Saturday, February 13, 2010

नेपाली बाङमयमा रत्न श्रेष्ठ पुरस्कार गुठी पुस्तकले उब्जाएका तर्क तथा जिज्ञासाहरु

डा. प्रेमप्रसाद शर्मा
१. पुस्तक परिचय
नेपाली बाङमयमा रत्न श्रेष्ठ पुरस्कार गुठी ढुण्डीराज पौडेलद्वारा लिखित, जगत-चन्द्र स्मृति विद्वत वृत्ति प्राप्त एक शोधमूलक कृतिको रुपमा हालैको लोकतन्त्र वर्ष२०६३मा इन्टरनेशनल बुक स्टार्ण्र्डड नं. -क्ष्क्द्यल्) ९९४-४७-८८५-०-२ को सहमत श्रेष्ठ तथा गणेशकुमार जी.सी. द्वारा निर्मित रत्नकुमारी श्रेष्ठको रंगीन तस्वीर अंकित आवरण पृष्ठमा प्रज्ञा आफसेट प्रिन्टिङ प्रेस प्रा.लि.को मुद्रणमा र्सवाधिकार लेखकमानै निहीत राखी संस्थागत मूल्य रु २०० र विद्यार्थी सहुलियत मूल्य रु १५० राखी रत्न-श्रेष्ठ पुरस्कार गुठी अर्न्तर्गतको दीप-अमृत -दीअ) प्रकाशन द्वारा प्रकाशित भै वितरण हुने गरी प्रकाशित भएको छ ।
पुस्तकका लेखक बागलुङ जिल्लाको छिस्ती गा.वि.स.मा जन्मेका ३० वषर्ीय युवक छन् र अध्यापन कार्यमा लगेका छन् । लेखकको यो नै पहिलो कृतिको रुपमा उभिएको छ । लेखकको अनुसार रत्न-श्रेष्ठ पुरस्कार गुठी सम्बन्ध्ामा लेखिएको अनुसन्धानात्मक कृतिमा यो अध्ययन पहिलो हो ।
पुस्तक पल्टाउँदा "संसारमा सबभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढे" भन्ने प्रेम छोटाको उद्गार र २०३४ अनि र अक्षर अंकित लोगो -विशेष प्रतीक चिन्ह, सहित नेपाली वाङममय सेवाका ३० वर्षभन्ने लेखिएको पेजबाट शुरुवात भएको छ । त्यसपछि शर्ीष्ाक पेज, पुस्तक परिचय पेज, संस्थापक प्रेम छोटाको तस्वीर, स्थापनाकालका प्रबन्ध समितिका ४ जना सदस्यहरुको तस्वीर भएको पेज, हाल प्रबन्ध समितिका सदस्यहस्को तस्वीर भएका पेजहरु प्ाछि प्रकाशीय प्रा. डा. दयाराम श्रेष्ठको मन्तव्य, लक्ष्मणप्रसाद गौतमको रत्न- श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृष्टिप्रक्षेप आलेख, लेखकीय र अनुक्रम पछि पृष्ठ संख्या शुरु गरिएको पाँच परिच्छेद, परिशिष्ट खण्ड र सर्न्दर्भ सूची सहित १७५ पेजको २१.२ से.मी. लम्बाई र १४ से.मी. चौडाइ साइजको आकर्षा रंगीन कलेवरको पुस्तक छ यो ।
२. पुस्तकका परिच्छेदहरुको संगठनात्मक ढांचा
पुस्तकको प्ारिच्छेद १ मा लेखकले ध्ाौलागिरी अञ्चललाई भौगोलिक, राजनैतिक विभाजन र धार्मिक, साँस्कृतिक विविधताबारे परिचय गराएका छन् । यसै सर्न्दर्भमा अञ्चलको लोक साहित्य र लोक संस्कृतिको बारेमा उल्लेख गर्दै बागलुङमा सहित्यिक संघ संस्थाको स्थापना र परम्परामा साहित्यिक विकासका लागि भएका प्रयासहरुबारे जानकारी गराएका छन् ।
प्रिच्छेद २ को नेपाली साहित्यिक संघ संस्थाका सापेक्षतामा रत्न-श्रेष्ठ पुरस्कार गुठी अर्न्तर्गत साहित्यिक संघ संस्थाको विकासक्रमसंग गुठीको स्थापनाको प्रसंग ल्याएर पुरस्कार गुठी स्थापनाको प्रेरणा श्रोत, संकल्प, उद्देश्य, अक्षयकोष, पुरस्कारको प्रावधान, बाङमयको दायरा, कार्यक्षेत्र विस्तार, पुरस्कृत व्यक्तित्व विवरण, रत्नकुमारी श्रेष्ठ र प्रेम छोटाको संक्षिप्त परिचय सहित गुठीका संरक्षक, विशिष्ठ र आजीवन सदस्यहरुको बारेमा प्रकाश परिएको छ ।
