Friday, April 2, 2010

'कुहिरोभित्र श्वेतवान्कीमा सन्तु श्रेष्ठ'

डा.प्रेमशर्मा
कुहिरोभित्र श्वेतबान्की कविता संग्रह करीव १ वर्षअगाडि र्ससती पढेको थिए" । सन्तु दिदीलाई सामान्य रुपमा चिनेको थिए", तर मन भित्र पसेको थिइन । कविता संग्रहका अनुभुतिहरु नै सन्तु दिदीको मनभित्र पस्ने माघ्यमहरु बने । कति नदेखेका अपरिचत व्यक्तिहरुलाई पनि लेखेको वा बोलेकोे कुराहरुवाट व्यक्तिको मनोभावलाई चिन्न वा बुझन सकिन्छ । परिचितस"ग दोहोरो संचार पनि हुन्छ र व्यक्तिभित्र पस्न अझ सजिलो हुन्छ भने अपरिचितहरुका पनि बोली बचन र सिर्जित रचनाहरुबाट चिन्न सकिन्छ । मैले सन्तुु दिदीलाई माथिका सबै माघ्यमबाट चिनेको छु ।
प्रसङ्गवश उहा"को "कुहिरोभित्र श्वेतबान्की" बारे केही टिप्पणी लेख्ने वाचा गरेपछि फेरि दोहोर्‍याएर पढे" । कुनैपनि वस्तुमाथिको विहंङ्गम दृष्टिबाट उत्पन्न अनुभूति र अवलोकन वा विश्लेषणबाट बस्ने अवधारणा फरक हुन्छ । शब्द र भावको गाम्भर्ीय हर्ेनलाई दोस्रो पक्ष अनिवार्य छ । नेपाली भाषा र साहित्यको विषेश अघ्ययन नभए पनि यसप्रति आफ्नो अभिरुचि रहेकोले समय र कृतिको प्राप्यताको आधारमा मैले पढने गरेको छु । आफूलाई तरकारीमा नून अडकल्ने खूबी नभए पनि चर्को वा बिल्नो के भयो थाहा पाउन सकिन्छ । त्यस्तै दिदीको कृतिको विशेष विश्लेषण भन्दा पनि कविता भित्रकी कवयित्री सन्तु दिदी र सन्तु दिदीभित्रको कवित्वमाथि मैले देखेका कुराहरुलाई संक्षेपमा प्रस्तुत गर्दैछु ।
सिर्जनशील सन्तु दिदी आजको मितिमा करिब ५८ वर्ष११ महिना पुग्नु भएको छ । उहा"का कविताहरुमा रचनाकाल पनि उल्लेख गरिएकोले कविताको आयुु पत्ता लगाउन सजिलो भयो । प्रकृतिले हाम्रो भौतिक शरीरलाई नाश गरेपनि यी विचार र भावनाहरु युगौंयुग रहनेछन् । अवश्यपनि यी अनुभवहरु कालजयी छन् । जीवहरु वातावरण अनुकूलित हुन्छन् र वातावरण अनुसारका भावना उब्जाउछन् वा यस्तै कल्पना वा सपनाहरु हुन्छन्, जुनकुनै पनि दिन साकार रुप लिन सक्छन् वा साकार चित्रण कुनै दिन कल्पनातीत अभिव्यञ्जना पनि बन्न सक्छन् । यस संग्रहमा परेको जेठो कविता २०२४ साल भाद्र १२ गतेको भएकोले आजको मितिमा ४० वर्ष४ महिना २० दिन पुगेको छ भने कान्छो कविता ११ वर्ष१० महिना ८ दिन पुगेको छ । कविता संग्रहभित्र करिव १८ वर्ष६ महिना अवधिभित्रका कविताहरु छन् भने सन्तु दिदीपनि पहिलो कविता अजमाउ"दा करीब १८ वर्ष६ महिनाको हुनुहुन्थ्यो । हुनत समयक्रमको उमेर र मानसिक