घडी
हामी साना छँदा घडीको चलन थिएन । हाम्रो गाउँभरमानै कसैको घडी थिएन । स्कूल जानु भन्दा अगाडि समयको ख्याल हुँदैनथ्यो । स्कूल जान थाले पछि बिहान स्कूल जाने बेला भयो कि भनी ख्याल गर्नु पथ्र्यो । आमाले सूर्य बोलीचालीको भाषामा घाम भनिन्थ्यो उदाएको बेला र डाँडाबाट क्षितिजमा कति माथि आएको छ हेरेर अड्कल गरिन्थ्यो । दैलो ठेलोमा छानाको पर्ने छाँयालाई ख्याल गरी जाँदा त्यो दिन ढिला वा चाँडो के हनुथ्यो सो हेरेर अड्कल गरिन्थ्यो । विद्यालयमा अलार्म सहितको टेबुलघडी थियो । पहिले त सबै शिक्षकसंग घडी थिएन । सूर्य नदेखिँदा बेसरी बादलिएको दिन बिहान समयको अड्कल गर्न कठिन हुन्थ्यो । विद्यालयमा पुग्न कहिलेकाँही अबेर हुन्थ्यो । ढिलो आउनेलाई एक लहरमा उभ्याई ुभोलि देखि ढिलो नगर्नुु भनी हप्काएर छाडिन्थ्यो । म एकचोटि यस्तो परेपछि घरमा आमालाई अत्याएर चाँडै खाएर जान्थंे । कहिले त छिटो स्कूलमा पुग्दा म एक्लै हुन्थें । तर सानो छँदा म माइला बाबासंग संगै जान्थें । आउँदा भने अरु साथीहरु प्ानि भएकाले संगै ओरालो हामफाल्दै दौडन्थ्यौं । विद्यालयका विद्यार्थीहरुमा दश कक्षामा पुगेका २ जनाले घडी बाँधॆका थिए । स्कूलमा पछि अरु शिक्षकले पनि घडी बाँधे । मैले पनि आइ ए पढेपछि बाबाले किनिदिएर घडी बाँधेको हुँ । मेरो घडी एचएमटी पाईलट भन्ने थियो । घडी नहुँदा बाबाले राति बाहिर आकाशतिर हेरेर तीनतारे बृहस्पति शुक्र आदि ताराको ख्याल गरेर समय कति गयो कति बाँकी छ अड्कल गर्नुहुन्थ्यो । सूर्योदय र सूर्यास्त र ताराहरुको स्थानबाट कति घडी पला गएको छ भनेर अडकल गरिन्थ्यो । गाउँमा कोही जन्मदा घडी नहँुदा पात्रो हेर्न जान्ने मान्छेलाई बताई घडी पलाको हिसाब गरी पात्रोमा तिथि मिति लेखी राख्ने गरिन्थ्यो यसलाई डोरो हाल्ने भनिन्थ्यो । हाम्रो घरमा बा ले सोध्न आउनेहरुको र जजमानहरुको जन्मको डोरो हाल्ने काम गर्नु हुन्थ्यो किनकि यसैबाट न्वारानमा नाम जुराउनु पथ्र्यो ।
हामी बागलुङ बजार आउँदा ओमप्रसादको कपडा पसलमा घडी हल्लेको हेर्न जान्थ्यौं । ठूलो भित्तेघडी थियो । घण्टा पुगी बज्ने बेलामा आवाज आउँछ भनेकाले फर्की फर्की आएर आवाज आएको पनि सुन्थ्यौं । त्यतिबेला सम्पन्न परिवारका व्यक्तिले घरमा भित्तेघडी टेबुलघडी राख्ने र हातेघडी बाँधेका हुन्थे । पहिलेका सबै घडीमा दम दिनु पथ्र्यो । दिउँसो १२ बजे घडीलाई दम दिने भन्ने चलन थियो । यसैलाई लिएर बाह्र बजे घडीलाई दम िदंदा रुन्छ मन हजूरलाई संझिदा भन्ने जस्ता गीत पनि गाउँथे । हाम्रो माइला बाबाले दिउँसो बिसर्िन्छ भनेर सधंै बिहान बिहान घडीमा दम दिने सानो निस्केको टुप्पा घुमाउने गर्नु हुन्थ्यो । मैले पछि घडी बाँध्न थालेपछि पनि यही सिको गरी बिहान उठ्ने बित्तिकै घडी हेर्ने र दम दिने गथर्ंे । घडी लाउनु गहना लाउनु जस्तै थियो । मेरो विवाहमा पनि गाउँका लाहुरे दाजूको घडी बाँधिदिनु भएको थियो दुलाहालाई िसंगार्ने क्रममा । पछि मैले गाउँको एकजना भाइले काठमाण्डौंबाट ल्याएको घडी बेच्न खोजेकोले किने । त्यतिबेला म शिक्षकको जागिर खान्थें । मासिक १९२।