डा. प्रेम शर्मा
नजीकै एफएम स्टेशनबाट
फर्माइसी गीतहरु बज्दै थिए,
पंखा लाएर सोफामा बसी
एफएम घन्काएर
फर्माइस गर्नेहरुका लागि ।
नजीकै एउटी महिला र बालक
बेलुकाको छाकका लागि
टुक टुक कुटिरहेका थिए साह्रा गिटीहरु ।
श्ाायद थिए उनका पनि गीतहरु,
श्ायद थिए उनका पनि कथाहरु,
होलान् उनका पनि सपनाहरु,
न उनीहरुले एफएम सुने,
न एफएमबाट बाहिर माइक फर्काइयो,
न रर्ेकर्ड गरियो उनीहरुको आवाज,
प्रचार छ त उही संविधान सभाको,
समाचार छ त उही संविधान सभाकै,
मान्छे पिटिए र मारिए भन्ने ।
कहिले कस्ले बुझाएर बुझने होर्
मर्म यो संविधान सभाको ।
टिभी पनि अर्काको कोठामै छ ।
पार्टर्ीी झण्डावाल गाडीहरु
भन्छन् भोट दिनोस् मात्रै
मात्तिइरहेछन् पेन्सन बुझेकाहरु ब्ाजारमा
बूढी तल्लीन छन्
बूढालाई फर्काउन घर ।
कसैलाई मीठो, कसैलाई नमीठो
थुप्रोको स्रि्राको गन्ध जस्तै
मलाई नमीठो लागिरहेछ
भावनाहरुलाई संगठित गर्न सकेको छैन
चेतना अभिबृद्धिको कार्यक्रम पनि
लागू नहुने आशंकामा छु ।
गाउँ विकासको अवधारणाले
पेन्सन खोज्दैछ ।
बेरोजगारहरुको दिमागमा
म पेन्सनपट्टा छापिरहेछु ।
लोभी नजरहरुलाई
स्रि्राको पसलमा लोभ्याईरहेकोछु ।
Saturday, February 13, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment