Sunday, November 6, 2016

Duties at a Store: Thoughts on Mind

Duties at a Store: Thoughts on Mind
I am to stand and wait for customers
Observing the items arranging the boosters
Saying hello and how are you today
Giving thanks and wishing to have a good day
Scan the barcodes of items as fast as possible
Bagging goods, and changing money as per rule
Beautiful young ladies come to ask for mild cigars
Psychologically decreases their prettiness as I ask ID cards
Insert bills, dispense coins, and check refills
Ok, thank you, I give quarters for airing wheels
Check pump prepaid and print receipt
I am thankful being busy in my shift
I count hours for wages if and when I close the shift
Selling liquors, ices, drinks and gifts
In the road of my life there are no signals and lifts
I have to face blind spots and risky rifts
It seems not good lying down only on the bucket seat
I can work for livelihood and eating sweet
I am to learn new things and forget the past
That I have not used, my knowledge is lost
Life is to work and work is to worship
I am to feel good though have to face hardship
I am to stand to greet and see you
I have to wait to review your view
I am wishing you to be good and kind

Being at a store and bearing thoughts on mind

Virginia : A state of cigar and alcoholic beverage

Virginia in ancient and in this age
A state of cigar and alcoholic beverage
When I attain the age of eight plus ten
I am to purchase cigarette Winston
As I grow up twenty one
I demand too much alcohol and wine
This is my Virginia Commonwealth state
Rich and fertile having ocean gate
I am born here to drink, not a joke
You are born here freely to smoke
I am to sleep with colored liquor
You are to get up with lovely cigar
Drinking liquor we love more and more
This is not to question why
Answer is to tobacco dry
Here we cultivate good harvest
Tobacco is found east and west
Feelings are flown with smoke

Smoke is blown by air stroke
Drivers are allowed to smoke inside the car
Observers are allowed to smoke in the fair
Elders purchase for younger brothers
Virginia is loved by smoke lovers

Tuesday, July 26, 2016

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
सिमाना भत्किए बाँध मनोदेश विचारमै ।।
मनको राज्यमा त्यस्तै आयो विश्वास संकट ।
उर्लेर भावका अश्रु कपोल ओध्रिए तट ।।
विचार बोकने यैाटा जीर्ण यो देह पार्थिव ।
सिमाना राज्यका काटी उडी पातालमा अब ।।
उता हिमाल झल्किन्छ, भानु अस्त  यता हुँदा ।
सूर्यमुखी यता फुल्छ, उता मुन्टो बटारदा ।।
यस्तो यो मनको देश नेपाल रम्य सुन्दरी ।
भन्छन् भूगोल हाम्रो यो खगोल दिलको परी ।।
पिर्का नेपालको सारी अमेरिका बसे पनि ।
उही घन्टी बजिहाल्छ भान्सा भित्र पसे पनि ।।
ए कान्छा कहिले आईस्? पधेंरो, बाटो, आँगन ।
निहुँमा भेटघाट हुन्थ्यो, दिन क्यै, अनि मागन ।।
हेलो ! बाहेक यता बोल्ने को छ? वल्तिर पल्तिर ।
महिनैां परिचित हुन्नैां बस्छैां आकाश मन्तिर ।।
सभ्यता, नव सँस्कृति भित्र रम्न सिकिन्छ नै ।
सिर्जना भित्रका मान्छे, मान्छेको भाव हुन्छ नै ।।
सिमाना मनको छैन विश्व मानवको कथा ।
यैाटा मानवले बुझ्छ भूगोल भित्रको व्यथा ।।
उता छन् गोठका पाडी नोटका गाडी छन् यहाँ ।
धूँवा, धूलो उता खप्ने, यता स्वच्छ जहाँ तहाँ  ।।
तान्ने वस्तु यता धेरै, घच्याट्ने छन् सबै उता ।
बुद्ध राख्ने उता मन छ, ज्यान भन्छ बसैां यता ।।
खालि विचारका बाँध मनको पैरो रोकने ।
आशावादी बनी यैाटा मन विश्वास बोकने ।।
बोकी मानवता भित्रै, छाडी भूगोलको सिमा ।
गरी निर्वाहका काम बिताउँ दिन व्यस्तमा ।।

Remembering Nigara Falls

"नायगरा फल्स संझिदै"
योजना पारिवारिक आफ्नै यैाटा समूहमा ।
अवलोकनको लागि गरेर एक तर्जुमा ।।
बिहान आठ बज्दैमा जुलाई पाँच, सोह्रमा  ।
हुर्रियैां नायगरा फल्स हेरने बोकी तिर्सना ।।
पोका खोली चमेनाले पेट टम्म भरे पनि  ।
बाटोको दृश्यको भोक रहने भो मरे पनि  ।।
गाडीको गतिले यस्तै आँखामा दृश्य घुम्दछ  ।
बान्ता गरेर नातिनी रुँदा पो मन दुख्दछ  ।।
पुगी नायगरा फल्स क्यानडाको सिमा सँगै  ।
क्या विधि मान्छेको भीड हेर्न टिकट समाउँदै  ।।
प्लाष्टिकका खोल पैह्रेर डुंगामा घुमी हेरियो  ।
लिफ्टमा उक्लने झर्ने भीड उस्तै रही रह्यो ।।
छाँगा परी खसेको छ दुईतिर विभाजित ।
अनैाठो देखिने दृश्य आफैंमा अति रन्जित  ।।
बगी नसिद्धिने कैले हेरी अतृप्त यो मन ।
नायगरा फल्सको के पो सकिन्छ गरी वर्णन  ।।
पानी ता उही हो बग्ने जमिन पो पहरा बन्यो ।
प्रकृति रचना यस्तो पानीको छहरा बन्यो  ।।
यही दृश्य अहो कस्तो संसारै हेर्न आउने ।
समुद्र ताल हेरे नि यो नदेखी कहाँ हुने  ।।
मनमा झरना बोकी गन्तव्य छाडी फर्कियो ।
बाटोमा बाल्टीमु्र झर्दा समय धन्न घर्कियो  ।।
के गर्ने? हुँईंकियैां फेरि साँझमा घर पुगदै ।
यिनै हरफ लेख्दैछु नायगरा फल्स सम्झिदै  ।।

Thursday, February 18, 2016

श्रद्धाञ्जली

श्रद्धाञ्जली दिंदै आज
उनन्तिस सालदेखिका साथी हुन् ऋषिराम ता ।
ध‍.म‌‍. कलेज बागलुङमा सँगसँगै पढ्दथें म ता ।।
अति मिल्ने थिए साथी खान्थें सुत्थे‌ घरै गई ।
प्रेम केसी थिए अर्का भुल्दथ्यैां उन्कहा गई ।।
आईए पछि सबै जाँच प्राइवेटको रुपमा दियैां ।
शिक्षक नै छाडेको मैले अधिवक्ता सँगै लियैां ।।
छिमेकी बोलने देख्ने छतैबाट घरैतिर ।
म आएँ काठमाण्डैांमा राम्‍रेखा बेचियो घर ।।
किरिया मेरी आमाको सकेर फर्कंदा यता ।
संझदा मन यो रुन्छ भेट अन्तिम संझिदा ।।
बरखी तिथि हो आज गीताको बोली संझिएँ ।
श्रद्धाञ्जली दिंदै आज म रुञ्चे कवि बन्दिएँ ।।
डा‌. प्रेम शर्मा-२०७२।११।६ (Feb. 18, 2016)
www.articleprem.blogspot.com
www.notaryprem.wordpress.com

Sunday, October 25, 2015

प्रकारान्त कथा संग्रहमा प्रेम छोटाको कथा शिल्प



डा. प्रेमप्रसाद शर्मा पाैडेल
१. प्रसंग
धवलागिरिका वरिष्ठ साहित्यकार प्राज्ञ प्रेम छोटा दाजुको ७० वर्षपूरा गरेको पावन अवसरमा  रत्नश्रेष्ठ पुरस्कार गुठी र शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, बागलुङको सहप्रकाशनमा ''प्रेम छोटाका ७० वसन्त -कृति कृतित्व-व्यक्ति व्यक्तित्व)'' शीर्षकको खोजमूलक ग्रन्थ प्रकाशन गर्न लागिएकोले प्रकाशनका लागि रचना पर्ठाई दिने बारेको इमेल धेरै अगाडिनै प्राप्त भएको थियो । प्रस्तुत शीर्षक मध्ये छानेर अलि राम्ररी अनुसन्धान गरी लेख्नु पर्ला भन्दा भन्दै समय बितेछ । प्रेम छोटाज्यू संगको मेरो २०३२।३३ साल देखिकै चिनाजानी थियो । वहाँसंग भेट हुँदा प्रकाशित कृतिहरु दिने गर्नु हुन्थ्यो । वहाँले दिएको प्रकारान्त कथा मसंग हुनु पर्छ भनी खोजें । भेटाएँ पनि । यो कथाको किताब वहाँले मलाई २०४२ साल पौष ५ गते दिनु भएको रहेछ । मैले किताबमा पाउँदा वा किन्दाको समयमा सही र मिति लेख्ने हुनाले मलाई वहाँसंग त्यो दिन भेट भएको रहेछु भन्ने थाहा भयो । त्यही प्रकारान्त कथा हेरी के के रहेछ छोटा दाजुको बारेमा छोटो कुरा लेख्ने जमर्को गरेको छु । यो प्रकारान्त कथा २०४२ आषाढमा प्रकाशित भएको कथा संग्रह हो । यसमा अल्झिएका आकृतिहरु भन्ने कथा त २०२८ सालमा लेखिएको कथा छ । आज भन्दा ३०।४० वर्षअगाडिका कथाहरु भएकोले सामाजिक परिवेश पनि त्यही अनुसारको हुने कुरा त निश्चित नै भयो । प्रकारान्त कथामा २० वटा कथाहरुमा एउटा तीन लघुकथाहरु भित्र तीन शीर्षकका लघुकथाहरु समावेश छन् । छोटाज्यूको कथाकारिताबारे भन्नु भन्दा पहिले विश्लेषणात्मक रुपमा नभई सोझोरुपमा कथामा के कस्ता विषयवस्तुहरुलाई समेटिएको छ सो बारे संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
२. संक्षेपमा कथा र यिनका विषयबस्तुहरु 
प्रकारान्तको पहिलो कथा "रात सिद्धिसकेको रहेछ"मा रमलीले आफ्नो परिवारमा आफ्नो इच्छा विपरीत पर्ढाई पूरा नहुँदै दाजुले विवाह गरिदिन खोज्दा नमानेर आन्दोलन गरेकी छन् । उनले आफ्नो भविष्य माथि अधिकार छ, दिदीहरुको विवाह वहाँहरुको इच्छाअनुसार नभई परिवारको इच्छा अनुसार भएकोले उनी आफ्नो विवाह आफ्नो इच्छा अनुसार गर्न चाहन्छिन् । उनी छिटै विवाह नगरेर उच्च शिक्षा पनि प्राप्त गर्छिन् । आफूले रोजेको व्यक्तिसंग विवाह गर्ने सुन्दर सपनामा उनको रात सिद्धिसकेको हुन्छ । पारिवरिक व्यवस्थापनमा विवाह हुनु नराम्रो होईन, छोरीहरुलाई उच्च शिक्षाको अवसर दिई आफन्तहरुले विवाहको उमेर भएपछि सर्म्पर्कमा भएका व्यक्तिहरुबाट केटाहरु देखाउनु र केटाकेटीकोर् इच्छा अनुसार विवाह हुनु राम्रो कुरा हो । तर सामाजिक मान, प्रतिष्ठा र अन्य आर्थिक सामाजिक बन्धन तथा बाध्यताका कारण छोरी चेलीलाई केटाको बारेमा अत्तोपत्तो नदिई एक्कासी विवाह छिन्ने प्रचलन अझै पनि कुनै कुनै समाजमा विद्यमाननै छ । यो कथाले नारीहरुमा सचेतना भरी जागरण पैदा गराउनमा सफल छ । "चर्किएको घाउ" कथामा शैलजा आफ्नो वेरामी लोग्ने किश्वरको सेवा सुश्रुषामा लागेकी छन् । किश्वरको एउटा हर नचल्ने भएको छ । डाक्टर सत्याललाई घरमा जाँच्न बोलाईन्छ । डाक्टरले नीको हुने आश्वासन दिन्छन् । समाजमा रोग असाध्य भए पछि मात्र डाक्टरकहाँ लाने चलनलाई प्रकाश पारिएको छ । शैलजाले डाक्टरको फी त बुझाउँछिन् तर नीको हुने कहिले? परिवारको कमाई गर्ने को ?यस्तो अवस्था भएछि चारो खोज्ने कसले ? यी समस्याले उनको घाउ चर्किएको कुरा कथामा प्रस्तुत गरिएको छ । 
"म भित्र म बाहिर" कथामा कमल क्षत्री र दलित छोइने कान्ती नामकी केटी बीच प्रेम बस्छ । कमलले भरपर्दो र आशलाग्दो बचन दिएका हुन्छन् । कान्तीले इन्कार गर्न सक्तिनन् । पहिले कमल क्षत्रीले लिएर जान्छु भन्दा जान मान्दिनन्, पछि कमल क्षत्री गएको र्फकदैनन् । कान्तीको कुरा रकम लिन लगाएर काईंलालाई मञ्जूरहुन लगाई डाँडाघरे कान्छाले मिलाउन खोजेको कुरा पनि कान्तीले थाहा पाउँछिन् । पहिलेका आँट हराउँछन् । वरिपरि मडारिएको कालो बादलले ढाक्छ अनि नौ महिना सात दिनमा जन्माएको छोरालाई निर्ममताका साथ छुराले रेट्न लगाई हत्या गरिएको भनिएको छ । लेखाईको भाषाले अरुलाई रेट्न लगाएको बुझिन्छ तर आफैले 
छोराको हत्यारा हुँ भनेकी छन् । कथामा मसिनी र्सर्किनीले खुकुरीले टाउकोमा हिर्काउने लोग्नेलाई म कराउँदा सोरै नपाएर  हानेका हुन् मार्न खोजेका होइनन् भनी लाग्नेलाई छुटाएको कुरा, कान्तीको घरमा आर्थिक अवस्था कमजोर भएको कुरा, भाइ बहिनीले पढ्न नसकेको, कसैले आफ्नो स्वास्नीलाई बञ्चरोले हानेर मारे भन्दै गएको कुराहरुका साथै कान्ती भित्र उब्जेका सामाजिक घटनाहरुका परिस्थितिहरु र त्यसबाट उब्जेका उकुस मुकुसहरुलाई कथाकारले पोख्नुभएको छ । कान्तीलाई पाठकले समाजमा क्रान्ति गरी उभिन सक्ने बनाईदिएको भए हुन्थ्यो भन्ने चाहेर पनि उभ्याउन नसकी अपराधी बनाउनु सामाजिक यथार्थता नै हो । कान्तीले यहाँ - मैले संसारलाई हर्ेर्ने आँखा चिम्लें र मेरो बच्चालाई मात्र हर्ेन सकें, समाजबाट जे जस्तो कलंक लागे पनि मेरो बच्चाको लागि बाँच्नु पर्छ, मेरो बच्चालाई नयाँ शिक्षा र बुद्धि दिएर समज रुपान्तरणको बाहक मेरो छोरा बनाउनु पर्छ भनी कान्तीलाई उभ्याउने हिम्मत साँच्चै कथाकारमा आएन । सामाजिक मनोविज्ञानले कसरी काम गरेको हुन्छ र कान्तीले जन्माएको छोरालाई किन मारिन् सो देखाईएको छ । कान्तीले बच्चा पालेको भए कानूनले अपराधी मान्दैनथ्यो । उनले आफूलाई सामाजिक अपराधीको रुपमा संझिन् र कानूनको पनि अपराधी बनिन् ।

