्रहरुमा स्नातकोत्तर शोधपत्रमा गणेशप्रसाद शर्माको "नेपाली साहित्यमा बागलुङ जिल्लाको योगदान-२०५५", डिल्लीराम मिश्रको युवामञ्च-वर्ष१२, अंक ८) मा प्रकाशित लेख "बागलुङको रत्न-श्रेष्ठ पुरस्कार पुस्तकालय कहिले, कसले -"-२०५६ र समकालीन साप्ताहिक-वर्ष१ अंक २५)मा "बागलुङको बाङमयमा प्रेम छोटा"-२०५० र रत्न-श्रेष्ठ पुरस्कार संस्थानको बुलेटिनहरु-२०३६-२०३९ लेखकले फेेलापारेका रचनाहरु हुन् र यस सम्बन्धी शोधको आवश्यकता महसूस गरी यस गुठी सम्बन्धमा शोध कार्य गरेका छन् । लेखकको अनुसन्धानात्मक पाण्डुलिपिलाई जगत्-चन्द्र स्मृति सम्मान कोषले विद्वत् वृत्ति दिई दीअ प्रकाशनलेे प्रकाशन गरेकोले लेखक जगत-चन्द्र स्मृति सम्मान कोष बारे पनि सोध खोज गर्न मानसिक रुपमा तैयार हुनु पर्ने देखिन्छ र यसबारे पनि कलम चलाउनु हुनेछ भन्ने आशा पाठकहरुले गर्नु स्वभाविक छ ।
पुस्तकमा स्थापना कालका प्रबन्ध समितिका व्यक्तिहरु र हालको प्रबन्ध समितिकिा व्यक्तिहरुको नाम दिएकोले ३० वर्षो दौरानमा समितिमा के कति परिवर्तन भएको छ त्यसको साथै पुरस्कार प्रदान गर्ने प्रकृया, छनौट प्रकृया, समावेश भएका प्रतियोगीहरु कति जना र को को थिए र तिनका ग्रन्थहरु के के थिए सो सूची पनि भएको भए यस विषयको जिज्ञासा मेटिने थियो ।
न्ााटयसम्राट ब्ाालकृष्ण समको प्रतिमा स्थापनाको लागि बालकृष्ण सम प्रतिमा निर्माण समिति र कार्यालय प्रमुखहरु रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको ले सो निर्माण समिति र सल्लाहकार समितिको बनावट/नामावलीबारे पनि जान्ने जिज्ञासा पाठकको रहन्छ । यसैगरी इष्टिमेट र नक्सा पनि बनाईएको छ भनेकोले कहाँ कुन र्ठार्उमा स्थापना हुने हो सो पनि जिज्ञासा को विषय छ ।
व्यक्तिका विचार, भावना र योग्यताको साथै आर्थिक सम्पन्नताले व्यक्तित्वमा पार्ने प्रभाव जस्तै लेखकका विचार, भावना वा पठनीय सामग्रीका साथै भूमिका र यसको मूल्यले पनि पुस्तकको महत्व माथि प्रभाव पार्दछ । यही पुस्तकलाई निशुल्क वितरण गर्नु वा रु ५००। व्ाा बढी वा कम राख्नुले पनि पुस्तक सम्बन्धी प्रशस्त मनोवैज्ञानिक प्रभाव पार्दछ । उत्पादन लागत र दर्ुलभता मूल्य निर्धारणका आधार हुन सक्छन् । दीअ प्रकाशनले यस संस्करणमा कति प्रति प्रकाशन गरेको छ यो पनि जिज्ञासा रहेको छ । धेरै प्रति छापिनु र कम मूल्यबाट बढी पाठक समक्ष पुर्‍याउनुले पनि महत्वपर्ूण्ा प्रभाव पार्दछ ।
संस्था दर्ता हुँदाको विधान, पुरस्कार प्रकृयाको सर्न्दर्भमा विभिन्न वर्षा निरुपक मण्डल र संलग्न विद्वानहरु, विभिन्न उपसमितिहरु, व्यक्तिको संलग्नता, सस्थाको कर्मचारी संगठन, संस्थाको वाषिर्क वा आवधिक कार्ययोजना, प्रयुक्त विभिन्न फारामहरु, आर्थिक प्रगति, लेखापरीक्षण प्रतिवेदनहरु वा यिनको सार।ंश, विश्लेषण, कोष रहेको बैंक, खाता संचालन र रकम परिचालत आदिबारे पनि संस्थाको विषयमा जिज्ञासा उठ्नु स्वाभाविक छ ।
