Saturday, February 13, 2010

मेरो मानसपटल भित्रका एक व्यक्तित्व ः पं. हेमराज शर्मा

डा. प्रेमप्रसाद शर्मा
प्रसंग
२०६३ साल असौज १३ गते १२ बजे तिर बलेवा पैयुँपाटाको सिम्लेमा ग्रामीण जागरण मञ्च बागलुङको तेह्रौं वाषिर्क साधारण सभामा भाग लिन पुगेको थिएँ । त्यस अवसरमा हेमराज शर्माले उपस्थित सबैलाई आफ्नो सम्बन्धमा धौलागिरी साहित्यिक प्रतिष्ठान बागलुङले हेमराज शर्माको व्यक्तित्व र सामाजिक सेवा कृति प्रकाशन गर्न लागेको कुरा जानकारी गराउनु भयो र त्यस विषयमा लेखिएका रचनाहरु साहित्यकार काजी रोशनलाई उपलब्ध गर्राई दिन पनि अनुरोध गर्नु भयो । ग्रामीण जागरण मञ्चको तेह्रौं साधारण सभामा मलाई केही कुरा बोल्ने मौका दिइएको थियो । सो अवसरमा हेमराज शमा विकास प्रेमी भएको र वहाँले गैरसरकारी संस्थाको स्थापना गर्नु एक दूरदर्शितापर्ूण्ा काम थियो भन्ने कुरा व्यक्त गरेको थिएँ । पछि लेखौंला भन्दा भन्दै समय बित्यो । एक दिन यसो घोरिएँ । सानो उमेर देखि वहाँलाई कहाँ कसरी चिन्दै आएँ ती विगतका संझनाहरुलाई छोटो रुपमा लिपिबद्ध गर्ने विचार गरें । त्यसै प्रसंगमा केही टिपेका कुराहरु यहाँ प्रस्तुत गर्न अनुमति चाहन्छु ।
हाम्रो घरमा चल्ने चर्चामा हेमराज शर्मा
हाम्रो घरमा हेमराज शर्माको चर्चा हुन्थ्यो । हाम्रो आमाले सातविसेका काईंला पण्डित भनेर भन्नु हुन्थ्यो । माइलाबाले स्कूलका गतिविधिहरुमा हेमराज शर्माको चर्चा गर्नु हुन्थ्यो । वहाँले गोरखा दक्षिण बाहु पाए पछिको कुरा हाम्रो घरमा माइलाबाले चर्चा गर्नु हुन्थ्यो । एक ताका विद्यालयमा भएको कार्यक्रममा बाहुनले पनि हलो जोत्न हुन्छ भनी विद्यालय तल खेतमा गोरु नारेर जोत्न लगाउनु भयो । हाम्रो बा भाग्नु भएछ । माइलाबाले जोत्नु भयो । पछि हाम्रो घरमा कुरा कानी भयो । त्यतिबेला गाउँमा यो कुरा पचेन । वहाँले ब्राहृमण बोलाएर पतिका गर्नु भयो । पछि यो वहाँको सही अभियान थियो भन्ँने सबैले महसूस गरे । अहिले भने बाहुनले जोत्न थालेका छन् । जात पात र छुवा छुत हटाउने काममा वहाँ त्यतिबेला देखिनै लाग्नु भएको थियो ।
मेरो विद्यालयकालमा हेमराज शर्मा