"मृत्यु पछिको सगुन" कथामा एउटी महिला प्रेमविवाह गरी गरीब लोग्नेको घरमा आउँछिन् । श्रीमानको पर्ढाई प्रवेशिका पास पनि नभएकोले केही नोकरी नभएको, फुपू सासूको सहयोगको पनि कुरा मात्रै भएको, घरमा फुस्रे मसानको आवाज जस्तो मात्र सुनेको, जागीर पनि पाउन नसकेकेा आदि बाट आर्थिक अभावकै कारण गर्भवती अवस्थामा कालीगण्डकीको पुलबाट आत्महत्या गरेकेा र मृत्यु पछि आफ्नो स्वामीसंग अर्को जूनीमा सगुन सहित भेट्ने कुरा सहित कथा टुंगिएको छ । यो मनोविश्लेषणमा आधारित कथा छ । महिला पात्रको मानसिक गन्थनलाई कथाको रुप दिइएको छ । यसमा समाजमा काम सिर्जना गरी जीविकोपार्जन गर्ने तर्फपहल नगरी गरीब र दुःखी भएर बाँच्नु र्व्यर्थ ठानी पलायन भएको कुरा देखाईएको छ । यसबाट समाजमा हुने यस्ता गरीबी र यसबाट उत्पन्न हुने अपराधलाई कसरी निराकरण गर्न सकिन्छ कथाकारले समस्या मात्र दिएकोले समाजले यसको उपाय खोज्नु आवश्यक देखिन्छ । 

"सम्बद्धता" कथामा तीन जोडी परेवा पालेकी जुनेलीले परेवाको जोडीबाट प्रणयको कथा सिकेकि छन् । परेवाको स्याहार सुसारमा बिहान र साँझ बित्छ । लिलासंग प्रेम गर्छिन् । लिलालाई घरबाट आमा बाबुले केटीको टुंगो लगाई विवाहको लागि रजिष्ट्रीपत्र पठाएका हुन्छन् । लिलाले सबै कुरा बताउँछन् । लिला सात दिनको विदा लिएर घर जान्छन् । बाबु सिद्धिमान र आमा सत्य देवीको खुशीको सिमा रहन्न । तर लिलाले आफ्नो इच्छा लागेको केटी जुनेलीसंग विवाह गर्न चाहन्छन् । बाबु आमा जात बाहिरका गर्न दिन चाहन्नन् । लिला थापा र जुनेली नेवार हुन् । लिला घरबाट र्फकन्छन् र जुनेलीसंग विवाह गर्छन् । स्वयंवर भैसकेकेा खवर लिलाको घरमा पुग्छ । लिलाकी आमा रुन्छिन् । यहाँ कथाकारले अन्तरजातीय विवाहलाई कथामा सफल गराउनु भएको छ ।

"वरण"कथामा रमितालाई विमलले चाहेका हुन्छन् । विमलले रमिताको दिदी मार्फ रमितालाई मनाउन लगाएको वा दिदी आफू नभइ रमितालाई सुम्पन चाहेको बुझिन्छ । रमितालाई मनाउन दिदीले विभिन्न प्रयास गर्छिन् । उनले रमिताले विमललाई चाहेको मनोविज्ञान बुझेको प्रतीत हुन्छ । रमिताको स्वीकृति हुन्छ वा हुन्न यत्तिकैमा कथा टुंगिन्छ । यस्तै "आँखी झयाल" कथामा कमलीले श्यामदाइ प्रतिको प्रेमले साकार रुप लिन पाउन्नन् । कमलीको मन भित्रका शंका उपशंका र मनोवादमानै कथा घुमेको छ । अन्य कथाहरुमा "हीनताबोध" कथामा समाजमा पाइने सौतेनी आमाको व्यवहारलाई प्रस्तुत गरिएको छ । मनबहादुर सात महिनाको हुँदा आगोमा परी हातका औंला गुमाएको, नौ वर्षो हुँदा आमा रुखबाट खसेर मृत्यु भएको, उनी सहित भाइ, बहिनी टुहुरा बनेका छन् । मनोविज्ञान नबुझेकी सानी आमाले आमा भन्नु पर्दैन भन्दा मनबहादुर रुन्छन् । सौतेनी आमाले गर्ने व्यवहार परिवारमा देखिन्छ । सानीआमाले विटुलीसंग छ औंले -मनबहादुर)ले सताएको छ भनी कुरा गरेको सुन्दा मुटु छिया छिया पर्छ । उनी भारतको लोखारमा गई काम खोजी बजार रेखदेखको रातिको काम गर्छन् । उनले केही पढ्न पनि सिक्छन् । अरुको चिठी लेखिदिने काम पनि गर्छन् । बाबुलाई पाँचसय रुपैयाँ घरमा पर्ठाईदिन्छन् । बाबु रुन्छन् । भाइ लिन जान्छन् र उसलाई लिएर आउँछन् । यो बागलुङ बलेवा मुसुरावारीको घटना भनी उल्लेख गरिएको छ । त्यसै गरी "माटोका ममता" कथामा लाहुरबाट पैसा कमाई ल्याउनेहरुलाई दखेर नयाँ उमेरका ठिटाहरु लोभिन्छन् । दिले थापा पल्टनका लाहुरेका कुराले आकषिर्त हुन्छन् । उनी विदेश जान्छन् । पल्टनमा समय बिताउँछन् । लर्डाईंमा बाँच्ने मौका पाउँछन् ।  स्वदेशमा र्फकने र केही गर्ने प्रण गर्छन् र स्वदेशमानै रमाउँछन् । कथाकारले दिले थापा मार्फ आदर्शता प्रस्तुत गर्नु भएको छ । पल्टन छाड्नु पर्ने कारणहरु अरु पनि हुन सकछन् । कथामा देशको सेवागर्न प्रेरणा दिनु पनि महानता हो ।

"प्रतिकार" कथामा चुले हलीले बाबु बाजेले काम गरेको घरमा निरन्तरता दिई काम गर्छन्, उनी ३९ वर्षा छन् । घर सल्ले फर्ुकामा छ, फुसको घर, छाना चुहिने, पाँचवटी छोरी, दर्ुइवटा छोरा र स्वास्नी नैना गरी नौ जनाको परिवार छ । आधापेट खान पनि मुस्किल छ । जोतेको खर्च पनि मालिक्नीले पूरा दिन्न्नन् । पैसा चाहिंदा ताउली, थाल समेत राखेर साहुकहाँबाट पैसा लिएका थिए । चुलेले नन्दराज कहाँ छाडेर बजार पस्छन् । त्यहाँ हिरामानकहाँ हलो जोत्न थाल्छन् । उता नन्दराजले आफ्नो पैसा सल्लेफुर्काको खेतबाट असुल्न नालिस दिन्छन् । तमसुकमा रकम बढाएर सही गराएका हुन्छन् । खेत लिलाम बिक्री हुन्छ । चुले अर्धपागल बनी लठ्ठी लिएर सल्लेफुर्काको खेततिर उक्लन्छन् । रीसको झोकमा ६३ वर्षो नन्दराजलाई घुँडा टेक्ने गरी ठोक्छन् र सासै फुत्किने गरी लठ्ठी उठाउँदैमा कथा टुंगिन्छ । 