कवि, लेखकहरुले पुस्तक प्रकाशन गरेका हुन सक्छन् तर प्रतियोगीको रुपमा आफूलाई उभ्याउन नचाहने वा प्रतियोगितामा समयमा निवेदन सहित कृति पेश गर्न नसक्ने अवस्था पनि हुन सक्छ । यस्तो अवस्थामा प्रकाशित कृतिहरुको जानकारीको आधारमा प्रतियोगितामा समावेश गरी लेखकलाई जानकारी दिने वा संभव भएसम्म लेखकको स्वीकृति लिई समावेश गर्ने परिपाटीको विकास भएमा अझ राम्रो हुने देखिन्छ । लेखक, कविहरुले पुरस्कारको आशाले लेखेका हुँदैनन् र कहाँ कता कता पेश गर्नु पर्ने ध्यान नपुग्न सक्छ । गुठीले आफै एउटा सूचना केन्द्रको रुपमा काम गरेको छ र नेपाली वाङमयको अन्तर्रर्ााट्रय, राष्ट्रिय र अझ विशेषगरी पश्चिमाञ्चल क्षेत्रको सूचनाहरु राख्न सक्षम हुनु जरुरी देखिन्छ ।
यसबाहेक महिला, दलित र सुविधाक हिसाबले पछाडिपरेका भौगोलिक क्षेत्रका साहित्यकारहरुलाई पनि कसरी साहित्यिक अभिचेतना र प्रेरणा भर्न सकिन्छ त्यस तर्फपनि यस गुठीको ध्यान जानु जरुरी देखिन्छ । यस्तै वन, पाखा, मेलापात आदिमा अलिखित रुपमा तर सुमधुर रुपमा गुन्जिने लोक साहित्य वा जीवनका तीता मीठा अनुभवका गीतहरुलाई सीमित मात्रामा रेडियो आदिले समेटे पनि जनस्तरमा पुगी हराएर जाने गुन्जनलाई कसरी लिपिबद्ध गरी लोक साहित्यको विकास गर्न सकिन्छ यो पनि गुठीको थप क्रियाकलापको रुपमा आउन सक्छ ।
राष्ट्रियस्तरमा पहिचान प्राप्त गरिसकेको यस गुठीले अन्य अंचल वा जिल्लामा सर्ंपर्क व्यक्ति वा सूचना सञ्जालको विकास गरी नेपाली वाङमयमा थप योगदान पुर्‍याउन सक्ने भएकोले सो सम्बन्धी कार्ययोजना तय गर्न पनि लाग्नु पर्ने देखिन्छ ।
५. पुस्तकमा अनुसन्धान विधि ंंंंर प्रस्तुतीकरणका पक्षबारे
शोधकर्ताले द्वितीयक श्रोतहर स्ंांस्थाका प्रकाशित तथा अप्रकाशित पुस्तक, पत्रिका, खाता तथा अभिलेखहरुबाट संस्था तथा प्रलेखीय तथ्य तथा जानकारी बढी अंशमा लिएका छन् र साक्षात्कार, अवलोकन आदि कम मात्रामा छन् र कृतिपरक विश्लेषणमा भने बढी अंशमा प्राथमिक श्रोत वा स्वअध्ययन, अनुभव र अनुभूतिलाई लिपिबद्ध गरेका छन् । यसरी अध्ययनको सिलसिलामा प्राप्त तथ्यांकलाई वर्गीकरण गर्ने गणीतीय औजार वा आधार सिर्जनामा बढी समय नदिएको आभास विश्लेषण र सामान्यीकरण वा नतीजा र निष्कर्षे देखाएका छन् ।
शोधकर्ताको शोधको विषय सम्बन्धी पाठकले के कुरा सोध्लान् भनी आफै पाठक भएर आफूलाई जे जति प्रश्न गर्नु पथ्र्यो त्यति बढी प्रश्न आफूलाई नराखेको देखिन्छ । अध्ययनलाई एउटा दायरा भित्र नियन्त्रित गर्नु लेखकको बाध्यता पनि हुन सक्छ र उद्देश्य प्राप्तीका लागि यो आवश्यक पनि छ । यसबारे केही कुरा लेखकीयमा भनी सकेका छन् । वस्तुगत तथ्य माथि अडकल वा अन्दाजको भर हुँदैन, यो सबैलाई मान्य हुन्छ तर वैचारिक वा विषयगत वा व्यक्तिपरक भावधाराहरुमा अन्दाज वा अडकलबाजी लगाउन मिल्छ । सो अन्दाज लेखक वा कर्तालाई मान्य वा अमान्य दुबै हुन सक्छ । त्यसैले कृति विश्लेषण दोश्रो कोटीको भएकोले यस्तो विश्लेषण व्यक्तिपरक हुनु स्वाभाविक र्ठहर्छ ।
