Tuesday, July 26, 2016

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
सिमाना भत्किए बाँध मनोदेश विचारमै ।।
मनको राज्यमा त्यस्तै आयो विश्वास संकट ।
उर्लेर भावका अश्रु कपोल ओध्रिए तट ।।
विचार बोकने यैाटा जीर्ण यो देह पार्थिव ।
सिमाना राज्यका काटी उडी पातालमा अब ।।
उता हिमाल झल्किन्छ, भानु अस्त  यता हुँदा ।
सूर्यमुखी यता फुल्छ, उता मुन्टो बटारदा ।।
यस्तो यो मनको देश नेपाल रम्य सुन्दरी ।
भन्छन् भूगोल हाम्रो यो खगोल दिलको परी ।।
पिर्का नेपालको सारी अमेरिका बसे पनि ।
उही घन्टी बजिहाल्छ भान्सा भित्र पसे पनि ।।
ए कान्छा कहिले आईस्? पधेंरो, बाटो, आँगन ।
निहुँमा भेटघाट हुन्थ्यो, दिन क्यै, अनि मागन ।।
हेलो ! बाहेक यता बोल्ने को छ? वल्तिर पल्तिर ।
महिनैां परिचित हुन्नैां बस्छैां आकाश मन्तिर ।।
सभ्यता, नव सँस्कृति भित्र रम्न सिकिन्छ नै ।
सिर्जना भित्रका मान्छे, मान्छेको भाव हुन्छ नै ।।
सिमाना मनको छैन विश्व मानवको कथा ।
यैाटा मानवले बुझ्छ भूगोल भित्रको व्यथा ।।
उता छन् गोठका पाडी नोटका गाडी छन् यहाँ ।
धूँवा, धूलो उता खप्ने, यता स्वच्छ जहाँ तहाँ  ।।
तान्ने वस्तु यता धेरै, घच्याट्ने छन् सबै उता ।
बुद्ध राख्ने उता मन छ, ज्यान भन्छ बसैां यता ।।
खालि विचारका बाँध मनको पैरो रोकने ।
आशावादी बनी यैाटा मन विश्वास बोकने ।।
बोकी मानवता भित्रै, छाडी भूगोलको सिमा ।
गरी निर्वाहका काम बिताउँ दिन व्यस्तमा ।।

Remembering Nigara Falls

"नायगरा फल्स संझिदै"
योजना पारिवारिक आफ्नै यैाटा समूहमा ।
अवलोकनको लागि गरेर एक तर्जुमा ।।
बिहान आठ बज्दैमा जुलाई पाँच, सोह्रमा  ।
हुर्रियैां नायगरा फल्स हेरने बोकी तिर्सना ।।
पोका खोली चमेनाले पेट टम्म भरे पनि  ।
बाटोको दृश्यको भोक रहने भो मरे पनि  ।।
गाडीको गतिले यस्तै आँखामा दृश्य घुम्दछ  ।
बान्ता गरेर नातिनी रुँदा पो मन दुख्दछ  ।।
पुगी नायगरा फल्स क्यानडाको सिमा सँगै  ।
क्या विधि मान्छेको भीड हेर्न टिकट समाउँदै  ।।
प्लाष्टिकका खोल पैह्रेर डुंगामा घुमी हेरियो  ।
लिफ्टमा उक्लने झर्ने भीड उस्तै रही रह्यो ।।
छाँगा परी खसेको छ दुईतिर विभाजित ।
अनैाठो देखिने दृश्य आफैंमा अति रन्जित  ।।
बगी नसिद्धिने कैले हेरी अतृप्त यो मन ।
नायगरा फल्सको के पो सकिन्छ गरी वर्णन  ।।
पानी ता उही हो बग्ने जमिन पो पहरा बन्यो ।
प्रकृति रचना यस्तो पानीको छहरा बन्यो  ।।
यही दृश्य अहो कस्तो संसारै हेर्न आउने ।
समुद्र ताल हेरे नि यो नदेखी कहाँ हुने  ।।
मनमा झरना बोकी गन्तव्य छाडी फर्कियो ।
बाटोमा बाल्टीमु्र झर्दा समय धन्न घर्कियो  ।।
के गर्ने? हुँईंकियैां फेरि साँझमा घर पुगदै ।
यिनै हरफ लेख्दैछु नायगरा फल्स सम्झिदै  ।।