"स्निग्ध अनुहार" कथामा माझरी विवाह पछि लोग्ने छोडी माइत बसेकी हुन्छिन् । तर उनी माइतमा यसरी बसिरहनु उपयुक्त ठान्दिनन् र निस्कन्छिन् । एक पुरुष श्याम जसकी स्वास्नी मरेकी हुन्छिन् सो व्यक्तिसंग घेट हुन्छ  । माझरी आफ्नो घरबार जमाई बस्नर्ेर् इच्छा र  अभिलाषामानै आफ्नो सुखद भविष्य देख्न पुग्छिन् । यस्तै "गुञ्जन" कथामा दाउरेकान्छा देश छोडेर विदेश जान्छन् । र्फकदा अरुको चिनी, मसला नासो ल्याउँछन् । बाटोमा भट्टीमा बास बस्छन्, विदेशमा केटीहरु बेचिएको संझन्छन् । भट्टीमा आङ तात्ने औषधि र भित्राँस टक्राईन्छ । लाजकाज उनले लिन्छन् । खाएर सुते पछि आमाको अनुहार संझन्छन्, श्रीमति पवित्राले आँशु झारेको संझन्छन् । उनले विदेश आउनु भन्दा स्वदेशमानै कामगर्ने, श्रीमति पवित्रासंग नयाँ कुराको सिर्जना गर्ने कुरा सोच्दै निदाउँछन् ।  "मैले हत्या गर्दैछु" कथामा मानसिंह गरीब छन्, उनले रक्सी पिउने गर्छन् । एक रात रक्सी पिएर खै खुकुरी कहाँ छ- कहाँ छ खुँडा- बाँकी राख्दिन भन्दै हल्ला गर्छन् । छोराले यस्तो नगर्न भन्छन् । छोरालाई पनि मलाई कुरेर नबस, म नांगो भैसकेकेा छु भनेर चिच्याउँछन् । छिमेकी नीलप्रसादले प्रहरी आएर लगे झन दुःख खानु पर्छ भनी संझाउँछन् । नीलप्रसादलाई उसले आफ्नो सबै कथा सुनाउँछन् - पहिले उनको पिता जगत हैकिमदार थिए । अहिले गरीब छन्, उनसंग केही छैन, बहिनी पोईल गईन्, भाइहरुले रीस गर्छन् । विवाह गरेको १८ वर्षपुगेकेा छ, श्रीमतिले मीठो खान, लाउन पाएकी छैनन् । उनी रोगी छन्, छोरी सुखमुखीको अकालमा मृत्यु भएको छ । रक्सी पिएर के के भने चाल पाईन, पीर मेटाउन रक्सी पिउँछु, यसले आनन्द मिल्छ, यसरी आयु घटाएको छु भन्ने गन्थन सुनाउँदै कथा अन्त हुन्छ । त्यस्तै "उघ्रिदैं गएको कालो बादल" कथामा माधुरी नौ वर्षी हुँदा उसका पिता चन्द्रवीरले उमेर गएको डर््राईभरसंग पैसा लिएर विवाह गरिदिन्छ्न् । यो कुरा स्वास्थ्य सेवामा खटिएको गोपाल र आफ्नै घरमा लुगा सिलाउन बोलाएको बिर्खे दमाईलाई पनि चित्त बुझेको हुन्न । माधुरी माइतमा नै बस्छिन् । गाडी दर्ुघटना भई चालक शर्मा मरेको खबर आउँछ । माधुरी विधवा बन्छिन् । सेतो वस्त्र पैरे पछि माधुरीलाई काकाको घरमा लगिन्छ । काका काकीकहाँ रहरलाग्दो किसिमले काम गरेर बस्छिन् । माधुरी वनमा घाँस लिन जान्छिन्  । बिर्खेको छोरा सुलसुलेसंग भेट हुन्छ । सुख दुःख साटिन्छन् । सुलसुलेले घाँस काट्न बोक्न सहयोग गर्छन् । माधुरीको काकाले सुलसुलेको बारेमा थाहा पाई यस्तो काममा नलाग्न सल्लाह दिन्छन् । ढीलो आउँदा काका कर्ुलन्छन् । माधुरी घरबाट र समाजबाट बहिष्कृत हुन्छिन् । उनी गाउँ छोडेर जाँदा खुइटे दमाइले देख्छन् । सुलसुलेलाई थाहा भएपछि उनले सिठीले बोलाई माधुरीलाई भेट्न पुग्छन् । माधुरीले सुलसुलेलाई आगामी दिनहरु सुम्पन स्वीकार गर्छिन् । माधुरीलाई पहिलेको संकीर्णतामा जकडिएको जीवनको अवस्थालाई देखेर घृणा लाग्छ । उनी सुलसुलेसंग संगै कपडा सिलाएको हेर्छिन् र पानी भर्न जान्छिन् । यहँ कथाकारले विधवाले त्यो पनि तल्लो जातकोसंग विवाह गरेको कथा प्रस्तुत गर्नु भएको छ । कथाकारको यो सामाजिक रुपान्तरणको प्रयास सराहनीय मान्नु पर्छ ।

"अल्झिएका आकृतिहरु" कथामा सनाले आफ्नो लोग्ने नरेशले अर्को विवाह गर्ने कुराले घरमा बस्न नसकी छाडेर जाने गुनासोको कथा छ । सनाले आफूबाट जन्मिएका छोरा छोरीलाई पाँच वर्षा लागि पाल्न लाने बताउँछिन् । सनालाई संझाउन नसक्ने बनेका छन् नरेश । लोग्ने स्वास्नी बीचको असमझदारीलाई देखाईएको छ कथामा । त्यसै गरी "अभिलाषा" कथामा एक नारीले दीपकलाई चाहेकी छन् । उनका अर्न्तर्मनका कुराहरु नै कथाको विषयवस्तु छन् । सरिताको माध्यमबाट दीपकलाई भनसुन गर्न लगाएकी हुन्छिन् । प्रेमपत्रहरुको पनि आदान प्रदान भएको हुन्छ । उनीहरु दुई मुटुहरुलाई एउटै बनाउने कुरामा आशावादी छन् । यही अभिलाषालाई कथामा देखाईएको छ । त्यस्तै "खेलका गोटी यिनका चाल"कथामा श्याममान र गुञ्जना रामनवमीको मेला हेर्न जान्छन् । मेलाका प्रसंगमा महिला अधिकारका बारेमा चर्चा हुन्छ । रुढीवादी हटाउन घरमा ज्ञानको दियालो बाल्नु पर्ने पुरानो र नयाँ मान्यताको ज्ञान गर्राई यसका गुण र दोष र्छलंग पारिदिनु पर्ने, नारीलाई सशक्त पार्नु पर्ने कुराबारे कथाभित्र उल्लेख छ । मेलामा गाउँलेले आफ्नै खाजा पीठो ल्याउने, मादल र डम्फूको तालमा गीत गाएर नाच्ने गर्छन् । खाना नपाएका लुरे कामी जस्ता पनि मेलामा आउँछन् । 

"अन्तरमन" कथामा प्रयास इन्ट्रेन्स परीक्षाका लागि बनारस विश्वविद्यालयमा प्रवेश गर्दा पुष्पाले देख्ने मौका पर्छ । उनको अभिनयबारे पुष्पाले सुष्मासंग चर्चा गर्दा प्रयासले सुन्छन् । पुष्पासंग विवाह हुन्छ । आमाले पुष्पाको विवाहको प्रसंग चलाएकी हुन्छिन् । पुष्पाले आमालाई आफ्नो भविष्यबारे आफै सोचेकी छु, त्यसबारे चिन्ता नलिनु भनी पत्र लेख्छिन् । पुष्पाका दुईवटा छोरा हुन्छन् । प्रयास माथि पुष्पाको शंका हुन्छ । प्रयासले दिनहुँ एउटा एउटा बहाना बनाउँछन् । प्रयासको स्वभावमा आएको परिवर्तनले धेरै तर्क उब्जन्छन् । साथी भाइसंग रस रंग गरेर सधैं यसो गर्नु कसरी पुग्न सक्छ भन्ने कुराले पुष्पा उत्तेजित हुन्छिन् । जमुनासंग प्रयासको अनुचित सम्बन्धबारे प्रश्न गर्छिन् । प्रयासलाई परिवर्तन गर्न असफल बन्छिन् । राति एक बजेसम्म प्रयास नआउँदा बर्बराउँछिन् । पुष्पाले प्रयासलाई नृसिंह उभिएको देख्छिन् । मलाई एसिड देउ मर्न चाहन्छु भन्छिन् । शरीरमा फोका उठेको हुन्छ । जटिल अवस्थामा अस्पतालमा पुर्‍याईन्छ । प्रयासले पुष्पाको छातमिा टाउको घोप्टाउँछन् । छोराहरु पनि मम्मी, मम्मी भन्दै कराउँछन् । अन्तत पुष्पाको मृत्यु अस्पतालमा नै हुन्छ । "पेशा" कथामा अंग्रेजी विषयका शिक्षक आफ्नो विषयमा कसले दाबी गर्छ भनी कड्कने गर्छन्, २५ वर्षसेवा पुगेको छ, आर्थिक अवस्थाले गर्दा १५ घण्टा जति टयूशन गर्नुपर्छ, सबैतिरबाट बिद्यार्थी ओइरिने गर्छन् । एक दिन निरीक्षकले विद्यार्थीहरुलाई अंग्रेजी विषयमा सरल प्रश्न सोद्धा पनि सही जवाफ दिन सक्दैनन्, स्पेलिङ पनि भन्न सक्दैनन् । आफ्नो कमजोरीलाई लुकाएर अध्यापकले यस सालको यो नै अन्तिम निरीक्षण भएकोले विद्यार्थी नर्वस भएको बताउँछन् । निरीक्षकले अंग्रेजीको स्तर कम पाइएको बताउँछन् । तर अध्यापकका मर्का बुझी दिए मात्र स्तर बढ्न सक्छ भन्ने आवाज फैलिंदै गरेको कथामा उल्लेख छ ।

"तीन लघु कथामा- गोडधुवामा पुतलीले दाइको विवाहमा रत्यौली खेल्न वरपर सबैलाई निम्ता गर्छिन्, रतौलीमा लाहुरे भएर नाच्छिन् । उता गोडधुवामा पुरानो गाग्री, ताउलो, नाममात्रको अम्खरा, बटुको भएकोले इज्जत राख्न बरु तलबबाट पर्ठाईदिनु भए हुन्छ भन्छन् । तर ससुरा बाजे विषम आर्थिक जटिलताको धारले शून्यतामा टोलाउँछन् । गोडधुवालाई सामाजिक मानप्रतिष्ठासंग दाँजेर हेर्ने परम्परालाई यहाँ प्रस्तुत गरिएको छ । लघुकथा मध्येको "धार" कथामा दिनकर बाजे पाठपूजा गर्छन्, छोराहरु जागीरमा छन् । चित्रराजले दिनकरबाजेलाई त्रि्रा छोरा त सेक्सन अफिसर, डाक्टर र इञ्जिनीयर छन् सन्तोष लिने बेला छ भन्छन् । दशैंमा सबै छोराहरु आउँछन् । बाबुले छोराहरुलाई भन्छन्- "लौ बाबुहो तिमीहरुका लागि जसरी दिनको भोक र रातको न्रि्रा नभनी अनेक दुःख कष्ट सहेर हात खुट्टा लाग्ने बनाईयो ... नसक्ने अवस्थामा पुगेका हामीहरु तिमीहरुकै शिरोपर" भन्दा जगत, सुशिल र प्रदीप छोराहरुले एकै स्वरमा भन्छन्- "कस्तो कुरा गर्नु हुन्छ बुबा हजूरले- जसरी हजूरले हाम्रो लागि बाटो देखाईदिनु भयो त्यसरीनै हामीहरुले हाम्रा छोराछोरीहरुको लागि गर्नु पर्छ, नकि हजूरका लागि ।" बूढा छाँगाबाट खसेजस्ता हुन्छन् । त्यस्तै "जवाफ" कथामा कमलकान्त हाकिमले सम्बन्धित विभागको पत्र हेरेर मातहतको कर्मचारीलाई जवाफ यसो यसो भनी लेखी पठाउनु पर्ला भनी अह्राउँछन्, दुईचोटिसम्म लेखेर ल्याउँदा मिलेन भन्छन् । उल्टै हप्काउँछन् । मित्र ख ले हाकिमकै शब्दमा यसो यसो मात्र लेखिदेउ भन्ने सल्लाह दिन्छन् । तेस्रो पटक यसो यसो यसो मात्र लेखी सुनाउँदा प्रसन्नता व्यक्त गर्छन् । 
३. कथाहरुबारे थप प्रतिक्रिया
प्रकारान्तमा भएका कथाहरु समाजका विभिन्न पक्षमा आधारित छन् । कथाकार बजारिया व्यक्ति भए पनि दुर्गम गाउँहरुको सामाजिक जनजीवन जस्ताको तस्तै उतार्नु भएको छ । पुरुष प्रधान समाजमा महिलालाई हुने थिचोमिचो, महिला स्वतन्त्रता र अधिकारसंग सम्बन्धित कुराहरु, छोरीलाई दिइने शिक्षा दीक्षा, वैवाहिक बन्दोबस्त आदि कुरा छन् भने स्वास्थ्य क्षेत्रमा भोग्नु परेका कठिनाईहरु ओखती मूलो र औषधि उपचारका व्यवस्थाहरु, झारफूक, सिमेभूमे, चुरेनी, वाई, बोक्सी जस्ता अन्धविश्वासमा रुमलिएको समाज आदि छन् भने, उचो र नीचो बनाइएका जातिहरुको बीचमा हुने सामाजिक भेदभावका साथै तल्लो जातिलाई माथि उठाउन सामाजिक रुपान्तरणका लागि कथाकारले परिवर्तनकारी पात्रहरु उभ्याउनु भएको छ । केटा र केटीको बीचमा हुने आकर्षा, प्रणय वासना, यौन मनोविज्ञानका अन्तवर्स्र्तुहरु पनि कथामा पाइन्छन् भने आर्थिक विपन्नताले मानिसको सामाजिक अवस्थामा के कस्तो प्रभाव पारेको हुन्छ सो कुरा पनि कथामा पाईन्छन् । समाजमा आर्थिक कारणले गर्दा शिक्षा र स्वास्थ्य सेवाका अवसरहरुबाट बञ्चित हुनु परेका कुराहरु पनि कथामा प्रस्तुत गरिएको छ । कथाहरु दलित, गरीब, अपांग,महिला, केटाकेटीका साथै विभिन्न जात जाति र वस्तीहरुका रहन सहन संग सम्बन्धित छन् । यौन कुण्ठा, सामाजिक, आर्थिक शोषण, उत्पीडन, यातना, मनोविकृति, जातपातबाट उत्पन्न समस्याहरु, समाजले हेर्ने दृष्टिकोण आदिका साथै कुनै कथाहरु बढी मनोवादमा रंगिएका पनि छन् । समाजमा हुने गरेका बालविवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, प्रेमविवाह, पारिवारिक व्यवस्थापनमा हुने विवाह, पैसाका लागि गरिएका विवाहहरु र करकाप तथा आफ्नोर् इच्छाअनुसार गरिएका विवाह र रीतिरिवाजहरुलाई पनि प्रस्तुत गरिएको छ । समाजमा व्याप्त रोग, भोक, अशिक्षा, कुरीति, रुढीवादीले ग्रसित पात्र र  परंपरालाई अंगालेका कथाहरु पनि छन् । कामको खोजीमा देश छोडेर मुलुक बाहिर जानु पर्ने, विदेशमा भोग्नु परेका कठिनाई र आफ्नो देशमा काम गर्ने इच्छा बोकी फर्किएका कथाहरु पनि छन् । कथाकारले आफ्नै देशमा काम गर्ने भावना जागृत गराउन त्यही अनुसार पात्रलाई डोर्‍याउनु भएको छ । समाजमा हुने थिचो मिचो जालझेल, फटर्याईंका कथासंगै अति भएपछि व्यक्ति प्रतिकारमा उत्रन बाध्य हुने रहेछ भन्ने कुरा पनि कथामा पाईन्छ । नेपाली चेलीहरु विशेषगरी भारतको बर्म्बई, कलकत्ता जस्ता शहरहरुमा बेचिने गरेका कुराहरुलाई पनि कथाकारले आफ्ना कथाहरुमा प्रस्तुत गर्नुभएको छ । कथाकारले कथामा उल्लेखित ठाउँहरु आफ्नै देश, अञ्चल, जिल्ला र गाउँहरुको उल्लेख गर्नुभएको छ र ती ठाउँहरु सामाजिक परिस्थितिहरुसंग मेल खाने कथाहरु भएकोले कथा पढ्नेलाई आफ्ना छर छिमेकमा भएका जीवन्त घटनाहरु हुन् कि भन्ने भान समेत पर्दछ । 
@@@@

