डा. प्रेम शर्मा
लाटाले "संघीययता चाहिंदैन, देश टुक्राउन पाईंदैन" भन्ने नारा लेखेको देख्यो । अनि लाटीलाई केरा देखाएको होला भन्ने सोच्यो । संघीयता नचाहिए संघी, यता टुक्राउनै पर्यो, दुइवोटा सिरानी हुने भए । यता नचाहिए उता चाहिने पो हो कि - उता पनि नचाहिए यता न उता हुने भयो । यता न उता पार्नु भन्दा धेरैले यता पारेर नटुक्राएका पो हुन् कि - नमिले त सिरानी एउटै भएरपो के गर्ने- लाटो फेरि सोचमा पर्यो । नटुक्राउने हो भने साँध सिमाना सबै मेटिने भए । तरेा गाउँ र मेरो जिल्ला, एउटै घन, एउटै किल्ला । देशै एउटै कित्ता भए पछि नापी नक्सा सजिलो । सिंगै कित्ता किन्न्लाई किन्नेसंग पनि उस्तै आँट र गाँठ पनि हुनु पर्यो । नटुक्राई लुट्न पाईंदैन, लुट्ने भए सिंगै लुट, भन्ने पो हो कि - फेरि टुक्राउन पाईंदैन भनेर जोड्ने क्रम चलाउन पनि भएन । टिस्टा र कांगडा जोड्न माग्दा उता टुक्रिने होला । त्यसो भन्न पनि भएन । पुस्ताका भत्केका बारी र सुस्ताका आली डिल लगाउँदा पनि उता टुक्रिने डर । लाटाले लाटीलाई हेरेर मुटु छाम्यो । आफ्नो स्वाभिमान भनेको मुटु त चुदन लागे, चार कोठे मुटुमा एउटी कोही पस्न के बेर ! लाटो त मर्ने भयो लौ । मुटुको कित्ता पनि बेच्न नमिल्ने भो । लाटाले फेरि नारा हेर्यो । देश बेच्न पाईंदैन भने यसो भूदान गर्न मिल्ने हो कि - मनमा द्वन्द चल्यो, मननै टुक्रियो । एकातिर मन टुक्रिएर अर्कातिर मन जोडिएर नै त होला, यो नारा कतिले टुक्राए, अझै पनि त टुक्रिने होला । लाटाको पनि उताको मन टुक्रिएर होला अर्जुन दृष्टिले लाटीलाई हेरिरहृयो । (ज्या टुंगिएछ)