प्ारिच्छेद ३ मा गुठीद्वारा संचालित साहित्यिक गतिविधि र मूल्यांकनमा गुठीद्वारा संचालित जिल्लास्तरीय, पश्चिमाञ्चलस्तरीय र राष्ट्रियस्तरको बृहद् कवि गोष्ठीको बारेमा जानकारीका साथै साहित्यिक घेटघाट, जन्मजयन्ती, शोकसभा, पुस्तक विमोचन, प्रकाशन कार्यमा दीअ प्रकाशन-२०५५, रत्न-श्रेष्ठ पुरस्कार पुस्तकालय-२०३७ र पुस्तकालय सम्बन्धी गतिविधिहरु, रत्न-श्रेष्ठ राष्ट्रिय सम्मान -२०५३, जगत-चन्द्र स्मृति सम्मान कोष -२०५८, अभिनन्दन एवं सम्मान र प्रतिमा स्थापना गर्ने कार्यमा रत्नकुमारी श्रेष्ठको प्रतिमा स्थापना, आदिकवि भानुभक्त आचार्य र नाटयसम्राट बालकृष्ण समको प्रतिमा स्थापनामा भएका पहल कदमहरु र गुठीको रजत जयन्ती -२०५९ का बारेमा प्रकाश पार्नुका साथै गुठीको समग्र मूल्यांकन पनि गर्नु भएको छ ।
यसैगरी परिच्छेद ४ मा रत्न-श्रेष्ठ पुरस्कार गुठीद्वारा पुरस्कृत कृतिहरुको विवेचनात्मक अध्ययन गरिएकेा छ । विवेचना गरिएका कृतिहरुमा मोहनबहादुर मल्लको सिंजा इतिहासको गोरेटो - इतिहास, काजी रोशनको मानसरोवरमा डुबुल्की मार्दा - निवन्ध स्रग्रह, नवराज कार्कीको सिलसिला - कविता संग्रह, मुकुन्दप्रसाद शर्माको केही सन्तोष केही आक्रोस - कविता संग्रह, हिरामणि शर्माको समालोचनाको बाटोमा - समालोचना संग्रह, ठाकुर पराजुलीको नेपाली साहित्यको परिक्रमा - समालोचना संग्रह, हरि बन्दीको उल्टो पट्ट ि- हास्यव्यंग, डा. शास्त्रदत्त पन्तको व्यवस्थित वस्ती र गाउँ विकास - राजनैतिक गाउँ विकास योजना, डिल्लीराम मिश्रको नेपाली प्रतिभा र पुरस्कार - अनुसन्धानात्मक आलेखहरु, होमनाथ सुवेदीको अंकुर - उपन्यास, भवेश्वर पंगेनीको पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन-२००७ - इतिहास, डा. रविलाल अधिकारीको प्रगतिवादी नेपाली समालोचना - अनुसन्धानात्मक समालोचना, सन्तु श्रेष्ठको कुहिरोभित्र श्वेत बान्की - कविता संग्रह, सर्ुदर्शन सिलवालको नेपालको अर्थशास्त्र - अर्थशास्त्र, लक्ष्मणप्रसाद गौतमको समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण - समालोचना र शान्तिनारायण श्रेष्ठको स्मृतिका लहरहरु - शोककाव्य छन् ।
परिच्छेद ५ मा उपसंहार र परिशिष्ट खण्डमा रत्न-श्रेष्ठ पुरस्कार गुठीको जिल्ला प्रशासन कार्यालयको दर्ता प्रमाणपत्र, पुरस्कार गुठी नाम संशोधनको जिल्ला प्रशासन कार्यालयको बोधार्थपत्र, प्रारम्भिक पत्र र नियमावली -२०५९, पुरस्कृत कृतिलाई दिइने प्रमाणपत्रको नमूना, विभिन्न गतिविधिहरुको फोटोहरु र अन्त्यमा सर्न्दर्भग्रन्थ सूची दिइएको छ ।
३. पुस्तकको बारेमा पुस्तकभित्रै बोलेका कुराहरु
प्ाुस्तकको बारेमा पर्याप्त कुराहरु पुस्तकमा लेखिएको दीअ प्रकाशनको प्रकाशकीय, प्रा. डा. दयाराम श्रेष्ठको मन्तव्य, लक्ष्मणप्रसाद गौतमको रत्न-श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृट्रि्रक्षेप र लेखकीयमा आइसकेका छन् । लेखकीयमा प्रतिभाशाली साधकहरुलाई उपयुक्त किसिमले सम्मानित गर्नु पर्ने आवश्यकता हुन्छ, बहुपक्षीय प्रेरणदायी तत्वहरुमध्ये पुरस्कार तत्व पनि महत्वपर्ूण्ा भनिन्छ भन्ने लेखकले स्नाताकोत्तर परीक्षा उत्तर्ीण्ा गर्ने प्रयोजनमा तयार पारिएको शोधपत्रलाई औपचारिक ढाँचाबाट पर्ूण्ातया मुक्त गरी कृतिगत रुप प्रदान गरेको कुरा व्यक्त गरेका छन् । लेखकले नै शोधार्थीलाई उपयोगी हुने गरी अध्ययनमा गुठीका समग्र रुपलाई उल्लेख गरेको र संस्थाद्वारा पुरस्कृत कृतिहरुको विवेचना गरिएको कुराको उल्लेख गर्नुका साथै कृतिका सम्पर्ूण्ा सीमा र न्यूनताको पनि महसूस गरेको छन् ।