मेरो माइला बाबा पंं शशिधर उपाध्याय त्रिभुवन माध्यमिक विद्यालय पैयुँपाटामा शिक्षक हुनुहुन्थ्यो । वहाँसंग म विद्यालयमा गएको थिएँ । त्यस दिन अमलाचौर गीठेका फुपूका छोरा डिल्लीप्रसाद रेग्मी र म थियौं । अहिले हिसाब गर्दा म त्यतिबेला ७ वर्षो थिएँ । त्यतिबेला हाल विज्ञान प्रयोगशाला भएको घर अगाडिको ठाउँमा पहिले हंसवाहिनी पुस्तकालय रहेको पर्ूव पट्टकिो चौरमा खैरो रंगको कमीज सुरुवाल लगाएको अग्लो अग्लो गोरो व्यक्तिको शरीर अहिले पनि याद छ । वहाँले यिनीहरु को हुन् भनी सोद्धा मलाई देखाई उ दाईको छोरा र डिल्लीप्रसादलाई देखाएर उनी भान्जा भनेर चिनाउनु भएको थियो । डिल्लीप्रसादलाई रातो गोरो र खैरो कपाल देखेर अमेरिकनका बच्चा जस्ता छन् भनेको अहिले पनि संझन्छु ।
पछि म नारायणस्थान गाविसको ठाँटीमा डिष्ट्रिक्ट सोल्जरबोर्डसद्वारा संचालन भएको श्री गणेश प्राथमिक पाठशालामा भर्ना भएर कक्षा १ मा पढें । त्यहाँ कक्षा १ मा पहिला भएर कक्षा २ मा पढ्दै थिएँ । त्यतिबेला के कारणले हो त्यहाँ विद्यालय नचल्ने भयो त्यहाँको विद्यालय नारायणस्थान प्राविमा गाभियो । विद्यार्थीहरु सबै उतै जानु पर्ने भयो । अनि मलाई माइला बाबाले बाबासंग कुरा गरेर पैयुँपाटामा जाने सल्ल्ााह दिएकोले पैयुँपाटामा कक्षा २ मा भर्ना हुन गएँ । नारायणस्थान जानु भन्दा उकालो बाटो भए पनि पैयुँपाटा नजीक पर्दथ्यो । हेमराज शर्माले शिक्षक नभई कक्षा खाली भएको बेला कक्षा लिनु हुन्थ्यो । वहाँले सामान्य ज्ञानबारे लेखाउनु हुन्थ्यो । कहिले मेरो कापीमा लेखेर दिनु हुन्थ्यो र अरु विद्यार्थीले मेरो कापीबाट सार्ने गर्थे । वहाँले लेखाइदिएकोमा म अहिले पनि संझन्छु जस्तै नेपालको राजधानी कहाँ हो- नेपालको प्रधानमन्त्री केा हो- बलेवामा पर्ने गाउँपञ्चायत र तिनका सिमाना आदि । पाठय पुस्तकको पढाइको साथ साथै यस्ता सामान्य ज्ञानका कुराहरु जान्नु आवश्यक छ भन्ने कुरा आज पनि महसूस भएको छ ।
त्यतिबेला आयर्ुर्वेद औषधालयमा काम गर्ने कविराज श्री कृष्णप्रसाद पण्डितका दर्ुइ छोरी -विमला र निर्मला अनि छोरा हरिराज पण्डित र हाल सरकारी सेवामा वरिष्ठ इञ्जिनीयरको रुपमा काम गर्ने प्रकाश पौडेल अबोध मेरा सहपाठी थिए । प्रकाश पौडेलको नाम त्यतिबेला प्रेमराज शर्मा थियो । कक्षा २ मा नै पढ्दा त्यतिबेलाका प्र.अ. श्री डिल्लीप्रसाद शर्माले उनका दाजुको नाम आनन्द प्रकाश भएकोले उनको नाम पनि प्रेमप्रकाश लेख्ने भने पछि त्यही भयो । पछि उनले प्रकाश पौडेल अबोध लेख्न थाले । म कक्षा २ मा प्रथम भइ कक्षा ४ मा गएँ । अनि हामी १ वर्षअघि पछि भएर गयौं । म त्यतिबेला ४ कक्षामा पढ्दा एउटा घटनाको याद छ । त्यतिबेला भारतको आसामको डिगबोईमा बस्ने नेपालीहरुले चन्दा उर्ठाई विद्यालयलाई सहयोग गर्थे । विद्यालयलाई हामी माथिल्लो कक्षामा पढ्दा सम्म पनि सहयोग आईरहन्थ्यो । त्यतिबेला आसाम डिगबोईमा काम गर्ने नेपाली मध्येका विशेष मान्छे आउने कार्यक्रम रहेछ । त्यतिबेला वहाँको स्वागत सम्मानको लागि एउटा समारेह हुने भएकोले विद्यार्थीहरुको तर्फाट शायद २।३ जना राखिएको थियो । मलाई बोलाएर ३ दिन पछि हुने समारोहमा भाषण गर्नु पर्छ भन्नु भयो । वहाँ संगै मेरो मामा भवानीप्रसाद रेग्मी पनि हुनुहुन्थ्यो । मैले भाषण गर्ने भन्दा मैले के भन्ने हो जान्दिन भनी लोसे मुन्टो लगाए पछि वहाँले मेरो कापी माग्नु भयो र भाषण गर्दा संबोधन गर्ने र भन्नु पर्ने कुरा लेखी दिनु भयो । म त्यस पछि मामाको घर तिर गएँ । मैले भाषण घोकें र बोल्ने अभ्यास गरें । समारोहमा मलाई भाषण गर्न बोलाईयो । चार कक्षामा पढ्ने म फुच्चे विद्यार्थीले घोकेको भाषण घोकेजस्तो नगरी विस्तारै भाषण गरें । त्यत्रो ठूलो जमातमा यसरी पहिलो चोटि बोले पछि अरु कार्यक्रममा पनि बोल्ने हौसला बढयो । पछि पनि त्यस्तै डिगबोईमै काम गर्ने नेपाली आउँदा मैले अरुले नसिकाई भाषण गरेको थिएँ । त्यतिबेला मैले अन्तिममा सुकिलो आभार व्यक्त गर्दछु भन्ने शब्द प्रयोग गरेको थिएँ । मैलै आजसम्म पनि त्यो सुकिलो शब्द भनेको संझेको छु । विद्यालयमा प्रत्येक शुक्रबार साहित्य गोष्ठी हुने गर्दथ्यो । मैले पहिलो चोटि विद्या पढौं भन्ने कविता लेखेर सुनाएको थिएँ । तर आज त्यो कविता छैन कस्तो थियो संझन्न । प्रत्येक शुक्रबार हुने कार्यक्रममा लेख, कविता, निबन्ध, चित्र आदि केही न केही बुझाउनु पर्दथ्यो, नबुझाएमा २५ पैसा तिर्नु पथ्र्यो । कहिले हतार गरी किताबका कथा सारेर दिएर पनि उम्किन्थ्यो । कथा पाठ गर्दा त्यतिबेला काभ्राबोटका नारायण शर्मा शिक्षकले किताबको सारेर ल्याएछ भनी खास खुस गरेको मलाई झलझल याद आउँछ । एक चोटि लेखेर नल्याउँदा मामा टीकाराम रेग्मी -वहाँ अहिले जीवित हुनु हुन्न) वहाँ र म संगसंगै ४ कक्षा देखि ८ कक्षा सम्म पढयौं । कक्षामा वहाँ दोश्रा र म पहिला हुँदै गएका थियौं । वहाँले सतं सीरबारी पञ्चमूल पारी मानिस मरेको भनी पैरोकोबयान गरेको सवाई भन्दा सुनेको लेखेर बुझाई जरिवाना तिर्नबाट उम्केको थिएँ । अमलाचौरका खगेन्द्र के.सी.ले कक्षा शिक्षक हुँदा एक चोटि लेखेर नबुझाएकोले २५ पैसा जरिवाना तिरेको कुरा याद आउँछ । हेमराज शर्मा त्यतिबेला हुने साहित्य गोष्ठीमा पूरा समय बस्नु हुन्थ्यो । राती अबेर सम्म कहिले त मइन्टोल समेत बालेर साहित्य गोष्ठी हुने गरेको पनि याद छ । यसरी मलाई बोल्न लगाउने र चल्ता पर्ूजा बनाउन वहाँबाट भएका प्रयासहरु मेरो लागि प्रशंसनीय र प्रेरणादायी थिए ।