अध्ययनमा आंशिक रुपमा सकारात्मक खोजीकोे अवधारणा अवलम्बन गरिएको छ । सकारात्मक रुपमा सोध खोज गरी प्राप्त जानकारीहरुलाई प्रस्तुत गरिएको छ । तर यसमा सँस्थालाई कुन बाटो कसरी जाने भन्ने शोधकर्ताको थप स्पष्ट सुझाव र सल्लाह राखेको भए सरोकारवालालाई थप वैकल्पिक दिशा निर्देश प्राप्त हुने अपेक्षा पूरा हुने थियो । यसमा थप खोजका विषयहरु भने राखिएको छ ।
अनुसन्धान कार्यमा सहभागितात्मक पद्दति अप्नाइएको छ । संस्था सम्बन्धी विभिन्न जानकारी बटुल्न संंस्थासंग सम्बन्धित व्यक्ति वा पक्षसंग विचार आदान प्रदान, अनौपचारिक छलफल भएको बुझिन्छ । पुस्तक अध्ययनबाट संरचनात्मक प्रश्नावलीको प्रयोग नभएको भेटिएतापनि अनौपचारिक र असंगठनात्मक प्रश्नहरु सहित अन्तर्वार्ता र छलफल भएको बुझिन्छ ।
शोधकर्तालाई अध्ययनको लागि गतिविधि संचालन भएका कुनै अगम्य ठाउँमा पुग्न नपरेको र केही साधन श्रोतहरु जस्तै व्यक्ति तथा अध्ययन सामग्रीहरु संस्था र निकटवर्ती क्षेत्रहरुमा प्राप्त हुनुका साथै देशमा विद्यमान तात्कालीन द्वन्द्वको न्यून प्रभाव रहे पनि त्यति असहज वातावरण देखिन्न । अन्य श्रोतहरुमा समय र आर्थिक पक्ष मात्रै असहज बनाउने लेखकका अर्न्तर्द्वन्द्वका पक्षहरु हुनसक्ने मात्र अडकल काट्न सकिन्छ । त्यस्तै कृति विश्लेषणमा धेरै कृतिहरु भएको भए पुस्तक धेरै ठूलो हुनेथियो र समय पनि बढी लाग्ने थियो । थुप्रै कृतिहरु भएको भए लेखकले अध्ययनमा समेटिने पक्षहरुमा वैकल्पिक उपायहरु ख्ोेज्नु पर्ने अडकलबाजी गर्न सकिन्छ ।
यो अनुसन्धानात्मक अध्ययन हो र कुनै पनि अनुसन्धानबाट केही न केही नतीजा प्राप्त हुन्छ त्यही नतीजा वा प्रतिफल हो यो कृति । विश्लेषण कुनै पनि ठाउँमा हुन सक्छ । यसको एउटा सानो उदाहरण लक्ष्मणप्रसाद गौतमले दिनु भएको छ कि पुरस्कृत कृतिहरुमा कति समालोचना, कति काव्य कविता, कति निबन्ध, उपन्यास र कति साहित्येतर आदि छन् जुन कि पृष्ठ २३ मा लेखकले नामावली विवरण तालिका मात्र दिनु भएको छ । त्यसैले विश्लेषण परिच्छेद ४ मा मात्र होइन सबै परिच्छेदमा कुनै न कुनै अंशमा हुन सक्छ र गर्न सकिन्छ । यसैगरी त्यही तलिकाबाट जिल्ल्ााको हिसाबले, अंचलको हिसाबले, व्यक्तिको शैक्षिक पृष्ठभूमिका हिसाबले, जातीय हिसाबले आदि तुलनात्मक र विश्लेषणात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ । यस्ता सबै विश्लेषण र तुलनाात्म्ाक अध्ययन लेखकले यस पुस्तकमा नगरे पनि पाठकले आफूले चाहिएको तथ्यलाई तुलना वा विश्लेषण गर्न सक्छन् ।