मैले भन्न खोजेका धेरै अंशहरु मिल्छन् लक्ष्मणप्रसाद गौतमको रत्न-श्रेष्ठ पुरस्कार गुठीको इतिवृत्त माथिको दृष्टिप्रक्षेपमा र सहमत पनि छु । उनको यस भूमिका आलेखमा यो अनुसन्धानले संस्थाको समग्र विश्लेषण र मूल्यांकन गर्न नसकेको र विशेष अनुसन्धानको तहमा मात्र संभव हुने कुरा बताएका छन् । संस्थाद्वारा पुरस्कृत कृतिहरुको परिच्छेद ४ मा विश्लेषण गरिएको कुरालाई उल्लेख गरी विवरणात्मक, सूचनात्मक र विवेचनात्मक भएको कुरा गौतमले एकातिर बताएका छन् भने अर्को तिर प्राविधिक र विश्लेषणात्मक पक्षमा कृतिले अपेक्षित वस्तुनिष्ठता प्राप्त गर्न बाँकी छ पनि भनेका छन् । फेरि आजसम्मको अर्थमा कृति पर्ूण्ा र अध्यावधिक छ पनि भनिएको छ ।
यसैगरी प्रा.डा. दयाराम श्रेष्ठले यस पुस्तकले संस्थाको बारेमा जानकारी दिनुका साथै यसमा संग्रहित सूचना सामग्रीहरुले नेपाली साहित्यको इतिहास लेखनका लागि अपरिहार्य सर्न्दर्भ कृति बनेको कुरा बताएका छन् ।
४. रत्न-श्रेष्ठ पुरस्कार गुठी र पुस्तकले उब्जाएका जिज्ञासाहरु
रत्न-श्रेष्ठ पुरस्कार गुठी २०३४ साल चैत्र ३ गते रत्न-श्रेष्ठ पुरस्कार संस्थानको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र संस्थाको २०५५ साल माघ २० को साधारण सभाले रत्न-श्रेष्ठ पुरस्कार गुठीको रुपमा परिवर्तन गर्ने निर्ण्र्ााअनुसार जिल्ला प्रशासन कार्यालयको २०५५ साल फागुन ३ गतेको निर्ण्र्ाााट गुठीको रुपमा स्वीकृत भएको छ । संस्थाले साहित्यकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०३४ सालसम्म धवलागिरी अंचललाई कार्यक्षेत्र बनाएकोमा २०४९ साल पश्चात् पश्चिमाञ्चल क्षेत्रलाई कार्यक्षेत्र विस्तार गर्नुका साथै स्वदेशी तथा विदेशी साधक वा संस्थालाई २ वर्षा एक पटक रत्न-श्रेष्ठ पुरस्कार सम्मान प्रदान गर्ने कार्य र प्रकाशन क्षेत्रमा दीप-अमृत -दीअ) प्रकाशनले आफ्नो कार्य थालनी गरेको छ । संस्थाको २०५९ मा बनेको ५ सदस्यीय प्रबन्ध समितिले नियमावलीको ६ वर्षकार्यकालको प्रावधान अनुसार हाल कार्य गरिरहेको छ । यस संस्थामा गुठीका प्रमुख संस्थापक प्रमुख संरक्षक र एकाघरका परिवारका सदस्यहरु यस संस्थामा संरक्षक सदस्य रहने र स्ांस्थापक संरक्षकले उत्तराधिकारवाला संरक्षक तोक्ने र १९ जनासम्म साधारण सभामा रहन सक्ने व्यवस्था नियमावलीले गरेको छ ।
व्यक्तिभित्र विचारहरु हुन्छन् सकारात्मक विचारहरुले योजना तर्जुमा गरी व्यवहारमा उतार्न सके मात्र आशातीत विकास हुन्छ । यिनै विचारले गर्दा संस्था जन्मन्छन्, संस्था भने पछि व्यक्ति हुन्छन् वा संस्था व्यक्तिसंग गाँसिएको हुन्छ । जाँ हेनरी डयुनाको विचारसंग रेडक्रस, अल्पmेड नोबेलको विचारसंग नोबेल पुरस्कार भए जस्तै प्रेम छोटाको विचारको मर्ूत रुप हो यो रत्न श्रेष्ठ पुरस्कार गुठी । यस पुस्तकले संस्थाको जन्मबारे प्रकाश पारेको छ । संस्थाको स्थापना साहित्यको विकासको अवधारणले भएको हो । आमाको संझनामा मन्दिर, बाटोघाटो, चौपारी आदि निर्माण गर्ने वा अन्य संस्थालाई रकम दिई सहयोग गर्ने वा खेलाडी वा पर्वतारोही आदिलाई पुरस्कृत गर्ने काम पनि त हुन सक्थे तर छोटा आफू साहित्य प्रति अभिरुचि राख्ने व्यक्ति भएको हुनाले यस पुरस्कार संस्थाको स्थापना गरे र उनका विचार अनुसार पुरस्कारमा मात्र सीमित नराखी अन्य क्रियाकलापहरु प्ानि संस्थाले संचालन गर्न थाल्यो र संस्थागत विकास हुँदै गयो । यसरी प्रेम छोटा साहित्य प्रति अभिरुचि राख्ने व्यक्ति भएकोलेनै आमाको संझनामा स्थापित संस्था मार्फ नेपाली वाङमयमा योगदान पुर्‍याउने अठोटका साथ लागेकोे पाइन्छ ।