विद्यालयमा म पाँच कक्षामा पढ्दा बाटै संझन्छु त्यतिबेलाबाट केही वर्षसम्म शिक्षाको महत्व भन्ने नाटक पर््रदर्शन गरिन्थ्यो । म रेग्मीफाँट मामा कहाँ बस्दा कहिले काँही मामासंग आई रिहर्सल गर्ने कक्षमा खुस्स छिरेर बस्थें र रिहर्सल गरेको हर्ेर्थें । मइन्टोल बालेर राति अबेरसम्म रिहर्सल हुन्थ्यो । हेमराज शर्मा पुरै समय बसेर नाटकमा निर्देशन दिनु हुन्थ्यो । एक चोटि अँधेरीखोलाका आत्माराम शर्मा र टारीका गणेशबहादुर लगायतका कलाकारले अभिनय गर्दा आत्मारामले दाम्लोबाटेको अभिनय भएन भनेर दोहोर्राई तेहर्राई गर्न लगाएको मैले संझन्छु । यसरी विद्यालयको विकासको लागि आफ्नो समय र सोच लगाउनु हुन्थ्यो । वर्हाले बाहिरबाट आउने पाहुनाहरुको पनि उचित स्वागत सत्कारमा ध्यान पुर्‍याउनु हुन्थ्यो । विशेष कार्यक्रममा विद्यार्थीहरु अनिवार्य रुपमा उपस्थित हुनु पथ्र्यो । हामी फूलमाला लिएर लाइनमा बस्थ्यौं । वहाँले हामीलाई के केे गर्ने सबै कुरा सिकाउनु हुन्थ्यो ।
मैल्ो एल.एल.सी.दिई सकेपछिका हेमराज शर्मा
एस.एल.सी.दिएपछि मैले माइलाबाले बनारसमा संस्कृत पढ्न पठाउने, उतै अंग्रेजी पनि पढ्ने भनेर बालाई सल्लाह दिनु भयो । संस्कृत पढ्न जान केही पढेर जाने विचारले एस.एल.सी.को परीक्षा दिए पछि लघु कोमुदी पढ्न शुरु गरें । विद्यालयमा त्यतिबेला प्र.अं डिल्लाीप्रसाद शर्मा हुनुहुन्थ्यो । विद्यालयमा प्रसंग चल्दा मैले कौमुदी पढ्न लागेको कुरा माइलाबा बाट वहाँले थाहा पाउनु भएछ । वहाँले मलाई भेट्न आउन भनी खबर पठाउनु भयो र म त्रि.मा.वि. पैयुंपाटामा गएँ । वहाँले यो जमानामा संस्कृत पढेर हुँदैन । बरु यहाँ आएर हंसवाहिनी पुस्तकालयको काम स्वयंसेवकको रुपमा गर भन्नु भयो । मैले संस्कृत पढ्न छाडें । अहिले भने कौमुदी पनि पढेर सकेको भए केही घाटा हुने रहेनछ भन्ने लागेको छ । मैले दिनदिनै विद्यालय गई निमित्त पुस्तकाध्यक्ष भै काम गर्रर्ेे पुस्तकालयका किताब मिलाउने, सदस्यलाई किताब वितरण गर्ने र फिर्ता गर्ने आदि काम गरें । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन । बाले पैसा केही नहुने भए किन गएर दिन बिताउने भन्नु भयो । मैले यो कुरा प्र.अ. डिल्लीप्रसादलाई बताएँ । त्यतिबेला हेमराज शर्मा विद्यालय संचालक समितिको सभापति पदमा हुनुहुन्थ्यो । प्र.अ. ले कुरा राखेपछि मलाई मासिक रु १००। एक सय पाउने गरी विद्यालयमा पढाउन नियुक्ति दिनु भयो । त्यतिबेला त्रिभुवन मा.वि. संगै त्यही भवनमा नै बालप्रभा प्राथमिक पाठशालाका नाममा छुट्टै पाठशाला चलेको थियो । प्रअ्रले मलाई कक्षा ७ सम्म पिरियड दिनु भएको थियो । पाँच र सात कक्षामा मैले अंग्रेजी, दर्ुइमा हिसाब र चार र पाँचमा सामाजिक शिक्षा पढाउँथें । यसरी हेमराज शर्माले मलाई अध्यापनमा लाग्ने मौका र प्रेरणा पनि दिनु भएको थियो ।
म शिक्षक भएको बेला एक चोटि विद्यालय प्रांगण्णमा हेमराज शर्मा र प्र.अ. डिल्लीप्रसाद शर्माले मलाई बोेलाई "हामीलाई तल्लो कक्षामा पढाउन एक जना राम्रो शिक्षक चाहिन्छ । त्यसैले तिमीले स्थायी रुपमा काम गर्ने र केटाकेटीलाई राम्ररी पढाउने मनस्थिति बनाएर काम गर्नु पर्छ भन्नु भयो । पछि मेरो पढ्ने चाहना भएको कुरा बताएँ । त्यतिबेला कम्पाउण्डर तालिममा जाने सल्लाह दिनु भयो । तर श्रावणको महिनामा भर्ना हुनु पर्ने थियो जान सकिन । पछि वहाँले महेन्द कलेज बागलुङमा बैकुण्ठप्रसाद विजुक्षसंग कुरा गरी मलाई आई. एं पढ्न छात्रवृत्ति मिल्ने कुरा बताएकोले म बागलुङमा २०२९ भाद्रबाट बागलुङमा पढ्न शुरु गरें । मैले एस्.एल्.सी. दिए पछि स्वयंसेवक र परिश्रमिक पाउने गरी करीब १८ महिना सेवा गरे. । म शिक्षक हुँदा विद्यालयमा सांस्कृतिक कार्यक्रम र अन्य उत्सव र समारोहहरु हुन्थे । मैले नाटकहरुमा पात्रको रुपमा अभिनय पनि गर्थें । साँस्कृतिक कार्यक्रम तर्फत्यतिबेला शिक्षक लीलानाथ रेग्मीले काम हर्ेर्नु हुन्थ्यो । वहाँसंग सहयोगी भएर त्यस क्षेत्रमा पनि काम गरें । यसले पछि फेरि शिक्षक भएर काम गर्दा मलाई ठूलो सहयोग मिल्यो । आई.ए. पास गरेपछि धुल्लु लिउँवामा का.मु. प्र.अ. भै एक वर्षकाम गर्दा मैले आफै नाटक लेखेर पर््रदर्शन गर्ने काम पनि गरें ।
हेमराज शर्माले विद्यालयलाई चन्दा संकलन गर्न शिक्षक र विद्यार्थीका टोलीहरु ब्ानाउनु हुन्थ्यो । भाद्र महिनामा म पनि अर्को एक जना शिक्षक यमबहादुर केसीको टोलीमा विद्यार्थी सहित पाग्जा र गलुवामा गै मकैका झोता संकलन गर्ने काम पनि गर्‍यौं । विद्यायलयमा उठाएका मकैका झोताहरुबाट सील बनाईन्थ्यो । पछि वहाँले तलबको हिसाबमा मकै भाग लगाईदिनु हुन्थ्यो । मैले पनि पाउने मासिक रु १००। को धेरै महिना जम्मा भए पछि मकै लगेको घटना याद आउँछ । यसैगरी तिहारमा भैली खेल्न पनि हामी टोलीमा डुल्ने गथ्यौं । म कहिेले काँही अर्को टोलीमा पनि पठाएकोले मिसिन जान्थे । विद्यालयलाई अर्थ संकलनका लागि वहाँहरुले विभिन्न उपायहरु अप्नाउनु हुन्थ्यो ।