Wednesday, October 22, 2014

२०७१ को भैली गीत

www.articleprem.blogspot.com
२०७१ को भैली गीत
भाइ हो भन ए भैली कैली साहुनीका घर
ठोक मादल डम्फू र मिलाउ बाँसुरी स्वर
गेट खोल्न कठिन माने सडकै छेउमा बस
भन ए भन हो भाइ भैली तिहारको रस
देशले भैली खेले नि संविधान ढीलो भयो
छाडेर धर्म संस्कृति संघीयता पिलो भयो
सांसदै भैलिनी जस्ता यस्तै रोटी चपाउँछन्
अनसन हैन यो भैली थोरै दिई धपाउँछन्
बैनी हो भन ए भैली लोडसेडिङ छँदै भन
महंगी सब उस्तै छ दिएका छन् कति - गन
लम्क ए लम्क लौ भाइ घर हाकिमको छ रे
कोशेली मस्त दिएर राम्रै त्यो पदमा परे
स्वरमा स्वर मिलाउ खल्तीमा हात हालदा
के जान्छ तिनको खै र कुकुर विदेशी पालदा
नाच ए भैलिनी नाच पोशाक जस्तो भए पनि
संस्कृति मान्नेले नाच ऋण काढी भए पनि
यता मैलो भयो साडी पानी जान्छ बगी कता
वनका सतुवा, चन्दन, भैलिनी भन छन् कता
देशका मान्छेको रोग, भोक र शोक मेटन
शताब्दी लक्ष्यका लागि योजना र अनेकन
देशले विश्वमा भैली खेल्नै पर्ने भयो अब
हाम्रो यो भैली देखेर नेता हो जागनु सब
भाइ हो भन ए भैली कैली साहुनीका घर
www.articleprem.blogspot.com
www.notaryprem.wordpress.com

Friday, September 19, 2014

आध्यात्म

आध्यात्म
देह भौतिक हो यौटा आत्मा आध्यात्मको घर |
मन, बुद्धि र संस्कार आत्मा मालिक सुन्दर ||
ज्ञान, प्रेम अनि शान्ति शक्ति आनन्द औ सुख |
आत्माका गुण रित्तिन्छन् पर्छ संकट औ दुःख ||
आत्मा हो अनुभव गर्ने सुख वा दुःखको क्षण |
पदार्थ तत्वकै शक्ति आत्माको बन्छ कारण ||
आस्तिक, नास्तिक आदि पक्ष आध्यात्मका दुबै |
सिद्धान्त र विचार्धारा आध्यात्मिक पक्ष हुन् सबै ||
आध्यात्म भित्री हो मार्ग पदार्थ बाहृय खोल हो |
आध्यात्म खालि मान्छेको  विचार शक्ति बोल हो ||
आत्मा हो अनुभूत् गर्ने गुण वा दोष बोकने |
आत्मा हो सिर्जना गर्ने दर्शन वा शक्ति ठोकने ||
र्इश्वर मान्नेहरु भित्र मात्र आध्यात्म होइन |
नास्तिक शठ पाखण्डी  पनि आध्यात्मका हुन ||
यही आध्यात्म शक्ति हो विवेकी शठ बन्दछ |
यही आध्यात्म शक्तिले मान्छेले र्इश रच्दछ ||
परिवर्तन गर्ने यी शक्ति आध्यात्मका हुन |
यही आध्यात्म शक्तिले सकिन्छ मनमा छुन ||
देवता हामी भित्रै छ कर्म छन् जाति पातिका
नयाँ संस्कार आध्यात्म छोरा नाति पनातिका ||
ठूलो शक्ति विचारै हो यही आध्यात्मको घर  |
ज्ञान, सीप र वृत्तिको आध्यात्मिक चेत सुन्दर ||
सिर्जना अनि मान्छेको योग आध्यात्म भाव हो |
आन्तरिक शक्ति सौर्न्दर्य आध्यात्मिक प्रभाव हो ||
मन मस्तिष्क चाहिन्छ सम्पादन गर्न लक्ष्यको |
यही आध्यात्मले भर्छ  खजाना ज्ञान पक्षको ||
परिवर्तन आउन्न मन भित्र नगैकन |
योजना दिलका सोच सकारात्मक नभैकन ||
वैज्ञानिकहरुका खोज हुन आध्यात्मका फल |
कविका कविता रच्ने दिल आध्यात्म हो बल ||
अर्थ राजनीति रच्ने कार्लमार्क्स प्रवर्तन |
पक्ष आध्यात्मको यौटा अनिश्वरवादी दर्शन ||
आध्यात्म मान्छे भित्रै छ मान्छेले नै बनाउँछ |
आध्यात्म खोजी मान्छेले मान्छे मान्छे बनाउँछ ||
विश्वका धर्मका भाव मान्छेलाई समेटने  |
खोजेर मनका मान्छे मान्छेलाई चिनाउने ||
एकता सूत्रमा बाँध्ने यही आध्यात्म शक्ति हो |
छाडी संकीर्णता बोकी सद्भाव अनि भक्तिको ||
आध्यात्म भाव हो यौटा देखिंदैन कतै पनि |
विचार भित्र गाँसेर आध्यात्म बुझनु पर्छ नि ||
यही आध्यात्मले मात्र झुल्किन्छ वास्तविकता |
हर्टाई मनको भ्रम मन भित्र उज्यालो ता ||
ल्याउने शक्ति हो यस्तै आफैंलाई चिनाउने |
आध्यात्म सूत्र हो यौटा अपनत्व जगाउने ||
आत्माको खोजीका लागि अनुपम यही यन्त्र हो |
कला विज्ञानको संगम आध्यात्म एक मन्त्र हो ||
मानव गौरवका गाथा उपलब्धि समर्थता |
सार निस्सार बन्नेछन् विना आध्यत्मका कथा ||
       
मन भित्र भाव के छ विज्ञानले देख्छ |
यही भाव आध्यात्म हो अज्ञानले छेक्छ ||
परमात्मा राख्ने ठाउँ मनले दियो भने |
मानवता यै हो साथी एकै आत्मा बने ||
घुच्याएर, उठाएर मुड्की बजारेर |
विज्ञानका नाना विधि यन्त्र घुसारेर ||
आत्मा भित्र आध्यात्मको ठाउँ अटाउन्न |
पदार्थ नै हैन तर चेतन हराउन्न ||
आँशु दाना झार्ने को हो हाँसो कस्ले दियो |
असन्तोष भयो कहाँ शान्ति कस्ले दियो ||
यै हो छाति किन जल्छ रीस किन उठ्छ |
अविश्वास आशंकाले किन त्रास बढ्छ ||
यही आध्यात्म हो हाम्रो मान्छे बन्नु पर्छ |
नर्तकी र गुरुआमा भान्छे बन्नु पर्छ ||
आध्यात्मले गुण अनि कार्य बनाउँछ |
कतै र्स्वर्ग कतै नर्क मान्छे बनाउँछ ||
(अप्रकाशित खण्डकाव्य "महत्त्तम यात्रा"बाट)

Monday, September 8, 2014

साठी वर्षपुग्दा

साठी वर्षपुग्दा
दुर्इशून्य एक एक् साल भदौको सोह्रको दिन |
आमाको गर्भ तोडेर जन्मेछु र्स्वर्गमा किन ||
साँच्चै म किन जन्मेको उत्तरै दिन खोज्दिन
पक्का संसार हेर्नै हो चाहें उत्तर यो दिन ||
आयुले पुगियो साठी हजूरबा भन्ने हुर्किए |
ब्रेन चेकर बुझने कान्छी खोज्दैमा दिन घर्किए ||
जीवनको भर क्यै छैन मुटु फोक्सो खलातीको |
बाँचेरै देखने मोह अभिलाषा पनातिको ||
हात मुख जोरने धन्दा अल्प आय गरी बिते |
जिन्दगीका सबै खेल हारियो अरुले जीते ||
लेखेको हुन्न भाइहो आफैले लेख्नु पर्दछ |
भनेर लागियो हर्दम लेखेको के पो टर्दछ ||
भई अतृप्त संकल्प भाग्यवादी हुने हुँदा |
रची र्इश्वर बस्दा हुन् नसुन्ने मान्छे क्वै हुँदा ||
शेष जिन्दगी होस् व्यस्त कर्मको गरी चाहना |
साठी वर्ष पुगें भन्दै सबैमा शुभकामना ||

मंगलग्रहमा वस्ती बसाउने योजना

मंगलग्रहमा वस्ती बसाउने योजना
 डा. प्रेमप्रसाद शर्मा
 मंगलग्रहमा वस्ती बसाउने योजना
हालसम्म सूर्यलाई परिक्रमा गर्ने नौवटा ग्रहहरु पत्ता लागेका छन् । सूर्यको दूरी देखि क्रमशः बुध, शुक्र र पृथ्वी पछि मंगल ग्रह पर्छ । यो सौर प्रणालीको दोस्रो सानो ग्रह हो । यसको व्यास पृथ्वीको भन्दा झण्डै आधा ६८०० किलोमीटर छ । यसको पिण्ड पृथ्वीको पिण्डको १० प्रतिशत छ । यो ग्रह सूर्यबाट २२८ मिलियन किलोमीटर, जहाँ १

मिलियन बराबर दश लाख हुन्छ, टढा छ । संसारमा सबैभन्दा पहिले इटलीका भौतिकशास्त्री, गणितज्ञ, खगोलविद् तथा दार्शनिक ग्यालिलियोले सन् १६१० मा दूरवीनको

सहायताले हेरेका थिए । मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ । मंगल ग्रहको धूलोमा आइरन अक्साइड भएकोले रातो छ । सतहबाट माथि छरिएका रातो धूलीकणहरुले वायुमण्डल पनि रातो देखिन्छ । यसको सतह धूलो र ढुंग्यान भएको छ ।

मंगलग्रह पृथ्वी जस्तै तर पातलो वायुमण्डल भएको ग्रह हो । मंगलमा ९५ प्रतिशत कार्बन्र्डाईअक्साइड, १६ प्रतिशत आर्गन, ३ प्रतिशत नाइट्रोजन, ०.१५ प्रतिशत अक्सिजन र ०.०५ प्रतिशत पानी रहेको भनिएको छ । मंगल ग्रहको अक्ष सूर्य सूर्यबाट टाढा ढल्किएको हुनाले पृथ्वीमा जस्तै शरद, शीत, वसन्त र गृष्म चार ऋतुहरु हुन्छन् । मंगललाई आफ्नो अक्षमा घुम्न पृथ्वीलाई भन्दा केही बढी अर्थात् २४ घण्टा भन्दा केही बढी समय लाग्छ भने ६८७ दिन, पृथ्वीमा मानिएको दिनमा, सूर्यलाई एक चक्कर लगाउँछ ।तापक्रम जाडोको रातमा -१२० डिग्री सेल्सियस र गर्मीमा २५ डिग्री सेल्सियस हुन्छ ।

