खै कविता के का लागि?
नलेखिएका कविता के लेखुँ खै?
लेखुँ भनेर कलम समाउँदा नसमाउँदै
डयाङ् डयाङ् डयाङ् सुनिन्छ आवाज
आएका एक थरि भावनाहरु छचल्किन्छन्
मनमा डरको अनुभूति हुन्छ
यो डर र त्रास भित्र लेखुँ के?
खै कविता के का लागि?
पल्ला घरकी आमै रुँदै आउँछिन्
बाबु समाचारले के भनेको छ?
मेरो भाइको नाति त अम्बुसमा परेछ
मेरै छोरी विधवा भइछे
जुवाईंलाई सुरक्षा कर्मीले मारिदिएछन्
मेघालयको चपेटामा मरेका बूढाको
श्राद्धको तिथि मितिमा
बाबु एउटा चिठ लिेखिदेउ "सञ्चै छ" भनेर।
काल नआएकी म बूढीको तर्फाट
कारगीलको युद्ध छलेर बाँचेको छोरालाई ।
आमाको माया कति छ यो समाचारले नरोयस् बाबैर्
मर्दहोस् अर्की पाउँछस्
तेरी जहान कुफतले मरिसकेकी छे ।
बूढी रुन थालिन मैले आँशुले आँखै देखिन
चिठी लेखौं कि कविता?
खै कविता के का लागि?
समयको संकेत दिने
गाउँका जुझारु भालेहरु हरार्इ सकेछन्
बिहान हुँदा पनि पोथीहरु बिउँझिदैनन्
सिउरको वर्णनले भएन अब
बजेकै छैन अझ सचेतनाको घण्टी
फूलमा फुल पारेर के गर्ने?
वंश थाम्ने चल्लाहरु हराउने भए
युगका कवितानै नजन्मिने भए
यो ओथारो के का लागि?
खै कविता के का लागि?
जहाँ शान्ति मच्चिएर अशान्ति भैरहेछ
कोही शान्ति स्थापनाका लािग बाहिर उडिरहेका छन्
भोका, नांगा राष्ट्रले राष्ट्रसंघमा थापिएका थालमा
अक्षता पाती चढाए जस्तै-
गच्छे अनुसार कनिका, आलु, बदाम र सिन्के मिर्ठाई
गरीबीको रेखामुनिको जनसंख्यालाई
हाम्रो योजनाका मन्त्रहरु प्ाढेर
गरीबी निवारणको फूमन्तर लाउँदा
लगौंटी नै पो फुस्किन थालेछ
अब के देखुँ- के नदेखुँ-
के लेखुँ ? के नलेखुँ ?
खै कविता के का लागि?
अग्निरेखा कोरुँ भन्दा भन्दै
वनमा डढेलो पसिसकेछ
पखेटा फिंजेर नाच्दै गरेका
मयूरका प्वाँखमा आगो सल्केछ
तालीवान चिुरोट र अमेरिकी सिगार तानेर
रोग निम्त्याउनेहरुले
ज्ाताततै धुँवा छोडिसकेका छन् ।
यो बारुदको गन्धमा
मनका कस्तुरी पोलिइसके
वनै भित्रको संकटकालमा
खै कविता के का लागि?
आमा ढडिया भरिएको छ, उता भारत कान्छो करायो
बल्छी, बल्छीमा बल्भिmएकाछन् सहरै सहर माछा
जालमा सोहोरिन्छन् झिंगे र कत्लेहरु
मुहानमा पोखिएको विषले भेटेछ क्यारे
घुमाउने दहमा सेता पेटहरु पल्टिएका छन्
स्वतन्त्र प्रवाहमा को खेल्यो र खै?
पानी भित्रको र्सार्वभौमिकता
दशगजाबाट बगिरहेछ
नौका विहार संगै मेरी भावना साँच्चे भागिछे
खै कविता के का लागि?
यो त यस्तै बेला हो
कविताको घरमा शब्दहरु आउन भ्याउन्नन् समयमै
कर्फ्र्यू लागेको छ, सिमानामानै बास बसिसके
भावनाहरु उड्न सक्तैनन् मौसमको खराबी छ रे
अक्षर अक्षर त लड्न थालिसके रे
हिन्दू र मुस्लिम जस्ता बनेर
यहाँ खान तलासको अनुभूति भैरहेछ ।
कविताको शून्य घर बिजुली नभएको
बेतारको तार चुँडिएको
नलेखिएको दस्तावेज जस्तै
के भनेर लेखुँ?
खै कविता के का लागि?
खै कविता के का लागि?
२०५९ साल, रामेछाप
http://www.articleprem.blogspot.com
http://www.notaryprem.wordpress.com
नलेखिएका कविता के लेखुँ खै?