साहित्यको सम्बन्ध जीवनसंग हुन्छ र कुनै पनि स्थानको राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक आदि वातावरणले जनजीवनमा प्रभावित पार्ने भएकोले साहित्यिक क्षेत्रबाट सम्बद्ध पक्षहरुमा साहित्यिक चेतना वा भावना भर्ने काम यस गुठीले गरेको छ र गर्नु पर्ने देखिन्छ ।
रत्न-श्रेष्ठ पुरस्कार गुठीको सम्बन्धमा लेखिएका लेख शोधपत्रहरुमा स्नातकोत्तर शोधपत्रमा गणेशप्रसाद शर्माको "नेपाली साहित्यमा बागलुङ जिल्लाको योगदान-२०५५", डिल्लीराम मिश्रको युवामञ्च-वर्ष१२, अंक ८) मा प्रकाशित लेख "बागलुङको रत्न-श्रेष्ठ पुरस्कार पुस्तकालय कहिले, कसले -"-२०५६ र समकालीन साप्ताहिक-वर्ष१ अंक २५)मा "बागलुङको बाङमयमा प्रेम छोटा"-२०५० र रत्न-श्रेष्ठ पुरस्कार संस्थानको बुलेटिनहरु-२०३६-२०३९ लेखकले फेेलापारेका रचनाहरु हुन् र यस सम्बन्धी शोधको आवश्यकता महसूस गरी यस गुठी सम्बन्धमा शोध कार्य गरेका छन् । लेखकको अनुसन्धानात्मक पाण्डुलिपिलाई जगत्-चन्द्र स्मृति सम्मान कोषले विद्वत् वृत्ति दिई दीअ प्रकाशनलेे प्रकाशन गरेकोले लेखक जगत-चन्द्र स्मृति सम्मान कोष बारे पनि सोध खोज गर्न मानसिक रुपमा तैयार हुनु पर्ने देखिन्छ र यसबारे पनि कलम चलाउनु हुनेछ भन्ने आशा पाठकहरुले गर्नु स्वभाविक छ ।
पुस्तकमा स्थापना कालका प्रबन्ध समितिका व्यक्तिहरु र हालको प्रबन्ध समितिकिा व्यक्तिहरुको नाम दिएकोले ३० वर्षो दौरानमा समितिमा के कति परिवर्तन भएको छ त्यसको साथै पुरस्कार प्रदान गर्ने प्रकृया, छनौट प्रकृया, समावेश भएका प्रतियोगीहरु कति जना र को को थिए र तिनका ग्रन्थहरु के के थिए सो सूची पनि भएको भए यस विषयको जिज्ञासा मेटिने थियो ।
न्ााटयसम्राट ब्ाालकृष्ण समको प्रतिमा स्थापनाको लागि बालकृष्ण सम प्रतिमा निर्माण समिति र कार्यालय प्रमुखहरु रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको ले सो निर्माण समिति र सल्लाहकार समितिको बनावट/नामावलीबारे पनि जान्ने जिज्ञासा पाठकको रहन्छ । यसैगरी इष्टिमेट र नक्सा पनि बनाईएको छ भनेकोले कहाँ कुन र्ठार्उमा स्थापना हुने हो सो पनि जिज्ञासा को विषय छ ।
व्यक्तिका विचार, भावना र योग्यताको साथै आर्थिक सम्पन्नताले व्यक्तित्वमा पार्ने प्रभाव जस्तै लेखकका विचार, भावना वा पठनीय सामग्रीका साथै भूमिका र यसको मूल्यले पनि पुस्तकको महत्व माथि प्रभाव पार्दछ । यही पुस्तकलाई निशुल्क वितरण गर्नु वा रु ५००। व्ाा बढी वा कम राख्नुले पनि पुस्तक सम्बन्धी प्रशस्त मनोवैज्ञानिक प्रभाव पार्दछ । उत्पादन लागत र दर्ुलभता मूल्य निर्धारणका आधार हुन सक्छन् । दीअ प्रकाशनले यस संस्करणमा कति प्रति प्रकाशन गरेको छ यो पनि जिज्ञासा रहेको छ । धेरै प्रति छापिनु र कम मूल्यबाट बढी पाठक समक्ष पुर्‍याउनुले पनि महत्वपर्ूण्ा प्रभाव पार्दछ ।
संस्था दर्ता हुँदाको विधान, पुरस्कार प्रकृयाको सर्न्दर्भमा विभिन्न वर्षा निरुपक मण्डल र संलग्न विद्वानहरु, विभिन्न उपसमितिहरु, व्यक्तिको संलग्नता, सस्थाको कर्मचारी संगठन, संस्थाको वाषिर्क वा आवधिक कार्ययोजना, प्रयुक्त विभिन्न फारामहरु, आर्थिक प्रगति, लेखापरीक्षण प्रतिवेदनहरु वा यिनको सार।ंश, विश्लेषण, कोष रहेको बैंक, खाता संचालन र रकम परिचालत आदिबारे पनि संस्थाको विषयमा जिज्ञासा उठ्नु स्वाभाविक छ ।
कवि, लेखकहरुले पुस्तक प्रकाशन गरेका हुन सक्छन् तर प्रतियोगीको रुपमा आफूलाई उभ्याउन नचाहने वा प्रतियोगितामा समयमा निवेदन सहित कृति पेश गर्न नसक्ने अवस्था पनि हुन सक्छ । यस्तो अवस्थामा प्रकाशित कृतिहरुको जानकारीको आधारमा प्रतियोगितामा समावेश गरी लेखकलाई जानकारी दिने वा संभव भएसम्म लेखकको स्वीकृति लिई समावेश गर्ने परिपाटीको विकास भएमा अझ राम्रो हुने देखिन्छ । लेखक, कविहरुले पुरस्कारको आशाले लेखेका हुँदैनन् र कहाँ कता कता पेश गर्नु पर्ने ध्यान नपुग्न सक्छ । गुठीले आफै एउटा सूचना केन्द्रको रुपमा काम गरेको छ र नेपाली वाङमयको अन्तर्रर्ााट्रय, राष्ट्रिय र अझ विशेषगरी पश्चिमाञ्चल क्षेत्रको सूचनाहरु राख्न सक्षम हुनु जरुरी देखिन्छ ।
यसबाहेक महिला, दलित र सुविधाक हिसाबले पछाडिपरेका भौगोलिक क्षेत्रका साहित्यकारहरुलाई पनि कसरी साहित्यिक अभिचेतना र प्रेरणा भर्न सकिन्छ त्यस तर्फपनि यस गुठीको ध्यान जानु जरुरी देखिन्छ । यस्तै वन, पाखा, मेलापात आदिमा अलिखित रुपमा तर सुमधुर रुपमा गुन्जिने लोक साहित्य वा जीवनका तीता मीठा अनुभवका गीतहरुलाई सीमित मात्रामा रेडियो आदिले समेटे पनि जनस्तरमा पुगी हराएर जाने गुन्जनलाई कसरी लिपिबद्ध गरी लोक साहित्यको विकास गर्न सकिन्छ यो पनि गुठीको थप क्रियाकलापको रुपमा आउन सक्छ ।
राष्ट्रियस्तरमा पहिचान प्राप्त गरिसकेको यस गुठीले अन्य अंचल वा जिल्लामा सर्ंपर्क व्यक्ति वा सूचना सञ्जालको विकास गरी नेपाली वाङमयमा थप योगदान पुर्‍याउन सक्ने भएकोले सो सम्बन्धी कार्ययोजना तय गर्न पनि लाग्नु पर्ने देखिन्छ ।
५. पुस्तकमा अनुसन्धान विधि ंंंंर प्रस्तुतीकरणका पक्षबारे
शोधकर्ताले द्वितीयक श्रोतहर स्ंांस्थाका प्रकाशित तथा अप्रकाशित पुस्तक, पत्रिका, खाता तथा अभिलेखहरुबाट संस्था तथा प्रलेखीय तथ्य तथा जानकारी बढी अंशमा लिएका छन् र साक्षात्कार, अवलोकन आदि कम मात्रामा छन् र कृतिपरक विश्लेषणमा भने बढी अंशमा प्राथमिक श्रोत वा स्वअध्ययन, अनुभव र अनुभूतिलाई लिपिबद्ध गरेका छन् । यसरी अध्ययनको सिलसिलामा प्राप्त तथ्यांकलाई वर्गीकरण गर्ने गणीतीय औजार वा आधार सिर्जनामा बढी समय नदिएको आभास विश्लेषण र सामान्यीकरण वा नतीजा र निष्कर्षे देखाएका छन् ।
शोधकर्ताको शोधको विषय सम्बन्धी पाठकले के कुरा सोध्लान् भनी आफै पाठक भएर आफूलाई जे जति प्रश्न गर्नु पथ्र्यो त्यति बढी प्रश्न आफूलाई नराखेको देखिन्छ । अध्ययनलाई एउटा दायरा भित्र नियन्त्रित गर्नु लेखकको बाध्यता पनि हुन सक्छ र उद्देश्य प्राप्तीका लागि यो आवश्यक पनि छ । यसबारे केही कुरा लेखकीयमा भनी सकेका छन् । वस्तुगत तथ्य माथि अडकल वा अन्दाजको भर हुँदैन, यो सबैलाई मान्य हुन्छ तर वैचारिक वा विषयगत वा व्यक्तिपरक भावधाराहरुमा अन्दाज वा अडकलबाजी लगाउन मिल्छ । सो अन्दाज लेखक वा कर्तालाई मान्य वा अमान्य दुबै हुन सक्छ । त्यसैले कृति विश्लेषण दोश्रो कोटीको भएकोले यस्तो विश्लेषण व्यक्तिपरक हुनु स्वाभाविक र्ठहर्छ ।
अध्ययनमा आंशिक रुपमा सकारात्मक खोजीकोे अवधारणा अवलम्बन गरिएको छ । सकारात्मक रुपमा सोध खोज गरी प्राप्त जानकारीहरुलाई प्रस्तुत गरिएको छ । तर यसमा सँस्थालाई कुन बाटो कसरी जाने भन्ने शोधकर्ताको थप स्पष्ट सुझाव र सल्लाह राखेको भए सरोकारवालालाई थप वैकल्पिक दिशा निर्देश प्राप्त हुने अपेक्षा पूरा हुने थियो । यसमा थप खोजका विषयहरु भने राखिएको छ ।
अनुसन्धान कार्यमा सहभागितात्मक पद्दति अप्नाइएको छ । संस्था सम्बन्धी विभिन्न जानकारी बटुल्न संंस्थासंग सम्बन्धित व्यक्ति वा पक्षसंग विचार आदान प्रदान, अनौपचारिक छलफल भएको बुझिन्छ । पुस्तक अध्ययनबाट संरचनात्मक प्रश्नावलीको प्रयोग नभएको भेटिएतापनि अनौपचारिक र असंगठनात्मक प्रश्नहरु सहित अन्तर्वार्ता र छलफल भएको बुझिन्छ ।
शोधकर्तालाई अध्ययनको लागि गतिविधि संचालन भएका कुनै अगम्य ठाउँमा पुग्न नपरेको र केही साधन श्रोतहरु जस्तै व्यक्ति तथा अध्ययन सामग्रीहरु संस्था र निकटवर्ती क्षेत्रहरुमा प्राप्त हुनुका साथै देशमा विद्यमान तात्कालीन द्वन्द्वको न्यून प्रभाव रहे पनि त्यति असहज वातावरण देखिन्न । अन्य श्रोतहरुमा समय र आर्थिक पक्ष मात्रै असहज बनाउने लेखकका अर्न्तर्द्वन्द्वका पक्षहरु हुनसक्ने मात्र अडकल काट्न सकिन्छ । त्यस्तै कृति विश्लेषणमा धेरै कृतिहरु भएको भए पुस्तक धेरै ठूलो हुनेथियो र समय पनि बढी लाग्ने थियो । थुप्रै कृतिहरु भएको भए लेखकले अध्ययनमा समेटिने पक्षहरुमा वैकल्पिक उपायहरु ख्ोेज्नु पर्ने अडकलबाजी गर्न सकिन्छ ।
यो अनुसन्धानात्मक अध्ययन हो र कुनै पनि अनुसन्धानबाट केही न केही नतीजा प्राप्त हुन्छ त्यही नतीजा वा प्रतिफल हो यो कृति । विश्लेषण कुनै पनि ठाउँमा हुन सक्छ । यसको एउटा सानो उदाहरण लक्ष्मणप्रसाद गौतमले दिनु भएको छ कि पुरस्कृत कृतिहरुमा कति समालोचना, कति काव्य कविता, कति निबन्ध, उपन्यास र कति साहित्येतर आदि छन् जुन कि पृष्ठ २३ मा लेखकले नामावली विवरण तालिका मात्र दिनु भएको छ । त्यसैले विश्लेषण परिच्छेद ४ मा मात्र होइन सबै परिच्छेदमा कुनै न कुनै अंशमा हुन सक्छ र गर्न सकिन्छ । यसैगरी त्यही तलिकाबाट जिल्ल्ााको हिसाबले, अंचलको हिसाबले, व्यक्तिको शैक्षिक पृष्ठभूमिका हिसाबले, जातीय हिसाबले आदि तुलनात्मक र विश्लेषणात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ । यस्ता सबै विश्लेषण र तुलनाात्म्ाक अध्ययन लेखकले यस पुस्तकमा नगरे पनि पाठकले आफूले चाहिएको तथ्यलाई तुलना वा विश्लेषण गर्न सक्छन् ।
विश्लेषणकै सर्न्दर्भमा पृष्ठ ५ मा साहित्यिक पत्रिकाहरुको जुन विवरणात्मक सूची छ यसमा सामयिक संगालो, मुखपत्र, स्मारिका, समाचार प्रधान, विचार प्रधान वा अवधिका हिसाबले मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्धवाषिर्क, वाषिर्क आदि के हुन् विश्लेषण गरी राख्न सकिन्छ । यो सूची तयार पार्दा केही स्तम्भ थप्न सकिन्छ । यिनमा पनि हस्तलिखित र मुद्रित कुन कुन हुन् हर्ेन सकिन्छ । यसै गरी प्रकाशन वर्षा हिसाबले प्रत्येक पाँच वर्षवा दशकका हिसाबले कसरी संख्या बृद्धि भएको छ हर्ेन सकिन्छ ।
जो कोहीले पनि नेपाली वाङ्मयमा रत्न-श्रेष्ठ पुस्कार गुठी पुस्तकको नामबाटै संस्थाको संगठनात्मक पक्ष, व्यवस्थापन प्ाक्ष, गतिविधि पक्ष र संस्थाले पारेका प्रभावहरु -साहित्यिक क्षेत्रको साथै अन्य आर्थिक, सामाजिक, मानवीय/भावनात्मक, राजनैतिक, सम्बन्ध विस्तार आदि आदि) के के छन् सो बारे पनि धेर-थोर जानकारी पाउने आशा राखेको हुन्छ पाठकले । यी सबै पक्ष संस्थाको विश्लेषण भित्रै पर्दछन् । अझ संस्थाको विश्लेषण संस्थाको विकासक्रममा के कस्ता सबल पक्षहरु छन्, संस्थाको विकासको लागि के कस्ता कमजोरीहरु हटाउनु आवश्यक छ र भविष्यमा थप संभावित क्रियाकलापहरु क्े के हुन सक्छन्, के कस्ता समस्या वा बाधाहरु छन्, संस्थाभित्रका निर्ण्र्ाारु, तिनको कार्यान्वयन, संस्थाको सहभागिता वा साथै नीति नियमहरुमा सरकारी नीति नियमहरु के कति अनुकूलित छन् आदिको विश्लेषण गरी अध्ययनले खास खास कुराहरुको सिफारिस गर्नु पनि महत्वपर्ूण्ा पक्ष हुन आउँछ ।