मंगल ग्रहको कक्षको परिवर्तनसंगै यसको सतहमा पनि परिवर्तनहरु देखिएका छन् । मंगल ग्रह अहिले धेरै चीसो छ ।  ध्रुवीय क्षेत्रमा पानी जमी बरफ रहेको छ । मंगलग्रह चीसो मरुभूमि नै हो । मंंगलग्रहको सतहमा ज्वालामुखीका ठूला ठूला पहाडहरु पाइएका छन् । समुद्र सतह देखिको सगरमाथाको उचाइको हिसाबले मंगलको सतहबाट

सगरमाथा भन्दा तीन गुना अग्लो करीब २२ किलोमीटर अग्लो पहाड मंगलग्रहमा छ । शनि ग्रहको जस्तै यो ग्रहको घेरा छैन तर पृथ्वीको उपग्रह वा चन्द्रमा जस्तै मंगलका पनि दुइवटा ससाना उपग्रह -चन्द्रमा) फोवोस (Phobos)  ९एजयदयक० र डिमोस (९म्भomयक० छन् । यी दुर्इ चन्द्रमा सन् १८७७ मा अमेरिकी वैज्ञानिक असफ हल ९ब्कबउज ज्बिि० ले पत्ता लगाएका हुन् ।

यहाँ धूलोको आँधी चल्छ र निरन्तररुपमा सतहमा परिवर्तन भैरहन्छ । मंगलको सतहमा मैदान, ताल भएको, खोल्सा भएको, नदी बग्ने घाँटी जस्तो र उपत्यका भएकोले पहले तरल पदार्थ बगेको, बाढी आएको स्पष्ट हुन्छ । यहाँ पातलो बादल र बरफ जस्तो माटो भएकोले पहिले पानी भएको प्रमाणका रुपमा लिईएको छ । मंगलको सतह भित्र जमेको रुपमा पानी भएको नेशनल एरोनटिक्स एण्ड स्पेस एड्मिनिष्ट्रेशन वा नासाका वैजानिकहरुले बताएका छन्  मंगलग्रहमा उच्चस्तरका रोबोट वा यन्त्रमानवहरुले महत्वपूर्ण वैज्ञानिक तथ्यहरु बटुलिरहेका छन् र पृथ्वीका मानिसहरुलाई अध्ययनको लागि सहयोग पुगिरहेको छ ।

पृथ्वीको भन्दा गुरुत्वाकर्षा कर्ष ण कम अथवा पृथ्वीको तुलनामा ३७ प्रतिशतमात्र छ । यसको अर्थ पृथ्वीमा भन्दा तीन गुना बढी उफ्रन वा पृथ्वीमा एक कदम हिड्दा २

फीट टाढा टेकिन्छ भने त्यहाँ एक कदममा झण्डै ६ फीट टाढा टेक्न पुगिन्छ । पृथ्वीमा भएको हावाको चापको तुलनामा मंगलमा १ प्रतिशत मात्र छ । उपकरण वा कृत्रिम

वातावरण नबनाई मंगलको सतहमा मानिस बाँच्न संभव छैन । अहिलेको अवस्थामा मानिस बस्न सक्ने स्थिति नभएता पनि वैज्ञानिकहरुले भविष्यमा मंगलग्रहमा वस्ती बसाउन सकिने कुरा बताएका छन् । सन् २०१३ को अप्रिल महिनामा नेदरल्याण्डको संस्था मार्स वनले १० वर्षपछि मंगलग्रहमा चारजना अन्तरिक्ष यात्री पठाउने भनेर १८ वर्षपूरा भएका नागरिकबाट अवलाइनमा दरखास्त मागेकोमा नेपालीहरु मध्ये पहिलो नम्बरमा प्रकाश पी सुवेदीले दरखास्त दिएका छन् ।  हालसम्म १४० देशका २ लाख मानिसले मंगलग्रहमा जानलाई एकतर्फी टिकटका लागि आवेदन गरेको कुरा प्रकाशमा आएको छ । आवेदकहरुले मंगलग्रहमा बस्न मञ्जूर गरेका छन् । एक दशक भित्रमा मंगलग्रहमा मान्छेको वस्ती बसाउने योजना अनुसार २४ देखि ४० वर्षा व्यक्तिहरुबाट छनौट गरी सन् २०१५ मा २४ जनालाई तालिम दिने योजना बनाएको कुरा प्रकाशमा आएको छ । हाम्रो महिनाहरु नक्षत्रहरुको नामबाट जस्तै विशाखा, जेष्ठा, आषाढा, श्रवण, भाद्रपदा, अश्विनी, कृतिका जस्तै मंगलको अंग्रजी मार्सबाट मार्च राखिएको भनिएको छ । हिन्दु परम्परा र ज्योतिष विज्ञान अनुसार ग्रहहरुलेे मानिसको जीवनमा पार्ने प्रभावबारे अध्ययन गरिन्छ । प्राणी तथा वनस्पतिमा सूर्य र अन्य ग्रहहरुको प्रभाव अवश्यनै पर्दछ ।

जेहोस् हामीले मंगल ग्रहको बारेमा भएको खोजीबारे जानकारी राख्नु राम्रो हुनेछ । यसबारे भएको प्रगतिको अध्ययन गर्दै जाऔं र मानवीय सफलताको कामना गरौं ।
"यो लेख इन्टरनेट हेर्न नभ्याउनेहरुकालागि जानकारी पाउन उपयोगी होला भन्ने हेतुले वेबर्साईटहेरी तयार गरिएको हो"

आर्या

मान्छेले अजमाएकी आर्या जीवित मूर्ति हौ |
भावनाको बगैंचामा फक्रँदो कोपिला भयौ ||
भर्छिन्  प्रकृतिले मात्र रुप रंग सबै गुण |
विश्वको सभ्यता भित्र मान्छे बीच सजाउन ||
यो नाता किन हो यस्तो सारा विश्व भुलाउने |
माया र ममता नाप्ने खै कहाँ यन्त्र पाउने ||
बूढी र तन्नेरी भन्दा शिशुमा मन रमाउने |
अबोध शिशु हेरेर कहिल्यै नअघाइने ||



Friday, August 8, 2014

एउटा शक्तिको अगाडि

 एउटा शक्तिको अगाडि
एउटा शक्तिको अगाडि
तिम्रो आस्था नभए पनि
आस्था छ भनी वचन दिनु पर्छ
या त प्रमाणको लागि लेख्नु पर्छ
बाँच्नु कति प्यारो हुन्छ
जहाँ भने पनि जानु पर्छ
जे मागे पनि दिनु पर्छ
हो मा हो भन्नै पर्छ
या त आज्ञापालक सिपाही जस्तै
गोली खाएर मर्नु पर्छ

एउटा शक्तिको लागि
मानौं पोप उभिएको छ
बाँच्नु कति प्यारो हुन्छ
फाँसीमा जानु नपरोस भनी
पृथ्वी गोल भए पनि
हामी ग्यालिलियो बन्यौं भने
पृथ्वी चेप्टो छ भन्नै पर्छ
यात झुक्न नजान्ने शहीद जस्तै
गोली खाएर मर्नु पर्छ

Friday, July 25, 2014

खै कविता के का लागि?

खै कविता के का लागि?
नलेखिएका कविता के लेखुँ खै?
लेखुँ भनेर कलम समाउँदा नसमाउँदै
डयाङ् डयाङ् डयाङ् सुनिन्छ आवाज
आएका एक थरि भावनाहरु छचल्किन्छन् 
मनमा डरको अनुभूति हुन्छ
यो डर र त्रास भित्र लेखुँ के?
खै कविता के का लागि?
पल्ला घरकी आमै रुँदै आउँछिन्
बाबु समाचारले के भनेको छ?
मेरो भाइको नाति त अम्बुसमा परेछ
मेरै छोरी विधवा भइछे
जुवाईंलाई सुरक्षा कर्मीले मारिदिएछन्
मेघालयको चपेटामा मरेका बूढाको
श्राद्धको तिथि मितिमा
बाबु एउटा चिठ लिेखिदेउ "सञ्चै छ" भनेर।
काल नआएकी म बूढीको तर्फाट
कारगीलको युद्ध छलेर बाँचेको छोरालाई ।
आमाको माया कति छ यो समाचारले नरोयस् बाबैर्
मर्दहोस् अर्की पाउँछस्
तेरी जहान कुफतले मरिसकेकी छे ।
बूढी रुन थालिन मैले आँशुले आँखै देखिन
चिठी लेखौं कि कविता?
खै कविता के का लागि?
समयको संकेत दिने
गाउँका जुझारु भालेहरु हरार्इ सकेछन्
बिहान हुँदा पनि पोथीहरु बिउँझिदैनन्
सिउरको वर्णनले भएन अब
बजेकै छैन अझ सचेतनाको घण्टी
फूलमा फुल पारेर के गर्ने?
वंश थाम्ने चल्लाहरु हराउने भए
युगका कवितानै नजन्मिने भए
यो ओथारो के का लागि?
खै कविता के का लागि?
जहाँ शान्ति मच्चिएर अशान्ति भैरहेछ
कोही शान्ति स्थापनाका लािग बाहिर उडिरहेका छन्
भोका, नांगा राष्ट्रले राष्ट्रसंघमा थापिएका थालमा
अक्षता पाती चढाए जस्तै-
गच्छे अनुसार कनिका, आलु, बदाम र सिन्के मिर्ठाई
गरीबीको रेखामुनिको जनसंख्यालाई
हाम्रो योजनाका मन्त्रहरु प्ाढेर
गरीबी निवारणको फूमन्तर लाउँदा
लगौंटी नै पो फुस्किन थालेछ
अब के देखुँ- के नदेखुँ-
के लेखुँ ? के नलेखुँ ?
खै कविता के का लागि?
अग्निरेखा कोरुँ भन्दा भन्दै
वनमा डढेलो पसिसकेछ
पखेटा फिंजेर नाच्दै गरेका
मयूरका प्वाँखमा आगो सल्केछ
तालीवान चिुरोट र अमेरिकी सिगार तानेर
रोग निम्त्याउनेहरुले
ज्ाताततै धुँवा छोडिसकेका छन् ।
यो बारुदको गन्धमा
मनका कस्तुरी पोलिइसके
वनै भित्रको संकटकालमा
खै कविता के का लागि?
आमा ढडिया भरिएको छ, उता भारत कान्छो करायो
बल्छी, बल्छीमा बल्भिmएकाछन् सहरै सहर माछा
जालमा सोहोरिन्छन् झिंगे र कत्लेहरु
मुहानमा पोखिएको विषले भेटेछ क्यारे
घुमाउने दहमा सेता पेटहरु पल्टिएका छन्
स्वतन्त्र प्रवाहमा को खेल्यो र खै?
पानी भित्रको र्सार्वभौमिकता
दशगजाबाट बगिरहेछ
नौका विहार संगै मेरी भावना साँच्चे भागिछे
खै कविता के का लागि?
यो त यस्तै बेला हो
कविताको घरमा शब्दहरु आउन भ्याउन्नन् समयमै
कर्फ्र्यू लागेको छ, सिमानामानै बास बसिसके
भावनाहरु उड्न सक्तैनन् मौसमको खराबी छ रे
अक्षर अक्षर त लड्न थालिसके रे
हिन्दू र मुस्लिम जस्ता बनेर
यहाँ खान तलासको अनुभूति भैरहेछ ।
कविताको शून्य घर बिजुली नभएको
बेतारको तार चुँडिएको
नलेखिएको दस्तावेज जस्तै
के भनेर लेखुँ?
खै कविता के का लागि?
खै कविता के का लागि?
२०५९ साल, रामेछाप
http://www.articleprem.blogspot.com
http://www.notaryprem.wordpress.com

Friday, July 18, 2014

Kabita- Manchhe Bhitra Chha Kandara

मान्छे भित्र छ कन्दरा
कन्दरा भित्र छन् मान्छे मान्छे भित्र छ कन्दरा
बोकी विज्ञानका थैला भाव बोक्ने यी कन्दरा
हामी हौं कन्दरालाई हाम्रो अस्तित्व कन्दरा
अनुसन्धानको बाटो, विषय पनि कन्दरा

कन्दरामा गरौं खेती कृषिमा क्रान्ति ल्याउने
आन्दोलित मनका द्वन्द हटाई शान्ति छाउने
यो गाउँ यो नगर जिल्ला यो देश मन भित्रका
कन्दराबाट देखिन्छन् नभमणि प्रदीप्तिका