विश्लेषणकै सर्न्दर्भमा पृष्ठ ५ मा साहित्यिक पत्रिकाहरुको जुन विवरणात्मक सूची छ यसमा सामयिक संगालो, मुखपत्र, स्मारिका, समाचार प्रधान, विचार प्रधान वा अवधिका हिसाबले मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवाषिर्क, वाषिर्क आदि के हुन् विश्लेषण गरी राख्न सकिन्छ । यो सूची तयार पार्दा केही स्तम्भ थप्न सकिन्छ । यिनमा पनि हस्तलिखित र मुद्रित कुन कुन हुन् हर्ेन सकिन्छ । यसै गरी प्रकाशन वर्षा हिसाबले प्रत्येक पाँच वर्षवा दशकका हिसाबले कसरी संख्या बृद्धि भएको छ हर्ेन सकिन्छ ।
जो कोहीले पनि नेपाली वाङ्मयमा रत्न-श्रेष्ठ पुस्कार गुठी पुस्तकको नामबाटै संस्थाको संगठनात्मक पक्ष, व्यवस्थापन प्ाक्ष, गतिविधि पक्ष र संस्थाले पारेका प्रभावहरु -साहित्यिक क्षेत्रको साथै अन्य आर्थिक, सामाजिक, मानवीय/भावनात्मक, राजनैतिक, सम्बन्ध विस्तार आदि आदि) के के छन् सो बारे पनि धेर-थोर जानकारी पाउने आशा राखेको हुन्छ पाठकले । यी सबै पक्ष संस्थाको विश्लेषण भित्रै पर्दछन् । अझ संस्थाको विश्लेषण संस्थाको विकासक्रममा के कस्ता सबल पक्षहरु छन्, संस्थाको विकासको लागि के कस्ता कमजोरीहरु हटाउनु आवश्यक छ र भविष्यमा थप संभावित क्रियाकलापहरु क्े के हुन सक्छन्, के कस्ता समस्या वा बाधाहरु छन्, संस्थाभित्रका निर्ण्र्ाारु, तिनको कार्यान्वयन, संस्थाको सहभागिता वा साथै नीति नियमहरुमा सरकारी नीति नियमहरु के कति अनुकूलित छन् आदिको विश्लेषण गरी अध्ययनले खास खास कुराहरुको सिफारिस गर्नु पनि महत्वपर्ूण्ा पक्ष हुन आउँछ ।
लेखकले पृष्ठ २१ म्ाा नेपाली साहित्यको सीमाबाट नेपाली बाङमयमा विस्तारमा नेपाली भाषामा लेखिएका सबै विषय र विधाका उत्कृष्ठ ग्रन्थका साधकहरुलाई पुरस्कृत गर्ने भनी उल्लेख गर्नु भएको छ । यसले नेपाली भाषामा लेखिएका जुनसुकै विषयको ग्रन्थलाई बुझाउँछ । साहित्यमा सबै विषयसंग सम्बन्धित कुराहरु आउन पनि सक्छन् । नेपाली भाषामा लेखिएको गणितमा २ जनाको दर्ुइ दर्ुइ रुपैंया जोड्दा चार हुन्छ तर दर्ुइ जनाका दर्ुइ दर्ुइ विचारहरु जोड्दा साहित्यमा दर्ुइ, तीन, चार वा पाँच हुन सक्छ । त्यो हो दुबैका विचार मिल्न सक्छन् वा दोहोरिएका हुन्छन् वा ती विचारहरुबाट नयाँ विचारको सूत्रपात हुन सक्छ । हिसाबका परिकल्पना प्रमाणित हुन्छन् वा तिनको कुनै उत्तर आउँछ, साहित्यका परिकल्पनाहरु प््रामाणित नहुन पनि सक्छन्, परिकल्पनामै रहन सक्छन्, प्रतीकको रुपमा, भावात्मक रुपमा वा छाँया वा बिम्बको रुपमा रहन सक्छन् । त्यसैले नेपाली साहित्य भन्नाले अन्य भाषा अंग्रेजी, मैथिली, फ्रेन्च आदि भाषाको बुझिदैन तर नेपाली भाषामा भौगोलिक साहित्य, आर्थिक सहित्य, गणितीय साहित्य, राजनीतिक साहित्य, आयर्ुर्वेदीय वा औेषधीय सहित्य, ऐतिहासिक साहित्य, वैज्ञानिक साहित्य आदि आदि हुन सक्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ । त्यस्तै पेशा वा पढाइको विषयको हिसाबले राजनीतिज्ञहरु, भूगोलविदहरु, अर्थशास्त्रीहरु, चिकित्सकहरु, इतिहासविदहरु, मानवशास्त्रीहरु, समाजशास्त्रीहरु आदि आफ्नो विषय र अनुभवबाट विषय सम्बन्धी ग्रन्थका साथै साहित्य सिर्जना पनि गर्न सक्छन् ।