उमेर वा आयु फरक हुन्छ । कम उमेरका व्यक्तिको मानसिक उमेर बढी हुन सक्छ र बढी उमेरका व्यक्तिहरुको मानसिक आयु कम पनि हुन सक्छ । यी सबै कुरा हाम्रो संगत, अध्ययन, विचारधारा, बाह्य परिवेश वा वातावरण, भौतिक साधनको उपलब्धता र प्रयोग र शारीरिक विकास आदिले पनि प्रभाव पार्दछ । जेहोस्, कुरकुरे बैसले छोएको बेला सन्तु दिदीले "उपासनामा दैनिक कार्यबाट मुक्त भई उही मनोभावना र कामना दूर गरी, न्रि्रा देवीको मृदुल काखमा" आल्हादित भएर र्स्वर्ग चिहाउनुहुन्छ, स्वणिर्म भविष्यको कल्पना गर्नु हुन्छ र प्रकृतिको चुम्बनमा मोहित भई प्रकृतिको मिलनलाई स्वीकारेर सांसारिक जञ्जालबाट मुक्तभई साहित्य सिर्जनाबाट सुखी बन्न चाहनुहुन्छ ।
कालक्रमस"गैका उहा"का यस संग्रहमा ५६ वटा थु"गाको एक गुच्छाभित्र सो अवधिभित्रका सामाजिक, सा"स्कृतिक,आर्थिक, राजनैतिक विभिन्न परिवर्तनसंगै फरक फरक विचार र भावहरुको समिश्रण भएको पाइन्छ । सामाजिक मूल्य, मान्यता र परिवेशभित्र वाञ्छित प्रभाव पार्ने अनुभूतिहरुको प्रवहनभइ परिवर्तन ल्याउन समय लाग्छ नै ।
समयको क्रमसंगै उहा" ४७ वर्षो हु"दा उहा"बाट 'युद्ध' कविताको आविर्भाव भएको छ । उहा"को प्रौढतास"गै उहा" भन्नुहुन्छ, "युृद्ध मनभित्र, भित्रभित्रै मच्चिरहन्छ, आक्रमण र प्रत्याक्रमण भैरहन्छ, अप्रत्यासित ढंगले, हल्लै-हल्लामा... मान्छे मान्छेको बीचमा, तनाव जन्माईदिन्छ, युद्ध मान्छेको मन हो"। उहा" मानसिक युद्धमा जुटनु भएको मात्र होइन, त्यो बेला विश्वमा मनोवैज्ञानिक युद्धको शुरुवातको साथै सशस्त्र युद्धहरु चलिरहेको थियो र नेपालमा पनि २०५२ फागुन १ गतेबाट जनयुद्धको शुरुवात भएको थियो, दिदीको मनमा जनयुद्धको शुरुवातको १० दिन पछि यो युद्ध मच्चिएको थियो । कोही हतियार समाउ"दै थिए भने तपाई कलमलाई हतियार बनाउ"दै हुनुहुन्थ्यो । तपाईको मानसिक उमेर ४७ वर्षभन्दा अझ पुरानो र अनुभवी बनिसकेको थियो । तपाईको प्रतीकात्मक मनको द्वन्द्धले वास्तविकताको धरातलमा पाइला टेकिसकेकेा थियो । अब उपासनामा झंै न्रि्रा देवीको मृदुल काखमा मोहित हुनु भएन, मनमा एउटा युद्ध जन्माउनुभयो । यो युद्ध किन जन्मियो दिदीका कवितालाई विषयसूचीका क्रममा नहेरी आयुक्रममा हर्ेर्दै गए" ।
