Saturday, March 5, 2011

कृष्णप्रसाद भट्टाराई नहुँदा

डा. प्रेम शर्मा

विश्वेश्वरप्रसाद कोइरालाको-

सामाजवाद मनपर्‍यो ।

गिरिजाको अडानमात्र ।

कृष्णप्रसाद भट्टार्राईको-

सहनशीलता र इमान्दारिता मनपर्‍यो ।

तर कसैको पनि-

मलाई पूँजीवाद मन परेन ।

पूँजीवादको प्रतिस्पर्धाले-

मान्छेले मान्छेलाई घोडा बनाउँछ ।

समाजवादमा-

मान्छेले मान्छेलाई सुमान्छे बनाउँछ ।

म त मान्छेको घोडा चढ्न चाहन्छु ।

म अमेरिका भएर टाउको उठाए पनि,

यूरोपलाई बेहोस पार्ने लागु पदार्थ पठाए पनि,

बेइमानी खानाले पेट गडबडिएको छ ।

एक दिन छेरपाटे त लाग्ने नै छ ।

हिरोशिमाले मेरो पेटमा छारकाप्रो गर्नेछ ।

आनि, म,

सहअस्तित्वको बारेमा सोचेको हुनेछु ।

नत्र मेरो कुनै कुरा-

कसैले मन पराउने छैन ।

(२०६७ फागुन २१ गते )

 

No comments:

Post a Comment