साहित्य मनोरञ्जनको लागि मात्र नभएर जीवन यापनको लागि आवश्यक ज्ञान, सीप र धारणाको विकास गरी सक्षम जनशक्ति तयार गर्नका लागि हो । मेडिकल डाक्टर र रोगी बीचका कुराकानी, अवस्था र अनुभवलार्इर्र्डाक्टरले साहित्य सिर्जनामा लगाउन सके, व्यापारी र ग्राहकबीचका कुराकानी र अनुभवलाई व्यापारीले साहित्य सिर्जनामा लगाउन सके, यस्तै यस्तै ड्राइभर, यात्रु र खलासी बीचका वार्ता र अनुभवलाई आलेख तयार गर्न सके वास्तविक अवस्था र अनुभवको बोध हुन जान्छ ।
पुस्तकमा अध्ययनको सापेक्षता सम्बन्धी पनि प्रसंग आएको छ । वास्तवमा अध्ययन गरिएको समय, साल, महिना, गते, मौसम आदिको साथै त्यतिबेलाको आर्थिक, सामाजिक, राजनैतिक परिस्थिति र वातावरण, उपलब्ध श्रोत साधन, अध्ययन कर्ता र गरिएका प्रयासहरुको प्रशस्त प्रभाव रहन्छ कुनै पनि अध्ययन वा अनुसन्धानमा ।
प्रस्तुतीकरणमा सुधारका विषयहरु
यस्ता पुस्तकहरुको अध्ययन गरेर यसबारे लेख्ने कुरा व्यक्तिपरक हुन्छ । एक व्यक्तिका कुरा सबैलाई सबै अंशमा मान्य हुन्छ भन्न सकिंदैन तापनि यस पुस्तकमा पुरस्कृत व्यक्तित्व विवरणलाई रत्नकुमारी श्रेष्ठ र प्रेम छोटाको संक्षिप्त परिचय पछि दिएको भए, उपसंहारमा दिइएको हालसम्मका पुरस्कृत कृतिहरुको तालिकामा पेज २३ मा भएकोले यसमा नभएको भए, अन्य सम्मान, कदरपत्रका नमूनाहरु, पुरस्कृत व्यक्तिका एकल फोटोहरु परिशिष्टमा दिएको भए, नेपालको नक्सा र यसमा पश्चिमाञ्चल विकास क्षेत्रलाई यसको कार्यक्षेत्र देखाईदिएको भए, शब्द परिभाषा सूची पनि समावेश गरेको भए, दीप-अमृत प्रकाशनको दीअ प्रकाशन भए जस्तै ग्रन्थमा प्रयुक्त अन्य शब्दहरुलाई पनि शब्द संक्षेपीकरण गरी चलन चल्तीमा ल्याउन र बोली चालीको भाषामा छिटो छरितो गराउनका लागि शब्द संक्षेपीकरण सूची -कितावमा प्रयुक्त शब्द सूची जस्तै जि.प्र.का., वि.संं, गा.वि.स., कि.मी., दीअ आदि) दिएको भए र ग्रन्थकारले अध्ययनको आधारमा भिन्नै शर्ीष्ाकमा सिफारिस तथा सुझावहरु राखेको भए अझराम्रो हुने थियो भन्ने मलाई लाग्छ । किनकि यो पुस्तक नेपालीको लागि मात्र नभइ नेपाली जान्ने कुनै पनि मुलुकको व्यक्तिलाई काम लाग्छ र अरु भाषामा अनुवाद गरी भएका सामग्रीबाटै प्रकाशन गर्दा पनि काम लाग्दछन् ।
"कवि, लेखक, साहित्कार, अन्वेषक एवंं विद्वानवर्गको अपेक्षित मार्गदर्शन र सहयोग विना राष्ट्र लंगडो हुने हँुदा" भन्ने कुरा धेरै चोटि दोहोरिएको छ । लेखकीयमा, पेज १९, ५७ र ६४ मा त्यही कुरा छ । पेज ९मा भने त्यही कुरालाई फरक किसिमले लेखिएको छ । दोहोरिएको कुराले पाठकलाई वाक्क लाग्ने बनाउँछ त्यसैले फरक भाषा पारेमा वाक्क नलाग्न सक्छ । त्यस्तै पुस्तका कतै शब्द संयोजन हुनु पर्ने वा अंशचिन्ह -हाइफेन) प्रयोग हुनु पर्नेमा नभएका र पेज ६७ मा त्रिफला शब्द बढी प्रयाग भएको अन्दाज गरेको छु । पुस्तकका नयाँ संस्करणका दिन पनि आउने छन् र अझ परिष्कृत र परिमार्जन पनि हुनेछ ।