एक पटकको घटना मलाई याद छ ः विद्यालयलाई काठ काट्ने क्रममा म वहाँसंग रानीवनमा गएको थिएँ । हामी दिनभर कर्मीहरुले काटेका सालका थामहरु ठाउँ ठाउँमा थुपार्नै काम गर्‍यौं । वहाँले नम्बर लगाउनु भयो । फर्केर हाम्रो घरमा आयौं । मैले चिया पकाएर कटौरा भरि ल्याइदिएँ । त्यतिबेला हाम्रो घरमा गिलास थिएनन् । गिलासको चलन गाउँमा आइसकेको थिएन । वहाँले अर्को कटौरा मागी खन्याएर थोरै मात्र पिउनु भयो । पछि ती नम्बर लगाएका काठ हराएछन् । काठ पहिल्याउन चामल मन्तर्ने र खुवाउने तथा धनु लगाउने काम भयो तर पहिलाउन सकिएन । मैले यो घटना बिर्सर्ेेे छैन ।
२०३४ साल पछि हेमराज शर्मा
२०३४ सालमा म निमावि शिक्षकबाट सेवाकालीन तालिममा गएको थिएँ । २०३१ सालबाटै मेरो सम्बन्धमा विभिन्न आरोपहरु ल्गाउन थालिएको रहेछ । २०३४ साल पछि सबै भूमिगत पार्टर्ीीले पार्टर्ीी कुरा बनाई लगेको जस्तो मलाई अनुभव भयो । म कुनै समूह भित्र अटाउन सकिन । मनोवैज्ञानिक हिसाबले सबै समूहले जस्तै वहाँको समूहले मलाई वहाँहरुबाट टाढा बनाउँदै लगेको महसूस भयो । २०३६ सालमा पनि बहुदल र निर्दलको विषयमा पनि म कतै नलाग्ने जस्तै अलग्गिएँ ।
मैले एम.ए. गर्दा ताक हेमराज शर्मा
मैले २०४२ सालमा एम. ए. अर्थशास्त्र विषयमा पूरा गर्ने क्रममा पैयुँपाटा गाविस -तत्कालीन गाउँपंचायत) को भिलेज प्रोफायल तयार गर्नु पर्ने थियो । त्यस समयमा पनि पंचायतको सिमाना र अन्य जानकारी बताएर सहयोग गर्नु भएको थियो । मैले त्यतिबेला लेखेको भिलेज प्रोफायलमा गाउँमा शिक्षाको विकास र वर्तमान स्थिति सम्बन्धमा जे जस्तो लेखेको थिएँ ती अंश जस्ताको तस्तै तलको बाकस भित्र राखेको छु ।
गाउँंमा शिक्षाको विकास र वर्तमान स्थिति
२००७ सालको राजनैतिक परिपर्तन पछि विभिन्न ठाउँमा विद्यालयहरुको स्थापना भयो । सामाजिक कार्यकर्ताहरु जर्ुर्मुराएर विद्यालयको स्थापना गरे । यस पंचायतमा पनि पैयुँपाटामा हाल जहाँ मा.