दिदीले उपासनापछि आत्म गुञ्जनमा हा"स्दै अगाडि बढने प्रयास गर्नु भयो तर समाजमा व्याप्त भोक, शोक र प्यासमा आणविक परीक्षणका घटनाले सन्त्रस्त बनायो । तर पनि तपाईंले भन्नु भयो-म खायस मान्दिन, पीडा म मा विलीन छ, सधै म हा"स्छु, भन्दै सुन्दर भविष्यलाई पर्खिराख्न,नौलो आ"ट र जा"गरमा 'प्रसन्नता'देखाउने प्रयत्न गर्नुभयो । अनि मातृभूमिकै निम्ति सुकार्य गर्ने आन्तरिक अभिलाषा व्यक्त गर्नु भयो किनकि राष्ट्रियताको भावना तपाईमा थियो र छ त्यसैले मेरो जन्मभूमिमा यो ह"सिलो मेरो जन्मभूमि प्राणभन्दा प्यारो छ भनी व्यक्त गर्दै सीता र भृकुटी जस्ता नारीमाथि गर्व गर्नु भयो । यसरी वितेको दिनलाई बिर्सन हुन्छ र - भनी प्रश्न गदै 'फर्केर हेर त -' भन्ने कवितामा सचेतना भर्नु भयो । सचेतना भर्ने कुरो कहा" सजिलो छ र त्यसैले आफ्नो प्रतिबिम्बलाई हर्ेर्दै विचरीमा भन्नु भयो -ती विचरी, आज निन्याउरोमुखमा, टोलाईरहेकी छिन्...। सा"च्चै दिदी टोलाए पनि कसैको नजरको आस नगरेर नियालेर हर्ेर्नुभयो, कसैले सुनेर जिस्काउला नभनी निसंकोच हा"स्नुभयो । महिलाहरुलाई अगाडि बढाउने कुरा आका"क्षामा व्यक्त गर्नुभयो । अनि दर्ुइ किनारामा नतर्सर्ेेनि भाग्न खोजी खोजी अरुको अनुकरण नगरी सिर्जनात्मकतालाई अ"गाली अभिनयको रिहर्सल गर्न थाल्नुभयो ।
तर, समाजमा व्याप्त "नातावाद, कृपावाद, साम्प्रदायिक, संकर्ीण्ाताको बोटमा, सम्पर्ूण्ा मानिसहरुले, आफूले आफैलाई ......... भुल्न थालेको देखेर गरीव र शोषित अनि धनी र अन्यायीलाई पहिचान गर्न र बुझन नसकेको देखी सामाजिक विकृति प्रति प्रहार गर्दै आन्तरिक वेदना पोख्नुभयो । वेदनाले अतालिएर मात्रै कहा" हुन्थ्यो र "अडिग होऔं, सक्षम् होऔं, विपदको घडीमा, कार्यरत होऔं", पाखुरा खियाऔं, घाम र पानीमा, हुरी र बताससित, विचलित नहोऔं", भन्दै "स्थिर" रहने सन्देश दिनुभयो । वास्तवमा दिदीको यो स्वच्छ भावना थियो र भावनामा भन्नुभयो - स्वच्छ भावनालाई, स्वच्छ रुपमा व्यक्त गर्न चाहन्छु, यताउता छरिएका वस्तुस्थितिलाई, समाजको सामु व्यक्त गर्न चाहन्छु । परिश्रमको फल मीठो हुन्छ भन्ने तपाइ"लाई थाहा भएकाले विचलित भएमा यस रणभूमिमा ........ भोलि शान्त र उर्वरक्षेत्र कसरी पार्न सकिन्छ भनी उर्वराभूमिमा "सर्घष्ामय जीवनपथमा, फूल झैं फुल्न देउ" भन्दै कर्ुलनुभयो । कर्ुलदा कर्ुलदै दिदीले फेरि अन्तरात्माका भावनाहरु गुमाउन थाल्नुभयो र आफूलाई नीचतामा निहुराएर, आफ्नो व्यक्तित्वलाई, उठाउन खोज्नेहरु देखि दिन र रातको दोसा"धमा पर्नुभयो । अनि "००७६ को कोठे ट्यूसन"मा भन्नुयो । "आउ मेरा प्यासहरु, मलाई स"गाल, आऊ मेरा गुमेका भावनाहरु मलाई सम्हाल, मैले कुल्चिदिन्छुु र फुटालिदिन्छु ।"