अन्यमा पुग्नु अघि केही थप कुरा पनि राख्न चाहन्छु, त्यो के भने यस अध्ययनले रत्न-श्रेष्ठ पुरस्कार गुठीलाई सिंगो रुपमा चिनाउने काम गरेकोले गुठीको लागि यो कृति महत्वपर्ूण्ा अभिलेखको रुपमा प्रस्तुत भएको छ । यस किताबमा प्रयुक्त वाक्य तथा वाक्यांशहरु कतिपय ठाउँमा सटीक र ओजपर्ूण्ा र निर्देशात्मक पनि छन् । जस्तै -पुरस्कारको रकमको आधिक्य भन्दा त्यसको स्थापनाको पृष्ठभूमि र वितरण प्रकृयाको स्तरीयता मननीय पक्ष हुन्छ ।
गुठी र यसले गर्ने क्रियाकलापहरुले गर्दा गुठीलाई ६ जना अन्धाले हात्तीलाई फरक फरक किसिमको बुझाइ वा अनुभव भएकाहरुका लागि यस कृतिले अन्धाहरुको संयुक्त मिलान स्वरुपको सिंगो हात्तीको रुपमा पुरस्कार गुठीलाई चिनाएको छ । यस पुस्तकमा प्रयोग भएको भाषा बोधगम्य छ, सरल छ । कठिन र बढी साहित्यिक शब्दले मात्रै पुस्तकको स्तरियता हुँदैन । विचार र भावनाहरु महत्वपर्ूण्ा हन्छन् र जति धेरै जनाले बुझने भाषाको प्रयोग हुन्छ त्यति पुूस्तकको लोकप्रियता बढ्छ ।
अनुसन्धानकर्ताले आफ्नो अध्ययनको पक्ष पूरा गर्ने वा औपचारिकता निभाउने मात्र सोच नलिइ संस्था प्रतिको आफ्नो जिम्मेवारी र दायित्वलाई पनि बिर्सर्ेे छैनन् । आफ्नो अनुसन्धान संस्थाको लागि पनि विशेष महत्व राख्ने अभिलेखको रुपमा तयार होस् भन्ने सोचले यस कार्यमा आत्मसात् गरेको पाइन्छ ।
यस अध्ययनले लेखकको सिर्जनात्मकतालाई देखाएको छ । कृतिहरुको विश्लेषणमा पनि लेखकले आफ्नो यो पक्षमा विकास भएको महसूस हुनुका साथै आफ्नो सिर्जनात्मक शक्तिको प्रयोग बारे आत्म सन्तोष भएको हुनु पर्छ । यसबाट लेखक अनुसन्धान्ाात्मक कार्यमा खट्न सक्ने देखिन्छन् र भविष्यमा यसबाट आत्मोन्नति गर्न सक्ने पनि देखिन्छ ।
अन्त्यमा
यस पुस्तकले पुरस्कार गुठी सम्बन्धी समग्रकुराहरुलाई जानकारी गराउनुको साथै नेपाली बाङमय महलमा एउटा महत्वपूण र आवश्यकीर्इर् इटा थपेकोले लेखकलाई धन्यवाद दिदैं साहित्य सिर्जनामा निरन्तर लागिरहने प्रेरणा जागोस् भन्ने शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।

यो हो नेपाल बार एशोसिएशन

डा. प्रेम शर्मा
मान्छेले मान्छे भै जीउन,
अन्याय, अत्याचार हटाउन,
कस्तो कानून चाहिन्छ हामीलाई -
चेतना भर्नलाई ज्ञानको,
विकास गर्नलाई सीपका,े
न्यायमर्ूर्ति मान्छेलाई बनाउन,
न्यायले यो धर्ती सजाउन,
यो हो नेपाल बार एशोसिएशन ।
अशक्तलाई पारेर शक्त,
खोजेर हक र हित,
कस्तो बाटो चाहिन्छ हामीलाई -
बालेर न्यायको मसाल,
पोलेर जाल र झेल,
मान्छेले मान्छेको युग ल्याउन,
न्यायको यो संसार बनाउन,
यो हो नेपाल बार एशोसिएशन ।
गाँसेर विश्वमा सञ्जाल,
जीव र जगत्को देखभाल,
कस्तो कानून चाहिन्छ सबै प्राणीलाई -
खोजेर वैज्ञानिक तथ्य,
बुझेर मनको पथ्य,
वैरभाव न्यायले मेटन,
मान्छेले मान्छे भै देखन,
यो हो नेपाल बार एशोसिएशन ।

स्रि्राको Sidrako पसलपसल

डा. प्रेम शर्मा