कन्दरा पढ्नकै लागि हामी साक्षर बन्नुछ
कन्दरा पुग्नकै लागि चक्रेटो बाटो खन्नु छ
ज्ञानको प्यासको साथै देहको प्यास मेटने
टाढाको मूलको पानी कन्दरामा पुर्‍याउने

छातीमा हात राखेर हामीले प्रण गर्नुछ
निर्जीवका मुटु छामेर आस्थाको प्राण भर्नुछ
गरी मातृत्वको रक्षा, स्वास्थ्य शिक्षा सचेतन
उद्योगी बन भन्दैछ कन्दराका सबै जन

आत्म निर्भरको बाटो संलग्न लघु वित्तमा
गरौं सम्बन्ध विस्तार जुटेर कार्यतन्त्रमा
कन्दराका धनी हामी विश्वको देश कन्दरा
उज्यालो कन्दरा पारौं खोजेर भित्र कन्दरा

गुराँस कन्दरा भित्रै भाँती भाँती छ कन्दरा
सिंगो आकाश बोकेर गर्व गर्दछ कन्दरा
भाइ र गाईका ताँती गोधूलीमा यो कन्दरा
पूर्र्णोको चन्द्र पर्खेको आशावादी छ कन्दरा

Saturday, May 18, 2013

आर्यघाटमा आफ्नो फोटो आफैले

आर्यघाटमा आफ्नो फोटो आफैले


हिजो बेलुका छिटै सुतेकोले आज २०७० साल जेठ ४ गते बिहान चाँडै नींदले छाड्यो । सधैं अल्छी गरेर भएन भनेर नुहाएँ । बत्ती आएकै थियो । फुरसदनानीलाई भेटौं भनेर यसो ल्यापटप खोल्दै थिएँ बूढीको मोबाइल बज्यो । के के कुरा गरे कुन्नि । फोन भाइबुहारी हिराको रहेछ । सरबाटामुनि नगेन्द्रबहादुर दाइकी श्रीमती हस्पिटलमा बितिछन् । हामी त पशुपति आर्यघाटमा आएका छौं, सूचना गर्नलाई फोन गरेको भनिछन् । यही कुरा थाहापाए पछि म पुगेर आउँछु भनेर कपडा लगाएँ । भाइ शालिग्रामलाई फोनामा सोधें । उनले भने "अँ हो हामी पशुपति आएका छौं । हस्पिटलबाट लगिसकेहालान् भनी आयौं ।" म हिड्नेबेलामा हिडेको मेरो बूढीले म पनि जान्छु भनेकोले दुबै निस्कियौं । घरको माथिल्लो तलामा भान्सा कोठा थप्न लागेको, काम गर्ने महिलालाई हामी जान्छौं, रेखदेख पनि गर्नु, काम गर्नु भन्यौं । आडमा घर बनाउन लागेका छिमेकी र्इश्वर खतिवडालाई पनि "हामी हुन्नौ, आर्यघाट पुगेर आउने बेलासम्म रेखदेख गर्नु होला" भनी गेट खुला छाडेर ढुंगेधारा चोकमा गयौं । चक्रपथको गाडीमा चढी गौशालामा झर्‍यौं । छिटो छिटो पाइला चाली आर्यघाटको लाश जलाउने ठाउँ हेर्दै हिडयौं । शालिग्रामलाई फेरि सोधें कता छौ तिमीहरु?- पुलको देब्रेतिर बताए पछि त्यतै गयौं । लाशलाई वाग्मतीको किनारमा सुताएर जल दिंदै थिए । हामीले पनि जल दियौं । मन एक तमासको भयो । त्यो बेला मेरो फोटो खिच्ने कोही थिएन । अरुले लाशको फोटो लिएको देखेपछि बल्ल मैले पनि त्यो क्षणलाई फोटोमा राखने विचार आयो र मोबाइलमा लाश र वरपर उभिएका मलामीहरुको फोटो लिएँ । आफ्नो पनि अनुहार हरेन एउटा फोटो लिएँ । मलामी धेरैजसो चिनेका नै थिए । कोही धेरै समयसम्म भेट नभएका व्यक्तिहरुसंग पनि भेट भयो । स्थूल शरीर जलेर खरानी भयो । फोटो बाहेक मृत शरीरलाई संरक्षण गरेर राखने प्रविधि भए पनि आफ्नो रीति परम्परा अनुसार विभिन्न धर्म मान्ने व्यक्तिहरुले जलाउने, नदीमा गाड्ने, चिहानमा स्तम्भ उठाउने र कुनै जातिले त काटेर गिद्धलाई खुवाउने समेत गर्छन् । जनसंख्या बढ्दै गएपछि चिहान गाड्ने ठाउँको पनि अभाव हुन थाल्यो । अन्य विकास निर्माणका काममा महत्व राखने स्थलहरु चिहानले आगटेपछि चिहानडाँडा, पाखा र चौरहरुको वैज्ञानिक तरीकाले सदुपयोग गरी वस्ती र कार्यालयहरु बसाल्ने वा आवादी गर्नुपर्ने बेला आएको छ । रीति, परम्परा समय सापेक्ष हुन्छन् र बनाउनु पर्छ भन्ने बेला आएको छ । वास्तवमा यसो गर्नु पनि पर्छ । वि.एल.को परीक्षाका लागि पढ्दा How much land does a man need? भन्ने कथा पढेको सझे । हो लोभले थुप्रो जमीन लिन्छु भने पनि मर्दा चिहानको खाल्डो नै उसको लागि पर्याप्त भयो । यहाँ त चिता जलिसक्यो जमीनको टुक्रा पनि चाहिएन । नदीमा अस्तु घुसाइ दिए भयो । समयको अन्तरालमा अरुकुरा यथावतै भए मेरो चिता हेन पनि सूचना र समय पाएमा आफन्तहरु आउने थलो पनि यही नै त हुने होला । बागलुङबाट काठमण्डौं बसार्इ  सरेर आएका साथीहरुसंग पनि यस्तै कुरा भयो । हाँसो, गाम्भीर्यता, यथार्थता र भावुकता सबै मिसिए । संझें बागलुङ छाडेर काठमाण्डौं आएको ५ महिना बितिसकेछ । २०६९ साल मंसीर २२ गते कुम्लो, कुटुरो, हाँडा, भाँडा ट्रकमा लादेर साँझमा आएर नयाँ गूँडमा बस्न थालेको हो । कसैका रीसले धनी, चोर, ढटुँवा, छली, कपटी, रण्डीबाज, सिद्धान्तहीन, भतुवा, लुम्रे वा झुम्रे जे भए पनि भइयो होला । २०३४ साल देखि सत्तो सराप्नेहरु र खेदो खन्नेहरुले त चिता देख्दा वा मर्‍यो भन्ने सुने पछि खुशी पनि होलान् । तर म भित्रको मान्छले त्यस्तो सोचेको छैन ।
चितामा आगोको लप्का देख्दाको भावना, भट्टीमा बोतल भर्ने कान्छी देख्दाको भावना एउटै हुँदैन । विज्ञानले मन र भावनालाई तहलाउन सक्ने अवस्था नआएसम्म आध्यात्मको पाटोलाई नअंगाली सुख छैन । आध्यात्मको बारेमा मेरो कतै छुट्टै खण्डकाव्यको अंश पनि हेर्नु हुनेछ ।
पशुपतिनाथको मन्दिर तिर नगएको पनि धेरै वर्षभएको थियो । दश दिन भित्रमा दुर्इ चोटि मलामी बनेर आउनु पर्‍यो । बैशाख २७  गते गल्कोटका कृष्णप्रसाद सुवेदीकी आमाको वीर हस्पिटलमा फोक्सोको क्यान्सरको उपचारकै क्रममा मृत्यु भइ आर्यघाटमा दाहसंस्कार भएको थियो । वहाँको आमालाई एक चोटि हस्पिटलमा देख्न जानु पर्ला भन्ने थियो । म काठमाण्डौं आए पछि कृष्णप्रसाद सुवेदीसंग चिनजान भएको हो र्।र् इश्वर खतिवडाले खबर गरी वहाँको मोटरबाइक र पछि भरत धमलाको मोटरबाइकमा आर्यघाट पुगेको थिएँ । वहाँको आमालाई एकचोटि हस्पिटलमा देख्न जानु पर्ला भन्ने थियो आखिर आर्यघाटमा जलेको चिता देख्न पुग्नु पर्‍यो । यसचोटि पनि भाउजूलाई पनि जीउँदो रहँदा भेटन सकिएन । जिन्दगी एउटा नाटकनै हो । यो रंगमञ्चमा सबैले आफ्नो आफ्नो भूमिका निर्वाह गर्नु पर्छ । हिरो, हिरोइन, लडाकू, चोर, डाँका आदि सबैको भूमिका खेलिरहेका छौं । आफ्नो आफ्नो नाटकको पार्ट एक दिन सकिन्छ । कोही दुर्घटना वा कोही ओछ्यानमा बेरामीको नाटकसंगै आर्यघाट वा नदी खोला वा चिहानमा पुग्छौं । मान्छेलाई सान्त्वना दिन पर्ूवजन्म, पर्ुनर्जन्मका कथाहरु रचिएका छन् । यी पनि नाटक भित्रका नाटकहरुनै हुन् । आफ्नो आफ्नो नाटकको भाग, जिन्दगीका दृश्यहरुको पर्दा उघारिएको छ । एक अर्कोको दर्शक बनिरहेछ । अझ उपग्रहबाट हेर्दा पृथ्वीका मानिसहरुको नाटक अचम्मलाग्दो देखिन सक्छ । यही नाटक मञ्चन गर्ने गराउने भेउ नपाएर विज्ञानले खोजी गर्दैछ, नाटक गर्ने मान्छेले इश्वर सुजना गरी नाटको पात्रको रुपमा भूमिका खेलिरहेको छ । नाटक भित्रै मेरो यो भावना उब्जिरहेछ । अनुभूतिसंगको मेरो यो नाटक आध्यात्म हो । तपाईं विज्ञानले निकाल्ने कसीको प्रतीक्षामा रहनुहोला । मेरो संवेग, समवेदना, सहानुभूति र समानुभूति विज्ञानले नाप्न सकेको छैन । यही अथाह अपरिमिततानै मेरो आध्यात्म हो । कृष्णजीको आमा र भाउजू दुबैलाई मेरो हार्दिक श्रद्धाञ्जली । शोकसंतप्त परिवारजनप्रति हर्दिक समवेदना ।
 

Friday, November 23, 2012

Umanath Chhatrabriti Prativa Puraskar Sanstha


उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्थासंगै एक आत्मा बोलिरहेको छ।

डा. प्रेमप्रसाद शर्मा
उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्थाको प्रसंगले मैले विगतलाई संझे । यस संस्थासंगै एक आत्मा बोलिरहेझैं लाग्यो । हामी सानो केटाकेटीमा पढ्दा त्यतिबेला जुनियर हाइस्कूल थियो । विद्यालयमा को को आउँथे र जान्थे, र्सार्वजनिक रुपमा के के गतिविधिहरु हुन्थे ती बारे हामीहरुलाईृ थाहा हुन्थ्यो । विद्यालयमा आउने व्यक्तिहरु मध्ये एक जना कमीज, सुरुवाल, टोपी, जुत्ता लगाएको, मोटो, होचो कदको, अनुहारमा केही काला कोठीहरु भएको, लठ्ठी टेकेको, सरल, सहज, निर्दोष, सहयोगी, भव्य, आकर्ष व्यक्तित्व हामीले बराबर देखिरहन्थ्यौं । हामी विद्यार्थीहरुलाई त्यहाँ पढ्ने आत्माराम शर्मा र शाल्रि्राम शर्माका पिता हुनुहुन्छ भन्ने थाहा थियो । सबै विद्यार्थीहरुको श्रद्धाभाव थियो । आत्माराम शर्मा र शाल्रि्राम शर्माले पछि हामीलाई पढाउनु भयो त्यसैले उहाँहरु मेरा गुरुहरु हुनुहुन्छ । केही समय पछिसम्म मेरो कान्छो मामा टीकाराम र म संगै पढ्यौं । मामाले भनेर मैले थाहा पाएको थिएँ कि आत्मारामको ठूला दाजू भारतमा गएर गाई पाल्ने आदि व्यवसाय गरेर प्रशस्त धन कमाउनु भएको छ । अझ एउटा प्रसंग अहिले संझे कसैलाई सोधेको छैन, मामाले भन्नु हुन्थ्यो श्याल कराउँदा उसले सिंग ओकलेर कराउँछ रे, अनि त्यो सिंग जसले फेला पार्छ उसले धन कमाउँछ । उमानाथ उपाध्यायले त्यो श्यालको सिंग फेलापारेकोले धन कमाउनु भएको हो । यो किंवदन्ती आज प्रसंगले मात्र संझे । उमानाथ उपाध्यायको माइला छोरा हरिराम शर्मा मामासंग आईरहने भएकोले वहाँलाई सानै देखि देखेको थिएँ । हरिराम र रत्नाकरजीहरु प्ाछि रात्रीस्कूलबाट शिक्षा लिनु भएको थियो । उमानाथज्यूका अन्य छोराहरु प्रकाश शर्मा, मुक्ति शर्मा र नारायण शर्मा र नाति मुकुन्द शर्मा म पछि शिक्षक भए पछि सर्ंपर्कमा आउनु भयो । तोरणसंग केही समय काम पनि गरें र दिपेन्द्रलाई पनि देखेको छु अरु पछिका सबै नानी, बाबुहरुलाई त देखे जानेको छैन ।