दिदीमा जन्मको व्रि्रोह स"गै "एउटा रजनीको गर्भबाट, सुनौलो प्रभातको जन्म हुन्छ" भन्ने आशालाई बोक्नुभयो । त्यतिमात्र कहा" हो र "शहीदको सपना" समेत बोकेर "हत्केलाभित्र ज्यानको बाजी राखी ........ नेपाललाई चिनाउ"छौं, भन्दै आफ्ना इतिहासका पाना पल्टाउन थाल्नुभयो । अनि "उद्गार"मा हा"सोमा मात्रै रमाउन जान्ने म अब आ"शुमा पनि रमाउन जानेकी छु" भन्दै आफूलाई परिवर्तन गर्नुभयो । त्यसपछि आएर दिव्यतामा जीवन सूक्ष्म छ, वास्तविकतालाई अंगीकार गर्‍यौर्ं भने, सरलता र सौम्यताको दिव्यताले, दीप्त हुनेछ" भन्ने दिव्यवाणी ओकल्नुभयो । वास्तविकता यस्तै भएकोले बल्ल संगिनीलाई "तिमी र म" मा भन्नुभयो - हुरी र बतास, जीवनका क्रन्दन हुन् झरी र बादल, जीवनमा रोदनहरु हुन् । घाम, पानी, क्रन्दन, रोदन, नहुने हो भने, तिमी र म मर्ूर्तिवत् हुनेछौं ।" अनि यी फटाहा र जालीका पाइलाहरु, हेरु" कति सल्कि"दा रहेछन् - यी टुनाधारीका टुनाहरु ......., आउ, मेरा आस्था र मान्यताहरु, यिनको भर्त्सना गरौं भन्दै भर्त्सना गर्न "बा"चेका छन् म भित्रका विश्वासहरु" कवितामा शंखघोष गर्नुभयो ।
दिदी सत्य यही हो प्रकृृतिले सिकाएको जीवनपर्यन्त शिक्षा, यसैले हामीलाई हा"स्ने र रुने गराएको छ । विकृतिका विरुद्ध प्रतिकार गर्न सिकाएको छ । वास्तविक सत्य पहिल्याउन नसक्ने फोस्रा सिद्धान्त लिनेलाई तपाइ"जस्तै उपदेशक भएर कर्ुलन नै पर्छ -यदि व्यवहारिक र यथार्थिक हुन सक्दैना भने, मैले भन्नु केही छैन । यति मात्र होइन अव्यक्त व्यथामा सामाजिक विकृतिका विरुद्ध प्रतिकार गर्नुभयो । तर, सही सिद्धान्त लिए पनि "व्यवहारमा उतार्न उसलाई हम्मे पर्दछ, सिद्धान्त एउटा व्यवहार अर्के हुन गयो भने, समाज, राष्ट्र र अन्तर्रर्ाा्रको त, कुरै नगरौं, बिम्ब प्रतिबिम्ब, आफ्नै निम्ति पनि, सदैव अति, घातक बन्न पुग्छ ।" दिदीले घातक कवितामा यही भन्दै आशावादी भएर कुहिरोभित्र श्वेत बान्कीमा मलाई विश्वास छ कि, प्रत्येक अंगालोमा, नया" बिहानी चम्कन्छ, प्रत्येक अन्धकारमा एउटा नौलो र्सर्ूय उदाउ"छ" भनी विश्वस्त पार्न खोज्नुभयो र भाषामा आफ्नो जिम्मेवारी पनि हो भनी स्वीकार्नुभयो । तर गतिमा "एउटा अव्यक्त परिवेशभित्र, जिन्दगी भुलिरहेको हुन्छ" भन्ने कुरा पनि बिर्सनुभएन । हो, यही परिवेशभित्र पैसाका शब्दहरुमा विश्व घुमेका देखेकी तपाइ"ले यसकै प्यासमा थकाई मारेकाहरुलाई नववर्षो शुभकामना नदिइरहन सक्नुभएन । कवितामै रुमलिएकेा जिन्दगीमा "एउटा सिङ्गो जिन्दगी बनिदिने" उम्मेद पनि गर्नुभयो । तर "कसको लागि"- प्रश्नवाचक बन्यो कविता" र गुनगुनाउन थाल्नुभयो -"आशा र विश्वासका, अनुभूतिहरु ओइलिदिंदा, मायाको अवयवमा तुष पर्दा, दयाको भीख माग्नर्ुपर्छ ।" हुन पनि हो, आकृति सिङ्गो छ, तर रिक्तता," यसरी उम्मेद राखेपनि रिक्तताको महसुुस गर्नुभयो । संर्घष्ाशील जीवनको आरोह अवरोहस"गै अनुभूतिमा विपना सा"चेका, सकारात्मक आशा र अनुभूतिहरु सपना भइदिएका हुन्छन्" भनेर अनुभूत गर्नुभयो । तर यी निराशालाई मात्र बोक्नु हु"दैन भनी मेरो आ"गन मेरै परिवेश भित्र - मेरो सिङ्गो आ"गनको अस्तित्वको जगर्ेना गर्न, हुरी र बतासस"गको छर्ल्याङ पार गर्नु नै पर्छ" भनी राष्ट्रवादी भएर आफ्नो कर्तव्यवोध गर्नुभयो । यो राष्ट्रवादिता देखाउन "मन" कवितामा "एक्सरे गरेर हर्ेन सक्छौ, मुटु चिरेर, चिहाउन सक्छौ, म तयार छु, एक्सरे गर्न र गराउन, भनी एउटा दृढ वाचा गर्नुभयो । तर तपाइको मुटु एउटा सा"घुरो सुपो जसतै भए पनि "सुपो" कवितामा बोल्नुभयो - तर, यो बृत्ताकारको सुपोभित्र, मेरो ब्रहृमाण्ड अटेको छ । तपाइ"ले भनेका यी कुराहरुका अलावा दुइओटा मुक्तकमा "तिमीभित्र मीठो लाग्न पनि सक्छ, नमीठो पनि, म माटोको सुन्दर फूल हु", फूल सबैका लागि, फुलिदिनु पर्छ" भनेर लेख्नुभयो ।
तर पलप्रतिपलको विसंगतिमा बलिया आस्थाहरु रित्तो लाग्न थाले र आशातित आश्वासनहरु पनि तपाईलाई खल्लो लाग्न थाले । खल्लो लागे पनि 'आवेगमा छुटिए पनि संवेग निहुरिनर्ुपर्छ' भनी तरलीकृत यथार्थ्ामा आत्मानुभूति भयो । अनि जब जब दिदीले सामाजिक विकृतिहरुलाई नियालेर हर्ेर्नुभयो अनि सुतुमर्ुगमा भन्नुभयो -यी कलुषित पात पतिङ्गगरहरुलाई पनि मिल्काउनर्ुपर्छ । साथै फोटोमा इतिहासलाई जस्ताको तस्तै नफेरीकन राख्न चाहनु भयो र क्षणिक यात्रा विक्षिप्ताको कवितामा जिजीविषाको निम्त्ति जीवन ब्ान्न यत्न गरिरहेकी नै छु भन्नुभयो यसरी नै त्रि्रा गल्तीहरु दैलो वर अनि दैलो पर, सबै, सुरक्षित भएको कुरा अनुभूतिमा, अनुभूत गर्नुभयो । यिनै विकृतिसंगै मौनताले राष्ट्र बा"चेको हुन्छ कवितामा मुलुक बिषमता वस्तुस्थितिको अस्थिरतालाई, बुझेको हुन्छ, तरपनि मौनताले, राष्ट्र पराधिन, हर्ेन कसैले सक्दैन, भनी स्वाधीनता जोगाउने पाठ पढाउनुभयो । आक्रान्त क्षणमा भावनाहरु पोख्दै मौन भैदिएकी छु, भइदिनु, मेरो आफनै विवशता हो भनी बा"चिदिएकी छु भन्ने कवितामा नेपाल राष्ट्र भएर बोल्नुभयो । यस्तो आत्मबोध सबैमा भैरहोस् भन्दै उत्र्सर्गीत छु भन्ने कुरा कवितामा पोख्नुभयो ।