२५ पैसा थियो । मैले घडी बेचेर अर्को किनेको घडी बाँध्न थाले । केही वर्षपछि मैले ठूली आमाको छोरा भाइसंग घडी किनंे र मेरो घडी बाबालाई दिएँ । बाबाको पनि घडी हेर्ने बानी बस्यो । मेरो घडीमा पानी पसी बिग्रीरहने भएकाले मैले मर्मत गरी भाइको घडी बाँध्ने रहर पूरा गर्न उनलाई दिएँ । मैले हाल २०५८ सालमा किनेको क्यासियो नामको ब्याट्रीबाट चल्ने घडी बाँध्ने गरेको छु । अहिले मोबाइलमा पनि समय हेर्न मिल्छ तापनि समय हेर्न नाडी घडी प्रयोग गरिरहेकोले यो टुटाउन सकेको छैन । पटक पटक समय हेरिरहन्छु । उमेर ढल्दै गयो बल्ल समयको महत्व बुभ्दैछु । साना नानी बाबुहरुले समयको महत्व आजैबाट बुझेर काम गरुन भन्न चाहन्छु ।
Friday, September 16, 2011
Thursday, September 15, 2011
अलमल्ल परं बा
आफ्नो छोरा नभए पनि एक जना भतिजले भने ए ठूलाबा हाम्रो राष्ट्रिय जनावर कुन हो धेरै जसोको घरमा बंगुर छन् हाम्रो त राष्ट्रिय जनावर बंगुर नै हुनु पर्छ । पल्ला गाउँको बाख्रा पाखाथरका जैसीहरुको राष्ट्रिय जनावर भैंसी हामीहरुले त कुकुरलाई पनि राष्ट्रिय जनावरमा राख्नु पर्छ ठूलाबा घरको रक्षा गर्ने यस्तो जनावरलाई महत्व नदिएर हुन्छ उच्च दर्जाका अपराधी समेत पत्ता लगाउँने जनावरलाई । राउटेले बाँदरलाई मान्लान् कि केलाई ठूलाबा भतिजको कुराले म सोचमा परें । होत हाम्रा मकमक घुर गर्ने परेवा पारी गाउँका कुखुरी काँ गर्ने घडीचराहरु कतै भगेंरा चीलहुकीचील आदिले आआफ्ना ठाउँमा राष्ट्रिय चराको ठाउँ पाउने भए । सुनकेस्रीले लाउने गुनकेशरी पनि राष्ट्रिय फूल हुने भए । हाम्रो गाउँमा पनि पाखा र कान्लाभरि पाइने प्याउली फूलको पनि राष्ट्रिय फूल हुने दिन आउने भयो । हाम्रो पनि सुगा रंग राष्ट्रिय रंग हो भनेर सुगा रटाई गर्नु पर्ने होला । यस्तै के सोच्दै थिएँ बाबाले लाउने गरेको लगौंटी संझे । जमाना देखि इज्जत जोगाउँदै आएको यो पनि राष्ट्रिय पोशाक नै त हो । कण्ठे लगौंटी लाउँदा त्यही राष्ट्रिय पोशाक हुने होला । अब राष्ट्रिय पहिचान जातिगत क्षेत्रगत जिल्लागत धर्म राजनीति संघीय गाउँ वस्ती कुन रुपमा हुने हो मेरो त दशैं आए पनि पुरानै पाइन्ट र शर्ट छ गृह पोशाक जिल्ला पोशाक राष्ट्रिय अन्तर्राष्ट्रिय अन्तरिक्षीय जे पोशाक भने पनि यसैमा ठाँटिएर हिड्नु पर्ला ।
Subscribe to:
Posts (Atom)