संधाविन महलको अंशबण्डा -ल्ाघुकथा)
डा. प्रेम शर्मा
प्ाानेलकी श्रीमती पेनाल, जायजन्म धेरै भए पनि महामारीबाट चार छोराहरु ज्ाोगिएका छन् । विवाह भएकी छोरी सुत्केरी हुन नसकेर मरिन् । चारभाइले संयुक्तरुपमा संधाविन नामको भव्य महल खडा गरी आठौं आर्श्चर्यमा पार्ने हिसाबले आ-आफ्नो प्रविधिक ज्ञान, सीपको साथै विशेषज्ञको सहाराले नक्सा बनाई पास गरे । चारै भाइले नक्साका प्रतिलिपिहरु राखे । प्रत्येक भाइले नक्सामा आ-आफ्नो अंशमा पर्नु पर्ने कोठा चोटामा संकेत चिन्ह लगाए । दर्ुइ दिन पछि भाइहरु संगै बसी प्रस्तावित महलमा यो यो भाग मेरो हुनु पर्छ भनी दाबी गर्न थाले । भागबण्डामा विवाद भयो । भनाभन चर्कियो, दिशा, क्षेत्रफल, भूँइंतला, पाँचौ तला आदिमा सबैले उही र उस्तै किसिमले रोजे । सद्दामका जस्ता तरुनी राख्ने भान्साकोठा नबनाउनेमा त सहमति थियो तर अरु कुरामा जेठो दाजुले मिलाउन खोजे पनि न भाइहरुमा समझदारी न र्समर्पण देखियो । विवादको उग्ररुप, कसैका नाक बांगिए त कसैका टाउकामा टुटिल्का उठे । जग्गा त्यतिमात्र छ, आफ्नै किसिमका चारवटा महल चाहिने भए । नक्सा च्यातिए, संधाविन महलको प्रारुप हरायो । छिमेकीहरु भन्छन् - यो जग्गामा त भूतावास बन्ने मास्टरप्लान छ । भाइहरु ज्ाालपोत भन्ने कार्यालयमा गए, त्यहाँ अब न जग्गाको नाम निसाना रहृयो, न कुनै नक्सा भेटियो । अहिले अन्तर्रर्ााट्रय अदालत भत्काइने हल्ला यो लघु कथाकारलाई सुनाएकोले यो चाहिने जतिका लागि प्रकाश गरेका छन् । -यो कथा लेख्नेेलाई चिचिण्डाको माला, पढ्नेलाई तुलसीको माला, सुन्नेलाई रुद्राक्षको माला, कथा बांगिएर जता जाला जाला)