हामीले कलाधर र उमानाथलाई चिन्ने बाटो विद्यालय र विद्यार्थी भएकै कारण थियो । शिक्षाको विकास र शैक्षिक समस्या समाधानमा तत्कालीन प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा र उमानाथनै हुनुहुन्थ्यो । विद्यालय प्रांगण वा बैठककक्ष जहाँ पनि भेट हुँदा डिल्लीप्रसादले पुरानो परंपरा अनुसार कलाधर र उमानाथका खुट्टा ढोग्नु हुन्थ्यो । मलाई पल्लाछेया -पल्लाछेउ) भवानीकी माइली दिदीका छोरा भनेर डाँडाका नन्दलाल जैसी -कबेली नामले उहाँ चिनिनु हुन्थ्यो)ले चिनाइ दिनु भएको थियो । भवानी मामाको कारण मलाई पनि आफन्त जस्तो संझनु हुन्थ्यो ।

एउटा छोटो आलेख तयार पार्ने शिलशिलामा उमानाथ उपाध्यायले सामाजिक तथा शिक्षा विकासको क्षेत्रमा गरेको योगदानको सम्बन्धमा हंसवाहिनी पुस्तकालयबाट प्रकाशन हुने करुणाका अंकहरु र हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान र शिक्षा एवं समाजसेवी हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुको संगालोका दुबै भागहरु उपलब्ध भएकोले हेरी सोही आधारमा उमानाथ उपाध्यायलाई कसले कुन रुपमा लिनुभएको छ र हेमराज शर्मा स्वयंले कुन रुपमा सहकार्य गर्नु भयो टिपोट गरेको छु ।

करुणा -बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस) स्मारिका २०५४मा पैयुँपाटामा शिक्षाको विकास एक संस्मरणमा हेमराज शर्मा लेख्नुहुन्छ - ""२०१५।२।२२ गते
हेमराज, कलाधर, उमानाथ, पूर्णप्रकाशहरु भएको जिल्ला विकास बोर्डको बैठकमा भाग लिन आ.स. माग्न बागलुङ गएका ... । ... जिविस बोर्डबाट आ.स. ५००। हेमराज, कलाधर, उमानाथ उपाध्यायबाट १।१ हजार, पदमपाणि शर्मा ३००। नन्दलाल पाध्या-ठूलाखेत, खडानन्द पाध्या-सातविसेबाट १।१ सयको कोष जम्मा गरी विद्यालय चलाउने, भवन बनाउने आदि कार्य गर्न थालिएको हो । -पेज -३) । ०१७।४।११ गते म, पर्ूण्ाप्रकाश, कलाधर, उमानाथ उपाध्याय समेत बसेर ....। अब अर्थ संचय गर्ने र मिडिल स्कूल चलाऔं भन्ने पहिलो सल्लाह भयो । २०१७।४।१५ गते ... ... व्यवस्थापक- हेमराज शर्मा, सेक्रेटरी-सु. नयनसिंह खत्री, र ६९ जना सदस्य भएको मिडिल स्कूल समिति गठन भयो । २०१७।४।१७ गतेको बैठकमा मिडिल स्कूल संचालक समिति १५ जनाको गठन भयो । सभापति - श्री गौरीप्रसाद श्रेष्ठ, बडाहाकिम, बागलुङ गौंडा, उपसभापति- कलाधर शर्मा, सेक्रेटरी व्यवस्थापक-हेमराज शर्मा, ... ... ... कोषाध्यक्ष- उमानाथ उपाध्याय, ...... ।"


त्यसैगरी हेमराज शर्माले शिक्षा एवं समाजसेवी हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुको संगालोमा लोकाः समस्ता सुखिनो भवन्तु धन्यवाद शीर्षकमा -पेज ९) लेख्नुहुन्छ -"मलाई राजनैतिक, शैक्षिक, सामाजिक क्षेत्रमा कार्यरत रहेर देश एवं जनता जनार्दनको सेवा गर्नु नै धर्म हो भनेर प्रेरणा उत्साह दिने मध्येका अग्रजहरु ओमप्रसाद गौचन- बागलुङ बजार, पं. भवानीप्रसाद उपाध्याय -बलेवा, कैया, कालीभक्त पन्त - पर्वत फलेवास, शेरबहादुर शेरचन- म्याग्दी दरबाङ, मोहनबहादुर मल्ल- पर्वत मल्लाज, श्रीभद्र शर्मा- तनहूँ, कलाधर शर्मा- पैयुँपाटा, उमानाथ उपाध्याय- अँधेरीखोला, .... ... ... हुनुहुन्थ्यो ... । " त्यसैगरी उहाँले हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तकको ४२ पेजमा अन्तर्वार्ताको प्रसंगमा स्व. कलाधर पाध्या पछि स्व. उमानाथ शर्मा, पैयुपाटा ३, भनेर दोश्रो नम्बरमा स्मृतिपटलमा रहेका समाजसेवी मित्रहरुको नाम भनेर दिनु भएको छ ।


हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तकमा नै -१४२ पेज) वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेलले लेख्नुभएको छ - "यसरी अहोरात्र शिक्षा सेवामा लागेका एक अथक कर्मयोगीले आफ्नो कदममा साथ दिने उमानाथ शर्मा अँधेरीखोला, कलाधर पाध्या, ठूलाखेत जस्ता स्वर्गीय भैसकेका व्यक्तिहरु ... ... ... भूपति शर्मा ... ... सहयोग पाउनु भएको छ ।" यही पुस्तकमा हेमराज शर्मा पौडेलको व्यक्तित्व र योगदान शर्ीष्ाकमा यम ढुंगाना -यमबहादुर केसी - नेपाने) ले लेख्नुभएको छ -२१५ पेज) - "उहाँलाई प्रायः नजीकबाट राय सल्लाह र सहयोग प्रदान गर्ने प्रायः प्रधानपञ्च हुने कलाधर शर्मा र अँधेरीखोला उमानाथ शर्मा हुनु हुन्थ्यो ।"

हेमराज शर्मा पौडेलको व्यक्तित्व एवम योगदान बारे एक चर्चा र विश्लेषण शीर्षकमामा -पेज २४०) लीलानाथ रेग्मी लेख्नुहुन्छ - "त्रिमावि पैयुँपाटाको उत्थानको लागि उहाँलाई सक्रियतासाथ सहयोग गर्ने व्यक्ति हुनुहुन्थ्यो उमानाथ शर्मा पौडेल -अँधेरीखोला), कलाधर शर्मा -ठूलाखेत), पदमबहादुर क्षत्री -टारी), प्रअ डिल्लीप्रसाद शर्मा -वरडाँडा), उमानाथ शर्मा पौडेलले त ठूलो आर्थिक सहयोग पनि गर्नु भएको थियो । "
कर्मयोगी व्यक्तित्व श्री हेमराज शर्मा शीर्षकमामा -२१५ पेजमा) उमानाथ उपाध्यायका काईलाछोरा शाल्रि्राम शर्मा जसले हेमराज शर्माका कृयाकलापलाई परिवारमा सानैबाट चिन्ने र नियाल्ने मौका पाउनु भयो उहाँले लेख्नुहुन्छ - "हेमराज शर्मालाई सरकारी सेवाबाट राजीनामा गर्न लगाई आफ्नो जन्मस्थानबाटै सेवाको क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिने धेरै श्रद्धेयमहानुभावहरु हुनुहुन्छ । वहाँहरु मध्ये कतिपय यस संसारबाट सदाको लागि विदा भैसक्नु भएको छ भने केही व्यक्तित्वहरु अझै पनि अधिपछि लागि रहनु भएको छ । उहाँहरुको नाम स्मरण गर्नु सान्दिर्भिक नै हुन्छ । जसले ज्यादै कठिन सामाजिक, आर्थिक र व्यवहारिक समस्या पर्दा हेमराज गुरुलाई तन, मन, धन, बल र बुद्धिले मद्दत गर्नु भएको थियो । ... .... ती स्वर्गीय व्यक्तिहरु हुन् - उमानाथ उपाध्याय, पैयुँपाटा-३, अँधेरीखोला, कलाधर उपाध्याय, पैयुँपाटा-२, ठूलाखेत, तुलसीराम शर्मा, पैयुँपाटा-१, सातविसे, नन्दलाल जैसी, पैयुँपाटा-२, डाँडा रेग्मीफाँट, खडानन्द रिजाल, पैयुँपाटा-६, घडेरी, ... ... । "

हेमराज शर्मा पौडेल व्यक्तित्व र योगदान पुस्तककै -पेज १११) हेमराज शर्मा पौडेलः बलेवाका ज्योति शीर्षकमामा उमानाथको प्रसंगमा तारा प्रकाश पौडेलले लेख्नुभएको छ - "वरिपरिबाट ठोकिएका सापाहरुको भरलेनै मियो बलियो बनेको हुन्छ, त्यस्तै भूसविनाको चामललाई उमार्न नसकिएजस्तै काइंला पण्डितलाई हेमराजको दर्जामा पुर्‍याउनको लागि वरिपरिबाट थुप्रै सापाहरु ठोकिंदा ठोकिंदा माटोमा पुरिएका छन् । ती मध्ये र्सवश्री कलाधर, तुलसीराम, हरिलाल गिरी, उमानाथ शर्मा, ... ... ... र हेमराज आफैंले संझनुपर्ने अन्य हितैषी साथीभाई र तिनका वंशजप्रति यथोचित सम्मानको भाव दर्शाउनु पर्ने सामाजिक तथा नैतिक जिम्मेवारी हेमराज शर्मा र उनका सन्तानमाथि स्वाभाविक रुपमा रहेको सत्य तथ्य प्रति उदासीन हुन मिल्दैन । "

 
हेमराज शर्मा पौडेलसंग सम्बन्ध राख्ने दस्तावेजहरुबाटै थाहा हुन्छ कि २००७ साल माघ १ गतेबाट बलेवा पैयुँपाटा प्रारम्भिक पाठशाला स्थापना भई शिक्षाको ज्योति बाल्नेकाम भएको थियो । २०१० सालमा ग्रामसुधारक विद्यालय प्रचारिणी समिति गठन भएको, २०१४ साल माघ १२ गने भोजपुरे गुरुका नामले प्रख्यात पर्ूण्ाप्रकाश बन्धु नेपाल यात्रीको अध्यक्षतामा गठित पुस्तकालय संचालक समितिमा उमानाथ उपाध्यायले सदस्य पदमा रही सेक्रेटरी हेमराज शर्मा पौडेल र भोजपुरे गुरुलाई सहयोग पुर्‍याउनु भएको पाइन्छ । २०१८ सालमा विश्व शान्ति महायज्ञमा वहाँको छोरा भूपति शर्मा कोषाध्यक्ष भई काम गर्नु भएको थियो । २०३३ सालमा हेमराज शर्मालाई विशेष प्रहरी विभाग काठमाण्डौंले समाती हिराशतमा राख्यो । त्यतिबेला संचालक समितिमा रहनु भएका उमानाथ उपाध्याय र जि.मु. धर्मानन्द जैसी लगायतका व्यक्तिलाई पनि काठमाण्डौं हाजिर गर्राई बयान लियो । त्यतिबेला बागलुङ तिर र्फकदैं गरेका धर्मानन्द जैसीसंग म र नेपानेका मेरो भाइ नाता पर्ने प्रेम -हाम्रो एउटै नाम छ) काठमाण्डौं तिर जाँदा बाटोमा गाडी रोकिएको ठाउँमा भेट भयो र उहाँ फेरि त्यहाँबाट हामीसंगं एउटै बसमा काठमाण्डौं विशेष प्रहरी विभागमा फेरि हेमराजलाई भेट्ने काम पर्‍यो भनी जानु भएको थियो । वहाँ हाम्रो गोत्रीय दाजुभाइ र काका पर्ने भएकोले विशेष प्रहरीमा भएका मोटामोटी कुराहरु ब्ाताउनु भएको थियो ।