नजीकै एफएम स्टेशनबाट
फर्माइसी गीतहरु बज्दै थिए,
पंखा लाएर सोफामा बसी
एफएम घन्काएर
फर्माइस गर्नेहरुका लागि ।
नजीकै एउटी महिला र बालक
बेलुकाको छाकका लागि
टुक टुक कुटिरहेका थिए साह्रा गिटीहरु ।
श्ाायद थिए उनका पनि गीतहरु,
श्ायद थिए उनका पनि कथाहरु,
होलान् उनका पनि सपनाहरु,
न उनीहरुले एफएम सुने,
न एफएमबाट बाहिर माइक फर्काइयो,
न रर्ेकर्ड गरियो उनीहरुको आवाज,
प्रचार छ त उही संविधान सभाको,
समाचार छ त उही संविधान सभाकै,
मान्छे पिटिए र मारिए भन्ने ।
कहिले कस्ले बुझाएर बुझने होर्
मर्म यो संविधान सभाको ।
टिभी पनि अर्काको कोठामै छ ।
पार्टर्ीी झण्डावाल गाडीहरु
भन्छन् भोट दिनोस् मात्रै
मात्तिइरहेछन् पेन्सन बुझेकाहरु ब्ाजारमा
बूढी तल्लीन छन्
बूढालाई फर्काउन घर ।
कसैलाई मीठो, कसैलाई नमीठो
थुप्रोको स्रि्राको गन्ध जस्तै
मलाई नमीठो लागिरहेछ
भावनाहरुलाई संगठित गर्न सकेको छैन
चेतना अभिबृद्धिको कार्यक्रम पनि
लागू नहुने आशंकामा छु ।
गाउँ विकासको अवधारणाले
पेन्सन खोज्दैछ ।
बेरोजगारहरुको दिमागमा
म पेन्सनपट्टा छापिरहेछु ।
लोभी नजरहरुलाई
स्रि्राको पसलमा लोभ्याईरहेकोछु ।

जीविकाको लागि

मेरो गाउँने राम्रो गला थियो
तर जीविकाको लागि
डिस्को नाच नाच्नु परिरहेछ ।
चाहना थियो जीवनभर विद्यार्थी बन्ने
तर जीविकाको लागि शिक्षक बन्दैछु ।
श्रोता बन्ने मन थियो तापनि
जीविकाको लागि प्रवक्ता बनेको छु ।
बेरोजगार हुँदा आराम गर्ने रहर भएर पनि
कुदिरहेछु कामको खोजीमा जीविकाको लागि ।
साहित्यको विद्यार्थी हुने रहर हुँदा हुँदै पनि
ग्ाणित पर्ढाईरहेछु जीविकाको लागि ।
आफ्नै जिन्दगीको हिसाब किताबको व्यस्तताले
भोका नांगाको हिसाब बिर्सिरहेको छु ।
मलाई नेपाल पढ्ने रहर थियो
जीविकाको लागि भारत र अमेरिका पढ्दै छु ।
मलाई इतिहास बुझ्ने रहर थियो
जीविकाको लागि भूगोलमा कुदिरहेछु ।
प्रशिक्षार्थी बन्ने चाहना हुँदा हुँदै
जीविकाको लागि प्रशिक्षक बनिरहेछु ।
मान्ेछे पूजा गर्ने रहर हुँदा हुँदै
जीविकाको लागि हतियार पूजेको छु,
र लडिरहेको छु जीविकाकै लािगि ।
मलाई आफैलाई बुझ्ने रहर हुँदा हुँदै
जीविकाको लागि त्रि्रो मनोविज्ञान पढिरहेको छु ।

सिर्जना गर्नु पर्छ अवसरको

भ्ोाकको कुनै सीमा हुँदैन ।
गरीबीको कुनै सीमा हुँदैन ।
न भोक र गरीबीको कुनै धर्म तथा संस्कृति हुन्छ ।
गरीबी र भोकको कुनै युग हुँदैन ।
गरीबीको कुनै क्षेत्र वा भूगोल हुँदैन ।
भोक र गरीबीको आस्था र विश्वास हुँदैन ।
न त भोक र गरीबीको भूत, भविष्य र वर्तमान हुन्छ ।
भोक र गरीबीको न नाता सम्बन्ध हुन्छ ।
भोक र गरीबीको रुप र रंग पनि हुँदैन ।
न भोक र गरीबीको आकार र प्रकार नै हुन्छ ।
भोक र गरीबीको कुनै अवसर हुँदैन ।
भोक र गरीबीको न दिन र रात हुन्छ ।
हुन्छन् यी माथिका सबै त-
भोका र गरीबका मात्र ।
मान्छे मान्छेमा मात्र ।
त्यसैले गरीबलाई -
चाहिन्छ अवसर गरीबी घटाउन ।