सा"च्चै सच्चा संगति नभए बेवारिसी हुन मन लाग्छ । त्यसैले बेवारिसीमा भन्नुभयो -त्रि्रो शब्दाडम्बर चाहिएन, मलाई त्यसै/बेवारिस बनाएर छाडिदेऊ । बेवारिसी भएर होला पर्ूण्ात्वमा भन्नुभयो -कहा"तक बिर्साई फेरु" म । यो थकावटलाई, पर्ूण्ात्वको प्यास पिएर । उहा"लाई यहा" अपर्ूण्ाताको आभाष भयो र विवश कवितामा विवशता देखाउनुभयो । यतिमात्र होइन आ"शु झार्न विवश भए पनि बाध्यतामा "आ"खामा विलाइदिन वाध्य हुन्छ भन्नुभयो । यही बाध्यताले झन् उहा"को व्यथामा व्यथा थपियो र "विगतका कथा, मीठो लाग्छ, सुनाउने धाको अझै बा"की छ" भनी धोको पोख्नुभयो ।
तर योे वाध्यता अ"ंध्यारोले ल्याएको हो । "अ"ध्यारोमा जे पनि हुन्छ, .... कतै ठोसिन सक्छ,त्यसैले अ"ध्यारोलाई भगाउने, उज्यालो भित्राउने, सुन्दर सोपान छ, भनी 'अंध्यारो' कवितामा वास्तवमा सुन्दर योजना बनाउनुभयो । योजना जस्तो भए पनि 'अलिकति प्रतिकुल भइदिंदा, मन घोचिरहन्छ, मुटु चस्किरहन्छ,' भनी देश दुखिरहन्छ कवितामा देशनिर्माणको योजनाबारे चिन्तित रहनुभयो । यो देशलाई यो आ"गन मेरो हो, ... म हर्ुर्केकी छु यसैको गोदमा भनी आफ्नै आ"गन प्यारो लाग्ने कुरा बताउनुभयो । देशको लागि सिंगो युग बित्दा पनि केही गर्न सकेको छैनन् भन्दै अभिव्यक्ति कवितामा 'त्यसैले ती बितेका युगले गिज्याए जस्तो लाग्छ, ती बितेका इतिहासले सरापे जस्तो लाग्छ' भनी विगतका पाठ सिकेर वर्तमानमा भविष्यका लागि केही गर्नु पर्ने कुराको संकेत गर्नु भयो । यही अभिव्यक्तिको साथ साथै उहा"को युद्ध कविता जन्मियो । युद्धले र्सवनाश गर्छ भन्नु भएकोले हेरौं यस पछिका उहा"का प्रकाशोन्मुख कृतिहरुमा कविताको घरको पर्ुनसंरचना हुन्छ कि -
कवयित्री सन्तु दिदीका कविताहरु आत्मपरक छन् ।आफू , आफ्नो र मबाट समाजलाई देखाउनु भएको छ । ५६ ओटामा फर्केर हेरत -, विचरी र भाषा कवितामा मात्रै अर्कोलाई इङ्गति गर्नुभएको छ । कविताकी सन्तु बहुसंख्यक नेपाली र विश्वका सन्तु हुन र सन्तु मात्र होइनन् सन्ते पlन हुन् । कवितामा सन्तु दिदी मुस्कुराउनु भन्दा पनि गाम्भर्ीयता बढी छ, सकारात्मक परिवर्तनका लाति रोष, व्रि्रोह र संर्घष्ा छ । कवितालाई केलाउने अन्य पक्ष त बा"की नै छन् । यस पटकलाई सन्तु दिदीको साहित्यिक यात्राको निरन्तरताको कामना गर्दै विदा हुन्छु ।

No comments:

Post a Comment