लेखकले पृष्ठ २१ म्ाा नेपाली साहित्यको सीमाबाट नेपाली बाङमयमा विस्तारमा नेपाली भाषामा लेखिएका सबै विषय र विधाका उत्कृष्ठ ग्रन्थका साधकहरुलाई पुरस्कृत गर्ने भनी उल्लेख गर्नु भएको छ । यसले नेपाली भाषामा लेखिएका जुनसुकै विषयको ग्रन्थलाई बुझाउँछ । साहित्यमा सबै विषयसंग सम्बन्धित कुराहरु आउन पनि सक्छन् । नेपाली भाषामा लेखिएको गणितमा २ जनाको दर्ुइ दर्ुइ रुपैंया जोड्दा चार हुन्छ तर दर्ुइ जनाका दर्ुइ दर्ुइ विचारहरु जोड्दा साहित्यमा दर्ुइ, तीन, चार वा पाँच हुन सक्छ । त्यो हो दुबैका विचार मिल्न सक्छन् वा दोहोरिएका हुन्छन् वा ती विचारहरुबाट नयाँ विचारको सूत्रपात हुन सक्छ । हिसाबका परिकल्पना प्रमाणित हुन्छन् वा तिनको कुनै उत्तर आउँछ, साहित्यका परिकल्पनाहरु प््रामाणित नहुन पनि सक्छन्, परिकल्पनामै रहन सक्छन्, प्रतीकको रुपमा, भावात्मक रुपमा वा छाँया वा बिम्बको रुपमा रहन सक्छन् । त्यसैले नेपाली साहित्य भन्नाले अन्य भाषा अंग्रेजी, मैथिली, फ्रेन्च आदि भाषाको बुझिदैन तर नेपाली भाषामा भौगोलिक साहित्य, आर्थिक सहित्य, गणितीय साहित्य, राजनीतिक साहित्य, आयर्ुर्वेदीय वा औेषधीय सहित्य, ऐतिहासिक साहित्य, वैज्ञानिक साहित्य आदि आदि हुन सक्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ । त्यस्तै पेशा वा पढाइको विषयको हिसाबले राजनीतिज्ञहरु, भूगोलविदहरु, अर्थशास्त्रीहरु, चिकित्सकहरु, इतिहासविदहरु, मानवशास्त्रीहरु, समाजशास्त्रीहरु आदि आफ्नो विषय र अनुभवबाट विषय सम्बन्धी ग्रन्थका साथै साहित्य सिर्जना पनि गर्न सक्छन् ।
साहित्य मनोरञ्जनको लागि मात्र नभएर जीवन यापनको लागि आवश्यक ज्ञान, सीप र धारणाको विकास गरी सक्षम जनशक्ति तयार गर्नका लागि हो । मेडिकल डाक्टर र रोगी बीचका कुराकानी, अवस्था र अनुभवलार्इर्र्डाक्टरले साहित्य सिर्जनामा लगाउन सके, व्यापारी र ग्राहकबीचका कुराकानी र अनुभवलाई व्यापारीले साहित्य सिर्जनामा लगाउन सके, यस्तै यस्तै ड्राइभर, यात्रु र खलासी बीचका वार्ता र अनुभवलाई आलेख तयार गर्न सके वास्तविक अवस्था र अनुभवको बोध हुन जान्छ ।
पुस्तकमा अध्ययनको सापेक्षता सम्बन्धी पनि प्रसंग आएको छ । वास्तवमा अध्ययन गरिएको समय, साल, महिना, गते, मौसम आदिको साथै त्यतिबेलाको आर्थिक, सामाजिक, राजनैतिक परिस्थिति र वातावरण, उपलब्ध श्रोत साधन, अध्ययन कर्ता र गरिएका प्रयासहरुको प्रशस्त प्रभाव रहन्छ कुनै पनि अध्ययन वा अनुसन्धानमा ।
प्रस्तुतीकरणमा सुधारका विषयहरु
यस्ता पुस्तकहरुको अध्ययन गरेर यसबारे लेख्ने कुरा व्यक्तिपरक हुन्छ । एक व्यक्तिका कुरा सबैलाई सबै अंशमा मान्य हुन्छ भन्न सकिंदैन तापनि यस पुस्तकमा पुरस्कृत व्यक्तित्व विवरणलाई रत्नकुमारी श्रेष्ठ र प्रेम छोटाको संक्षिप्त परिचय पछि दिएको भए, उपसंहारमा दिइएको हालसम्मका पुरस्कृत कृतिहरुको तालिकामा पेज २३ मा भएकोले यसमा नभएको भए, अन्य सम्मान, कदरपत्रका नमूनाहरु, पुरस्कृत व्यक्तिका एकल फोटोहरु परिशिष्टमा दिएको भए, नेपालको नक्सा र यसमा पश्चिमाञ्चल विकास क्षेत्रलाई यसको कार्यक्षेत्र देखाईदिएको भए, शब्द परिभाषा सूची पनि समावेश गरेको भए, दीप-अमृत प्रकाशनको दीअ प्रकाशन भए जस्तै ग्रन्थमा प्रयुक्त अन्य शब्दहरुलाई पनि शब्द संक्षेपीकरण गरी चलन चल्तीमा ल्याउन र बोली चालीको भाषामा छिटो छरितो गराउनका लागि शब्द संक्षेपीकरण सूची -कितावमा प्रयुक्त शब्द सूची जस्तै जि.