वि. छ त्यसै स्थानमा रुद्री, चण्डी, वेद, कौमुदी पढ्ने भाषा पाठशाला थियो । पछि २०१५ सालमा यहाँ पर््राईमरी स्कूल बन्यो र यहाँको भाषा पाठशाला म्याग्दीको ताकममा सारियो । हाल पनि त्यहाँ बलेवा पैयुँपाटा विद्यालयको नामले रहेको छ । शिक्षाको लागि यस पंचायतका मानिसहरु जर्ुर्मुराए । यहाँका मानिसलाई जागृतिको शंख फुकेर ब्यूँझाउने एक जना कर्मठ व्यक्ति पंं पर्ूण्ाप्रकाश बन्धु हुनुहुन्थ्यो । हाल वहाँ साहित्य र संस्कृतिको खोजीमा लाग्नु भएको छ । वहाँले स्थानीय युवकहरुलाई एउटा प्रेरणा दिएर जानु भयो । वहाँलाई यहाँका व्यक्तिहरुले आँखाको नानी मान्दछन् । यसपछि स्थानीय युवक पं. हेमराज शर्माले यस विद्यालयको व्यवस्थापकको रुपमा अनवरत सेवा गर्दै आउनु भएको छ । त्यस्तै लामो समयसम्म प्रधानाध्यापकको पदमा रहेर श्री डिल्लीप्रसाद शर्माले पनि विद्यालयको उन्नतिमा प्रशस्त योगदान दिनु भएको थियो । विद्यालयको लागि आवश्यक भौतिक सुविधा जुटाउन यस पंचायत र बाहिरका नारयणस्थान र अमलाचौर गाउँ पंचायतका मनिसहरुले पनि प्रशस्त सहयोग गरे । विद्यार्थीहरु पनि विकास र निर्माणका काममा सहभागी बने । रात दिन भैलो खेल्ने, चन्दा संकलन गर्ने, साँस्कृतिक कार्यक्रमहरु प््रादर्शन गर्ने कार्यहरु भए । भारतको डिगबोईमा बसेका नेपालीले पनि चन्दा संकलन गरी सहयोग गरे । विद्यालयको विकासमा गाउँलेलाई उठाएर नेतृत्व प्रदान गर्नेमा स्थानीय कार्यकर्ता पं. हेमराज शर्मालाई राजनैतिक दृष्टिकोणले जसले जे जस्तो दृष्टिकोणले हेरे पनि शैक्षिक जगतमा वहाँलाई श्रद्धेय व्यक्तिको रुपमा सबैले सहर्षस्वीकार गर्दछन् । वहाँले जुनियर हाई स्कूल बनाउने ताक र हाईस्कूल भए पछि पनि र्भौतिक सुविधा जुटाउन सबैको साथ माग्नु भयो । "पुकार" र "चन्दादिनोस्" जस्ता गीति कविताहरु ज्ानतामा छरिए । व्यक्तिले वहाँका गीतलाई यसरी गाउन थाले
स्कूलले लालुमै बलेवा हर्ेर्नुहोस्, बलेको छ लालुमै चन्दा दान गर्नु होस् ।
वहाँको अन्तरात्माबाट प्रस्फुटित शब्दहरु "पुकार" मा पाईन्छन् ।
अनपढ गरीबलाई अक्षर पढाउन, फटाहाको फटर्याईंबाट निर्धालाई बचाउन
धनी गरीब बराबर मिलाई हिडाउन, विकसित शहर जस्तो बलेवा बनाउन
यो स्कूल खोलेको किन, छोरा छोरी गरीब पढाउन
"चन्दादिनोस्" पर्चामा
"अन्धाको के गति छ र छोरा छोरी पढाउन जोड गर -नभूलेर)
त्यस्तै "पशुले झैं नजन्माउ खुरुरु, रुनु पर्ला पछाडि धुरुरु" -दुःख परेर)
कोषमा छैन एक पैसा चलाउनु छ हाई, एक वर्षो खर्च लाग्छ पन्ध्र हज्जार भाइ
सरकारले दिएको छ बाह्र सय मात्र, स्कूलमा पढेका छन् अर्ढाईसय छात्र
दान ठूलो विद्या छ लोकमा, चन्दा दिनोस् स्कूल चलाउन ।
यस्ता गीतहरु सबैले गाए । यहाँ मात्र होइन विदेशिएका नेपालीले पनि गन्गुनाए । आफ्नो पसिनाको कमाईको अंश छुटयाएर जम्मा गरे स्कूलको उत्तरोत्त।र प्रगतिको लागि । स्कूल सबैको श्रम र पसिनाको उपज हो तर यसको संयोजनमा नेतृत्वको आवश्यकतालाई आज सबैले महसूस गरेका छन् ।
यसरी यस पंचायतमा शिक्षाको प्रचार भयो । त्रि.मा.वि. ले कैयौं व्यक्तिहरु उत्पादन गर्‍यो । नयाँ शिक्षा योजना लागू भएपछि जनतामा आर्थिक भार परेन । यसले गर्दा केही वर्षविद्यालयको भौतिक अवस्थामा जुन रुपमा सुधार हुनु पर्ने हो सो भएन । देशव्यापी हडतालको कारणले यहाँ पनि शिक्षक विद्यार्थी हडताल गरे । राजनैतिक रीस इबी साध्न झै झगडा र षडयन्त्र चले पनि शैक्षिक चेतना र जागरण बढ्दै गएको तथ्यलाई बिर्सन हुँदैन ।

सर्म्पर्कमा रहँदा थाहा पाएका वहाँका आनी बानी
हेमराज शर्मा धार्मिक ग्रन्थहरुको अध्ययन गर्ने, एैतिहासिक खोजपर्ूण्ा लेखनकार्यमा लाग्ने, संघ संस्थाहरुमा नेतृत्व प्रदान गर्ने, जनचेतना अभियान तथा भौतिक संरचनाका कार्य आदिमा विशेष अभिरुचिका साथ आफूलाई व्यस्त राख्न रुचाउने एक उदाहरणीय व्यक्तिको नाम हो । वहासंग बेलाबेलामा सर्म्पर्कमा हुँदा वहाँका आनी बानी बारे पनि हामीलाई थाहा हुन्थ्यो । वहाँले धुम्रपान, मध्यपान गरेको र तास जूवा खेलेको हामीले कहिल्यै थाहा पाएनौं । शायद अरु कसैले पनि देखेको छैन होला । त्यस्तै वहाँले अचेल चिया पनि पिउनु हुन्न र शाकाहारी भोजन गर्नु हुन्छ । हामी २८।२९ सालबाटै बागलुङ आउँदा श्यामप्रसाद खजाञ्चीकहाँ बस्ने गथ्र्यौ । वहाँ पनि त्यहा बसेको बेला एक बिहान एक अंखोरा पानी पिउनु भयो । पछि वहाँले प्रत्येक बिहान २ माना जति पानी पिउनु हुन्छ भन्न्ो कुरा थाहा पायौं । शायद आजसम्म पनि वहाँको त्यो बानी हुनु पर्छ । अचेल सोधिएको छैन ।
अन्त्यमा
बलेवामा शिक्षा तथा विकासको दीयो बलाउन साँच्चिकै हेमराज शर्माको ठूलो योगदान छ । वहाँको व्यक्तित्व तथा सम्पादित क्रियाकलापहरुको अनुसन्धान तथा मूल्यांकन हुनु जरुरी छ । यस चोटि प्रकाशन हुने ग्रन्थले सबै कुरा बटुल्न संभव नहुन सक्छ । ग्रच्थका धेरै भागहरु बन्न सक्छन् । विविध पक्षमा खोजपर्ूण्ा आलेख तयार पार्ने व्यक्ति वा संस्था नखटिई, जिम्मेवारी नलिएसम्म तयो पूरा हुन सक्दैन । हेमराज शर्मालाई विभिन्नले विभिन्न रुपमा लिन सक्छन् । तर जो सुकैले पनि वहाँले शैक्षिक र सामाजिक विकासमा पुर्‍याएको योगदानलाई बिर्सन सक्दैनन् । त्यसैले वहाँका राम्रा विचारले अझै शेष जिन्दगीमा देश विकासमा टेवा पुग्नेछ भन्दै वहाँको दर्ीघायुको कामना गर्दछु ।

No comments:

Post a Comment