भोकालाई चाहिन्छ अवसर भोक घटाउन ।
भोका र गरीब मान्छेहरु हुन् ।
त्यसैले अवसर चाहिन्छ मान्छेलाई ।
अवसर चिठ्ठा होइन राज्यले खेलाउने ।
साटेर र दिईएर पाईने होइन अवसर ।
न त कमण्डलु वा थाल थापेर पाईन्छ अवसर ।
अवसर नत भाग्य हो ज्योतिषीले भनेर पाईने ।
न त यो संभावना र मौका हो ।
यो त मान्छेको सिर्जना हो ।
अवसर त मान्छेको प्रयास हो ।
यो त मान्छेलेे भोक र गरीबीबाट पाउने मुक्ति हो ।
त्यसैले भोका र गरीबहरु -
भ्ाोक र गरीबी हटाउने,
अवसर सिर्जनाका लागि,
आफ्नै राज्य सिर्जना गर्नु पर्छ ।
सिर्जना गर्नु पर्छ अवसरको ।

आँखा भित्रको धौलागिरी र मन भित्रको बागलुङ

डा. प्रेम शर्मा
प्रकृतिको आँचल पर सारेर
निर्भिक, निश्चल र आकाश भित्रै खुला-
आञ्चलिक प्रतिनिधित्वको प्रतीक बनेर
क्षितिजको नतांश मिलाउँदै, मिलाउँदै
दृष्टिपात गरिरहेझैं लाग्छ,
आँखाभित्रको धौलागिरीले
यो मनभित्रको बागलुङलाई ।
उत्सव बोकेकेा दोश्रो आन्दोलनले
छाप्रोलाई बारबेर गरेको -
संविधानको पुरानो पर्दालाई च्यातेर
ब्ारुद र बन्दुकलाई थन्काई
म्ाया र स्नेहले आन्दोलित मुटुलाई छाम्दै
मुटुका धनकन भित्र बागलुङ बोकेर
प्रकृतिको वसन्तसंगै
मानवीय वसन्त वहार ल्याउन
नयाँ नेपाल हर्ेर्ने परिपक्वताको चस्मा लाएर
वसन्त पञ्चमी पछिको स्वच्छ बिहानीमा
एक भल्कोमा देखिने-
सगरमाथाको उचाई भन्दा
ग्ाहनतम विश्वास र आस्थाले थिचिएको
सुनौला किरणमा पोतिएर
एउटा संरक्षकको रुपमा उभिएको
आँखा भित्रको धौलागिरी ।
तातिएको नेपालको मौसमभित्रै
हाँसो र रोदन मिश्रति आँशु बोकी
प्रवाहित कालीका छालहरुले सीमा कोर्दै
स्पन्दन भरिरहेछ मुटु जस्तै यो
मन भित्रको बागलुङ ।
रित्तिएका भण्डारभित्र
आशा र धर्ैयताका अन्न भरेर,
आधा डाडु खाने बेला आए पनि
विश्वासका गासले अघाएर
यो युगकै हिमपात भित्र पनि
मन भित्रको न्यानो बागलुङमा
आँखा भित्र फक्रिंदो सरोरुह बोकेर
तर्राईको आगनको झगडा
पर्राईको नभए पनि -
आफ्नो आँगन र तगारोमा
उल्लासका लालुपाते तोरण टाँगेर
पुन्टे र भुन्टीको तिहारको रहर जस्तै
उत्सव बोकेकेा रम्य बागलुङले
खोजिरहेछ अझै नयाँ उत्सवको बिहानी ।
मन्दिरभित्र अछूत देवीहरुको सम्मानका लागि
कालिका र मालिकाका अन्तर्निहित प्रतिभा ओर्सार्न
भावनाका लीगमा एकताको रेल कुदाउन
अतीतका पाठलाई वर्तमानमा परिष्कृत गरी
भविष्यका योजनालाई समावेश गराउँदै,
चेतना र अभिव्यक्तिका गोरेटाहरु खन्दै,
नयाँ आयामकार् इटाले, पौरखी हात चलाएर
मानवीय महलको शिलान्यास गर्न
मनका अव्यक्त घुम्ती भित्रको घुम्टो उघारी
घुम्टे भएर उभिई अभिव्यक्त हुन चाहने,
बुकी भित्रका वुटीहरुको
विश्वव्यापारको र्सवाधिकार चाहने,
आफ्नै कला र संस्कृतिलाई
दर्ुगम कुनाबाट विश्वमा पहिचान दिन,
आत्मसम्मान र अधिकारका लागि
सामीप्यता बर्ढाईरहेछन्
आँखा भित्रको धौलागिरी र
मन भित्रको बागलुङ ।
-बागलुङ महोत्सवको अवसरमा आयोजित
काव्य गोष्ठीमा वाचन गरेको -२०६३ चैत्र १४)