प्र.का., वि.संं, गा.वि.स., कि.मी., दीअ आदि) दिएको भए र ग्रन्थकारले अध्ययनको आधारमा भिन्नै शर्ीष्ाकमा सिफारिस तथा सुझावहरु राखेको भए अझराम्रो हुने थियो भन्ने मलाई लाग्छ । किनकि यो पुस्तक नेपालीको लागि मात्र नभइ नेपाली जान्ने कुनै पनि मुलुकको व्यक्तिलाई काम लाग्छ र अरु भाषामा अनुवाद गरी भएका सामग्रीबाटै प्रकाशन गर्दा पनि काम लाग्दछन् ।
"कवि, लेखक, साहित्कार, अन्वेषक एवंं विद्वानवर्गको अपेक्षित मार्गदर्शन र सहयोग विना राष्ट्र लंगडो हुने हँुदा" भन्ने कुरा धेरै चोटि दोहोरिएको छ । लेखकीयमा, पेज १९, ५७ र ६४ मा त्यही कुरा छ । पेज ९मा भने त्यही कुरालाई फरक किसिमले लेखिएको छ । दोहोरिएको कुराले पाठकलाई वाक्क लाग्ने बनाउँछ त्यसैले फरक भाषा पारेमा वाक्क नलाग्न सक्छ । त्यस्तै पुस्तका कतै शब्द संयोजन हुनु पर्ने वा अंशचिन्ह -हाइफेन) प्रयोग हुनु पर्नेमा नभएका र पेज ६७ मा त्रिफला शब्द बढी प्रयाग भएको अन्दाज गरेको छु । पुस्तकका नयाँ संस्करणका दिन पनि आउने छन् र अझ परिष्कृत र परिमार्जन पनि हुनेछ ।
अन्यमा पुग्नु अघि केही थप कुरा पनि राख्न चाहन्छु, त्यो के भने यस अध्ययनले रत्न-श्रेष्ठ पुरस्कार गुठीलाई सिंगो रुपमा चिनाउने काम गरेकोले गुठीको लागि यो कृति महत्वपर्ूण्ा अभिलेखको रुपमा प्रस्तुत भएको छ । यस किताबमा प्रयुक्त वाक्य तथा वाक्यांशहरु कतिपय ठाउँमा सटीक र ओजपर्ूण्ा र निर्देशात्मक पनि छन् । जस्तै -पुरस्कारको रकमको आधिक्य भन्दा त्यसको स्थापनाको पृष्ठभूमि र वितरण प्रकृयाको स्तरीयता मननीय पक्ष हुन्छ ।
गुठी र यसले गर्ने क्रियाकलापहरुले गर्दा गुठीलाई ६ जना अन्धाले हात्तीलाई फरक फरक किसिमको बुझाइ वा अनुभव भएकाहरुका लागि यस कृतिले अन्धाहरुको संयुक्त मिलान स्वरुपको सिंगो हात्तीको रुपमा पुरस्कार गुठीलाई चिनाएको छ । यस पुस्तकमा प्रयोग भएको भाषा बोधगम्य छ, सरल छ । कठिन र बढी साहित्यिक शब्दले मात्रै पुस्तकको स्तरियता हुँदैन । विचार र भावनाहरु महत्वपर्ूण्ा हन्छन् र जति धेरै जनाले बुझने भाषाको प्रयोग हुन्छ त्यति पुूस्तकको लोकप्रियता बढ्छ ।
अनुसन्धानकर्ताले आफ्नो अध्ययनको पक्ष पूरा गर्ने वा औपचारिकता निभाउने मात्र सोच नलिइ संस्था प्रतिको आफ्नो जिम्मेवारी र दायित्वलाई पनि बिर्सर्ेे छैनन् । आफ्नो अनुसन्धान संस्थाको लागि पनि विशेष महत्व राख्ने अभिलेखको रुपमा तयार होस् भन्ने सोचले यस कार्यमा आत्मसात् गरेको पाइन्छ ।
यस अध्ययनले लेखकको सिर्जनात्मकतालाई देखाएको छ । कृतिहरुको विश्लेषणमा पनि लेखकले आफ्नो यो पक्षमा विकास भएको महसूस हुनुका साथै आफ्नो सिर्जनात्मक शक्तिको प्रयोग बारे आत्म सन्तोष भएको हुनु पर्छ । यसबाट लेखक अनुसन्धान्ाात्मक कार्यमा खट्न सक्ने देखिन्छन् र भविष्यमा यसबाट आत्मोन्नति गर्न सक्ने पनि देखिन्छ ।
अन्त्यमा
यस पुस्तकले पुरस्कार गुठी सम्बन्धी समग्रकुराहरुलाई जानकारी गराउनुको साथै नेपाली बाङमय महलमा एउटा महत्वपूण र आवश्यकीर्इर् इटा थपेकोले लेखकलाई धन्यवाद दिदैं साहित्य सिर्जनामा निरन्तर लागिरहने प्रेरणा जागोस् भन्ने शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।

No comments:

Post a Comment