लेखुँ भनेर कलम समाउँदा नसमाउँदै
डयाङ् डयाङ् डयाङ् सुनिन्छ आवाज
आएका एक थरि भावनाहरु छचल्किन्छन्
मनमा डरको अनुभूति हुन्छ
यो डर र त्रास भित्र लेखुँ के?
खै कविता के का लागि?
पल्ला घरकी आमै रुँदै आउँछिन्
बाबु समाचारले के भनेको छ?
मेरो भाइको नाति त अम्बुसमा परेछ
मेरै छोरी विधवा भइछे
जुवाईंलाई सुरक्षा कर्मीले मारिदिएछन्
मेघालयको चपेटामा मरेका बूढाको
श्राद्धको तिथि मितिमा
बाबु एउटा चिठ लिेखिदेउ "सञ्चै छ" भनेर।
काल नआएकी म बूढीको तर्फाट
कारगीलको युद्ध छलेर बाँचेको छोरालाई ।
आमाको माया कति छ यो समाचारले नरोयस् बाबैर्
मर्दहोस् अर्की पाउँछस्
तेरी जहान कुफतले मरिसकेकी छे ।
बूढी रुन थालिन मैले आँशुले आँखै देखिन
चिठी लेखौं कि कविता?
खै कविता के का लागि?
समयको संकेत दिने
गाउँका जुझारु भालेहरु हरार्इ सकेछन्
बिहान हुँदा पनि पोथीहरु बिउँझिदैनन्
सिउरको वर्णनले भएन अब
बजेकै छैन अझ सचेतनाको घण्टी
फूलमा फुल पारेर के गर्ने?
वंश थाम्ने चल्लाहरु हराउने भए
युगका कवितानै नजन्मिने भए
यो ओथारो के का लागि?
खै कविता के का लागि?
जहाँ शान्ति मच्चिएर अशान्ति भैरहेछ
कोही शान्ति स्थापनाका लािग बाहिर उडिरहेका छन्
भोका, नांगा राष्ट्रले राष्ट्रसंघमा थापिएका थालमा
अक्षता पाती चढाए जस्तै-
गच्छे अनुसार कनिका, आलु, बदाम र सिन्के मिर्ठाई
गरीबीको रेखामुनिको जनसंख्यालाई
हाम्रो योजनाका मन्त्रहरु प्ाढेर
गरीबी निवारणको फूमन्तर लाउँदा
लगौंटी नै पो फुस्किन थालेछ
अब के देखुँ- के नदेखुँ-
के लेखुँ ? के नलेखुँ ?
खै कविता के का लागि?
अग्निरेखा कोरुँ भन्दा भन्दै
वनमा डढेलो पसिसकेछ
पखेटा फिंजेर नाच्दै गरेका
मयूरका प्वाँखमा आगो सल्केछ
तालीवान चिुरोट र अमेरिकी सिगार तानेर
रोग निम्त्याउनेहरुले
ज्ाताततै धुँवा छोडिसकेका छन् ।
यो बारुदको गन्धमा
मनका कस्तुरी पोलिइसके
वनै भित्रको संकटकालमा
खै कविता के का लागि?
आमा ढडिया भरिएको छ, उता भारत कान्छो करायो
बल्छी, बल्छीमा बल्भिmएकाछन् सहरै सहर माछा
जालमा सोहोरिन्छन् झिंगे र कत्लेहरु
मुहानमा पोखिएको विषले भेटेछ क्यारे
घुमाउने दहमा सेता पेटहरु पल्टिएका छन्
स्वतन्त्र प्रवाहमा को खेल्यो र खै?
पानी भित्रको र्सार्वभौमिकता
दशगजाबाट बगिरहेछ
नौका विहार संगै मेरी भावना साँच्चे भागिछे
खै कविता के का लागि?
यो त यस्तै बेला हो
कविताको घरमा शब्दहरु आउन भ्याउन्नन् समयमै
कर्फ्र्यू लागेको छ, सिमानामानै बास बसिसके
भावनाहरु उड्न सक्तैनन् मौसमको खराबी छ रे
अक्षर अक्षर त लड्न थालिसके रे
हिन्दू र मुस्लिम जस्ता बनेर
यहाँ खान तलासको अनुभूति भैरहेछ ।
कविताको शून्य घर बिजुली नभएको
बेतारको तार चुँडिएको
नलेखिएको दस्तावेज जस्तै
के भनेर लेखुँ?
खै कविता के का लागि?
खै कविता के का लागि?
२०५९ साल, रामेछाप
http://www.articleprem.blogspot.com
http://www.notaryprem.wordpress.com
No comments:
Post a Comment