करुणा -२०५४ मा नै बलेवा एक संस्मरण शीर्षकमामा श्रीकुमार थपलियाले -पेज ३०) लेख्नुहुन्छ - "शिक्षाको अर्को पक्षलाई नियालेर हर्ेदा उमानाथ छात्रवृत्ति र प्रौढ शिक्षा कार्यक्रम उमानाथज्यूको सन्तानहरुको एउटा महान कदम हो ... ...। " उमानाथ छात्रवृत्ति प्रतिभा पुरस्कार संस्था पैयुँपाटा बागलुङले २०६१।८।७ मा हेमराज शर्मालाई अभिनन्दन गरिसकेको छ ।

पैयुँपाटाको विकासमा हेमराज शर्मा पौडेललाई साथ दिने बलिया खम्बाहरु कलाधर शर्मा र उमानाथ उपाध्याय हुन् । पैयुँपाटामा साँच्चिकै कलाधर र उमानाथ नभएको भए  पूर्णप्रकाशहरु यात्री र हेमराज शर्माका प्रयास र उत्साहहरु र शैक्षिक विकासका गतिविधिहरु कता पुग्थे कल्पना गर्न सकिन्न । आजसम्म पनि हामी सामन्ती संस्कारबाट पार पाएका छैनौं । बलेवामा शोषक फटाहा र जालझेल गर्नेहरुलाई तह लाउन हेमराज शर्मा लगायतको टोलीले भरमग्दूर काम गरेको थियो । कलाधर र उमानाथहरुले साथ दिएका थिए । सबै धन हुनेहरु बुद्धिको कदर गर्ने र सहयोग गर्ने खालका हुँदैनन्, सबै धन हुनेहरुको मन हुँदैन । उमानाथ भौतिकताले मात्र होइन मनका पनि धनी हुनुहुन्थ्यो । उहाँको तन, मन, धन शिक्षा तथा समाज विकासमा लागेकोले नै उहाँ श्रद्धेय, अमर, पूज्य र प्रेरणादायक हुनुहुन्छ । भौतिक शरीर नभए पनि विचार र भावनाहरु बाँचेका छन् । शिक्षा क्षेत्रमा संलग्न व्यक्ति, शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य र्सवसाधारणले पनि उमानाथ छात्रबृत्ति प्रतिभा पुरस्कारको नाम र यस संस्थाको गतिविधिले पनि बिर्सन नसकिने बनाएको छ । यसले सँधै सँधै विगत वा इतिहासलाई संझाएको छ ।

उमानाथ उपाध्याय सामाजिक तथा शिक्षा विकासको भावनाले ओतप्रोत भएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले पुर्‍याएको योगदानको अभिलेखीकरण २०१४ सालबाट भएको देखिन्छ । २०१४ सालमा पाठशाला संचालक समतिको कोषाध्यक्ष, हंसवाहिनी पुस्तकालय संचालक समितिमा सदस्य, २०१४ र २०१५ सालमा जिल्ला विकास बोर्ड, बागलुङमा रहेर काम गर्नुभएको देखिन्छ । २०१७ साल देखि धेरै समय विद्यालय संचालक समितिमा कोषाध्यक्ष पदमा रही काम गर्नु भयो । उहाँको आनी-बानी सामाजिक व्यवहारले परिवारका सबै जनाले राम्रोसंग शिक्षा आर्जन गर्न सके, छरछिमेक, गाविस, जिल्ला र देशले एक कुनाबाट देशविकासको लागि टेवा पाउन सक्यो । अरु कोहीका बारेमा कहिलेकाँही नकारात्मक टीकाटिप्पणी गरे पनि उहाँको बारेमा जीवित वा मरणोपरान्त पनि नकारात्मक टीकाटिप्पणी गरेको पाइएको छैन । हाम्रो घरमा बासंग माइला बा शशिधर र अरु मान्छेको बीच कुरा चल्दा अँधेरीखोलाका उमानाथका बारेमा निकै प्रशंसाका कुराहरु चल्थे । निर्दोषी, निःस्वार्थी र विवेकी आत्माको प्रतिरुप हुनुहुन्थ्यो उहाँ । हाम्रो बालापन देखि, चिनेजानेको अवस्था देखि उहाँ प्रति श्रद्धा रहिआएको थियो । आज पनि श्रद्धाञ्जली अर्पण गर्दछु, अस्तु ।



 

 

Friday, September 16, 2011

घडी

घडी

हामी साना छँदा घडीको चलन थिएन । हाम्रो गाउँभरमानै कसैको घडी थिएन । स्कूल जानु भन्दा अगाडि समयको ख्याल हुँदैनथ्यो । स्कूल जान थाले पछि बिहान स्कूल जाने बेला भयो कि भनी ख्याल गर्नु पथ्र्यो । आमाले सूर्य बोलीचालीको भाषामा घाम भनिन्थ्यो उदाएको बेला र डाँडाबाट क्षितिजमा कति माथि आएको छ हेरेर अड्कल गरिन्थ्यो । दैलो ठेलोमा छानाको पर्ने छाँयालाई ख्याल गरी जाँदा त्यो दिन ढिला वा चाँडो के हनुथ्यो सो हेरेर अड्कल गरिन्थ्यो । विद्यालयमा अलार्म सहितको टेबुलघडी थियो । पहिले त सबै शिक्षकसंग घडी थिएन । सूर्य नदेखिँदा बेसरी बादलिएको दिन बिहान समयको अड्कल गर्न कठिन हुन्थ्यो । विद्यालयमा पुग्न कहिलेकाँही अबेर हुन्थ्यो । ढिलो आउनेलाई एक लहरमा उभ्याई ुभोलि देखि ढिलो नगर्नुु भनी हप्काएर छाडिन्थ्यो । म एकचोटि यस्तो परेपछि घरमा आमालाई अत्याएर चाँडै खाएर जान्थंे । कहिले त छिटो स्कूलमा पुग्दा म एक्लै हुन्थें । तर सानो छँदा म माइला बाबासंग संगै जान्थें । आउँदा भने अरु साथीहरु प्ानि भएकाले संगै ओरालो हामफाल्दै दौडन्थ्यौं । विद्यालयका विद्यार्थीहरुमा दश कक्षामा पुगेका २ जनाले घडी बाँधॆका थिए । स्कूलमा पछि अरु शिक्षकले पनि घडी बाँधे । मैले पनि आइ ए पढेपछि बाबाले किनिदिएर घडी बाँधेको हुँ । मेरो घडी एचएमटी पाईलट भन्ने थियो । घडी नहुँदा बाबाले राति बाहिर आकाशतिर हेरेर तीनतारे बृहस्पति शुक्र आदि ताराको ख्याल गरेर समय कति गयो कति बाँकी छ अड्कल गर्नुहुन्थ्यो । सूर्योदय र सूर्यास्त र ताराहरुको स्थानबाट कति घडी पला गएको छ भनेर अडकल गरिन्थ्यो । गाउँमा कोही जन्मदा घडी नहँुदा पात्रो हेर्न जान्ने मान्छेलाई बताई घडी पलाको हिसाब गरी पात्रोमा तिथि मिति लेखी राख्ने गरिन्थ्यो यसलाई डोरो हाल्ने भनिन्थ्यो । हाम्रो घरमा बा ले सोध्न आउनेहरुको र जजमानहरुको जन्मको डोरो हाल्ने काम गर्नु हुन्थ्यो किनकि यसैबाट न्वारानमा नाम जुराउनु पथ्र्यो ।

हामी बागलुङ बजार आउँदा ओमप्रसादको कपडा पसलमा घडी हल्लेको हेर्न जान्थ्यौं । ठूलो भित्तेघडी थियो । घण्टा पुगी बज्ने बेलामा आवाज आउँछ भनेकाले फर्की फर्की आएर आवाज आएको पनि सुन्थ्यौं । त्यतिबेला सम्पन्न परिवारका व्यक्तिले घरमा भित्तेघडी टेबुलघडी राख्ने र हातेघडी बाँधेका हुन्थे । पहिलेका सबै घडीमा दम दिनु पथ्र्यो । दिउँसो १२ बजे घडीलाई दम दिने भन्ने चलन थियो । यसैलाई लिएर बाह्र बजे घडीलाई दम िदंदा रुन्छ मन हजूरलाई संझिदा भन्ने जस्ता गीत पनि गाउँथे । हाम्रो माइला बाबाले दिउँसो बिसर्िन्छ भनेर सधंै बिहान बिहान घडीमा दम दिने सानो निस्केको टुप्पा घुमाउने गर्नु हुन्थ्यो । मैले पछि घडी बाँध्न थालेपछि पनि यही सिको गरी बिहान उठ्ने बित्तिकै घडी हेर्ने र दम दिने गथर्ंे । घडी लाउनु गहना लाउनु जस्तै थियो । मेरो विवाहमा पनि गाउँका लाहुरे दाजूको घडी बाँधिदिनु भएको थियो दुलाहालाई िसंगार्ने क्रममा । पछि मैले गाउँको एकजना भाइले काठमाण्डौंबाट ल्याएको घडी बेच्न खोजेकोले किने । त्यतिबेला म शिक्षकको जागिर खान्थें । मासिक १९२।२५ पैसा थियो । मैले घडी बेचेर अर्को किनेको घडी बाँध्न थाले । केही वर्षपछि मैले ठूली आमाको छोरा भाइसंग घडी किनंे र मेरो घडी बाबालाई दिएँ । बाबाको पनि घडी हेर्ने बानी बस्यो । मेरो घडीमा पानी पसी बिग्रीरहने भएकाले मैले मर्मत गरी भाइको घडी बाँध्ने रहर पूरा गर्न उनलाई दिएँ । मैले हाल २०५८ सालमा किनेको क्यासियो नामको ब्याट्रीबाट चल्ने घडी बाँध्ने गरेको छु । अहिले मोबाइलमा पनि समय हेर्न मिल्छ तापनि समय हेर्न नाडी घडी प्रयोग गरिरहेकोले यो टुटाउन सकेको छैन । पटक पटक समय हेरिरहन्छु । उमेर ढल्दै गयो बल्ल समयको महत्व बुभ्दैछु । साना नानी बाबुहरुले समयको महत्व आजैबाट बुझेर काम गरुन भन्न चाहन्छु ।

Thursday, September 15, 2011

अलमल्ल परं बा

आफ्नो छोरा नभए पनि एक जना भतिजले भने ए ठूलाबा हाम्रो राष्ट्रिय जनावर कुन हो धेरै जसोको घरमा बंगुर छन् हाम्रो त राष्ट्रिय जनावर बंगुर नै हुनु पर्छ । पल्ला गाउँको बाख्रा पाखाथरका जैसीहरुको राष्ट्रिय जनावर भैंसी हामीहरुले त कुकुरलाई पनि राष्ट्रिय जनावरमा राख्नु पर्छ ठूलाबा घरको रक्षा गर्ने यस्तो जनावरलाई महत्व नदिएर हुन्छ उच्च दर्जाका अपराधी समेत पत्ता लगाउँने जनावरलाई । राउटेले बाँदरलाई मान्लान् कि केलाई ठूलाबा भतिजको कुराले म सोचमा परें । होत हाम्रा मकमक घुर गर्ने परेवा पारी गाउँका कुखुरी काँ गर्ने घडीचराहरु कतै भगेंरा चीलहुकीचील आदिले आआफ्ना ठाउँमा राष्ट्रिय चराको ठाउँ पाउने भए । सुनकेस्रीले लाउने गुनकेशरी पनि राष्ट्रिय फूल हुने भए । हाम्रो गाउँमा पनि पाखा र कान्लाभरि पाइने प्याउली फूलको पनि राष्ट्रिय फूल हुने दिन आउने भयो । हाम्रो पनि सुगा रंग राष्ट्रिय रंग हो भनेर सुगा रटाई गर्नु पर्ने होला । यस्तै के सोच्दै थिएँ बाबाले लाउने गरेको लगौंटी संझे । जमाना देखि इज्जत जोगाउँदै आएको यो पनि राष्ट्रिय पोशाक नै त हो । कण्ठे लगौंटी लाउँदा त्यही राष्ट्रिय पोशाक हुने होला । अब राष्ट्रिय पहिचान जातिगत क्षेत्रगत जिल्लागत धर्म राजनीति संघीय गाउँ वस्ती कुन रुपमा हुने हो मेरो त दशैं आए पनि पुरानै पाइन्ट र शर्ट छ गृह पोशाक जिल्ला पोशाक राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्षीय जे पोशाक भने पनि यसैमा ठाँटिएर हिड्नु पर्ला ।